लमजुङमा फेरि वाम एकताको उदघोष

लमजुङमा फेरि वाम एकताको उदघोष

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ भदौ ६ गते आईतबार ०८:२०

उक्त कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथि तथा विशेष अतिथिहरू, एमालेका नेता मायानाथ अधिकारी, मोहनहरि पौडेल, महेन्द्रलाल श्रेष्ठ लगायतले आ–आफ्नो धारणा राख्दै केन्द्रमा चलिरहेको एकताको सम्वादलाई मूर्त रुप दिनु पर्नेमा जोडदिइएको थियो ।

छलफल कार्यक्रममा दुई पार्टीबीचको सहकार्यलाई स्वस्थ, मर्यादित, विश्वासयोग्य र प्रभावकारी रूपमा अघि वढाउने लगायतका विषयहरूमा छलफल भएको बताइएको छ ।

बेसीशहर– लमजुङमा फेरि वाम एकताको उदघोष गरिएको छ । दुई ठूला कम्युनिष्ट घटक नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका बीचमा त्यस्तो कार्य यहाँ स्थित जिसस सभाहलमा आयोजित संयुक्त भेटघाट एवम् छलफल कार्यक्रम भदौ ६ गते गरिएको हो ।
नेपाली कम्युनिष्ट पार्टीका नेता देबप्रसाद गुरुङको प्रमुख अतिथ्यतामा सो कार्यक्रम भएको हो । उक्त कार्यक्रममा विशेष अतिथिद्वयमा जमिन्द्रमान घले, नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज र रामवावु अधिकारी नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हुनुहुन्थ्यो ।
उक्त कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथि तथा विशेष अतिथिहरू, एमालेका नेता मायानाथ अधिकारी, मोहनहरि पौडेल, महेन्द्रलाल श्रेष्ठ लगायतले आ–आफ्नो धारणा राख्दै केन्द्रमा चलिरहेको एकताको सम्वादलाई मूर्त रुप दिनु पर्नेमा जोडदिइएको थियो ।
कार्यक्रममा वर्तमान राजनीति अवस्था, वाम एकताको सम्भावना, वाम आन्दोलनका कार्यदिशा लगायतमा समीक्षा गर्दै विगतका कमिकमजोरीको समीक्षा गरिएको थियो । अबका दिनमा विगतको जस्तो कमजोरी हुन नदिने गरी अगाडि बढ्नु पर्नेमा जोड दिइएको थियो ।

छलफलका मुख्य वुँदाहरू :
१. राष्ट्रिय स्वाधिनता, संविधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमनका विरुद्ध आन्दोलनमा सहकार्य गर्ने ।
२. जिल्लाको विकास निर्माण, जनसरोकारका मुद्दाहरू लगायतका विषयहरूमा सहकार्य गर्ने ।
३. जिल्लाका ८ वटै पालिकाहरूमा सम्बन्धित समितिहरू वीच राजनीतिक भेटघाट, समसामयिक विषयहरूमा छलफल, अन्तरक्र्रिया, जनसंवाद कार्यक्रम संचालन गर्ने, स्थानीय विकास निर्माण तथा जनसरोकारका मुद्दाहरूमा सहकार्य गर्ने ।
४. दुई पार्टीबीचको सहमतिका आधारमा जिल्ला तथा पालिका तहमा संयुक्त बैठक तथा कार्यक्रमहरू सञ्चालन गर्दा आवश्यकता अनुसार आलोपालो अध्यक्षता तथा नेतृत्व गर्ने व्यवस्था मिलाउने,
संयुक्त कार्यक्रमको मिति, स्थान, एजेन्डा तथा अन्य आवश्यक विषयहरू दुवै पार्टीको आपसी सहमतिमा तय गर्ने,
५. दुई पार्टीबीचको सहकार्यलाई स्वस्थ, मर्यादित, विश्वासयोग्य र प्रभावकारी रूपमा अघि वढाउने लगायतका विषयहरूमा छलफल भएको बताइएको छ ।
नेपाली कम्युनिष्ट पार्टी, लमजुङका सह इन्चार्ज गण्डकी प्रदेशका पूर्वस्वास्थ्य मन्त्री मधु अधिकारीले स्वागत गर्नु भएको कार्यक्रमको अध्यक्षता नेकपाका जिल्ला संयोजक सुनिल सुनारले गर्नु भएको थियो भने सञ्चालन सहसयोजक जगदिस सेढाईले गर्नु भएको थियो ।
रामबाबु अधिकारीबाट ।

प्रकाशित मिति २०८३ भाद्र ७, आईतवार ०८:२० गते
हजुरको प्रतिक्रिया