१
मन्दिरमा बज्ने घन्टी, बानेश्वरमा घन्केको छ ।
पैसा राख्ने पानी ट्याङ्की, जेन्जी आगो दन्केको छ ।
२
यै नक्कली मृगौला नि, सूर्य च्यापी डरा’छ है !
पैसा राख्ने र्याले दाजु, एआइ भन्दै सन्केको छ ।
३
जङ्गलको बुढो सिंह, बुढा जति मिलौ राम्रो,
अनुसन्धान गरौँ भन्दा, अझै आफैँ फन्केको छ ।
४
चारतारे झण्डा पनि, दुई भाग लागि सक्यो,
एउटा रुख ठूलो थियो, दुई हुँदै तन्केको छ ।
५
आर्यघाट जाँदासम्म, चारै तारा मेरै भन्थ्यो,
यै बाख्राले उछिन्दा त, बूढो र्याले थन्केको छ ।
६
गणेशमानले भेडा भन्थे, प्रमाणित भइसक्यो,
एर्पोटमा दाजु झर्दा, नाराबाजी रन्केको छ ।
लमजुङ
प्रकाशित मिति २०८३ भाद्र ७, आईतवार ०७:३१ गते