रास्वपा भानु, तनहुँको नगरस्तरीय प्रशिक्षण : उत्साहजनक सहभागिता

रास्वपा भानु, तनहुँको नगरस्तरीय प्रशिक्षण : उत्साहजनक सहभागिता

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ भदौ ६ गते आईतबार १०:३५

रास्वपा तनहुँका जिल्ला सभापति विश्व बास्तोलाले उदघाटन गर्नु भएको उक्त प्रशिक्षण आयेजक नगरका सभापति विष्णु पोखरेलको सभापतित्वमा भएको थियो भने रास्वपाका व्यास नगरका सभापति चुडामणि दाहाल, बन्दीपुर गाउँ समितिका सभापति शम्भु श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सो प्रशिक्षणमा भानु नगरपालिकाको ११ वटै वडाबाट कुल ११० जनाले भाग लिएका थिए । उक्त सहभागिताबाट आउँदो स्थानीय निर्वाचनमा पालिका सहित ११ वटै वडामा रास्वपाले कब्जा जमाउने आंकलन गरिएको छ ।

पालुन्टार(गोरखा)– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) भानु नगर समिति तनहुँको आयोजनामा नगरस्तरीय प्रशिक्षणको एक दिने कार्यक्रम यहाँ भदौ ६ गते सम्पन्न भएको छ । स्थानीय निर्वाचनलाई मध्यनजर गरी यहाँ स्थित म्याङ्नो रेष्टुरेण्टमा सञ्चालन गरिएको उक्त प्रशिक्षणमा समावेसीपूर्ण उत्साहजनक सहभागिता रहेको थियो ।
रास्वपा तनहुँका जिल्ला सभापति विश्व बास्तोलाले उदघाटन गर्नु भएको उक्त प्रशिक्षणमा उहाँले देशको विद्यमान राजनीतिक वस्तु स्थितिको उदाहरण सहित व्याख्या गर्दै रास्वपाको झण्डै दुई तिहाई नजिकको सरकारलाई असफल बनाउने कुत्सित प्रयास जारी रहेको हुँदा रास्वपाका कार्यकर्ता तथा सुभेच्छुकहरू अझै पनि चनाखो हुनु पर्ने बताउनु भयो । उहाँले सरकारलाई घेराबन्दी गर्न गरिएका प्रयासको भण्डाफोर गर्दै मिडियाहरूले समेत सरकारको सानो गल्तीलाई व्याख्या गर्ने तर गरेका वा सुरु गरेका राम्रा कामको नजरअन्दाज गर्ने गरेको गुनासो गर्नु भएको थियो । हिजो संघीय निर्वाचनको बेलामा भन्दा हामीलाई धेरै अवसर र उत्साह थपिएको हुँदा अझै उत्साहका साथ निकट भविष्यमा हुने स्थानीय र प्रदेश निर्वाचनको परिणाम हात पार्नु पर्नेमा उहाँको जोड थियो ।
आयेजक नगरका सभापति विष्णु पोखरेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा उहाँले आफ्नो पालिकामा यत्तिको कार्यक्रम गर्ने स्थान समेत आजका दिनसम्म बन्न नसकेका कारण यहाँ आएर कार्यक्रम गर्नु परेको तीतो पोख्नु भएको थियो । उहाँले आउँदो निर्वाचनमा सकेसम्म गत फागुन २१ गतेभन्दा अघि पार्टीमा देखिएर सक्रिय पूर्वक लागेका पुराना कार्यकर्ता साथीहरूलाई प्रार्थमिकता दिने योजना रहेको सुनाउनु भयो । उहाँले नगर भित्रको विकास निर्माणको गतिको चर्चा गर्दै विगत सात वर्षदेखि रुग्ण अवस्थामा रहेका चन्द्रवाती– पोखरी छाप मार्ग, मादी मर्स्याङ्दी करिडोरका योजनाहरू यो वर्ष भित्रै जसरी पनि सम्पन्न गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो ।
उक्त एकदिवसीय प्रशिक्षण कार्यक्रममा जगदीश शर्माले प्रशिक्षकको भूमिका निभाउनु भएको थियो । प्रशिक्षणका मुख्य विषयहरू • Motivation • Leadership Mindset & Mindfulness.
– सामाजिक लोकतन्त्र र ५ मुख्य आधारस्तम्भ तथा • Candidate ClubM Leadership Academy, Political Proximity, Inclusiveness & Primary Election / • Commitment & Short Meditation रहेका थिए ।
प्रशिक्षणको उदघाटन सत्रमा रास्वपाका व्यास नगरका सभापति चुडामणि दाहाल, बन्दीपुर गाउँ समितिका सभापति शम्भु श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । प्रशिक्षण आयोजक भानु नगरका उपसभापति अनिता न्यौपाने वगालेले स्वागत गर्नु भएको थियो भने सञ्चालन सचिव सन्देश आचार्यले गर्नु भएको थियो । उक्त कार्यक्रमको उद्देश्यमा सहसचिव सविन कार्कीले प्रकाश पार्नु भएको थियो ।
सो प्रशिक्षण कार्यक्रममा जेष्ठ नागरिक, महिलासहित सबै प्रकारका जातजाति आदिको समावेसीपूर्ण सहभागिता थियो । सो प्रशिक्षणमा भानु नगरपालिकाको ११ वटै वडाबाट कुल ११० जनाले भाग लिएका थिए । उक्त सहभागिताबाट आउँदो स्थानीय निर्वाचनमा पालिका सहित १३ वटै वडामा रास्वपाले कब्जा जमाउने आंकलन गरिएको छ ।

प्रकाशित मिति २०८३ भाद्र ७, आईतवार १०:३५ गते
हजुरको प्रतिक्रिया