प्राविस्तरका शिक्षकले हैसियत बिर्सेपछि शिक्षकहरूबीच हात हालाहाल

प्राविस्तरका शिक्षकले हैसियत बिर्सेपछि शिक्षकहरूबीच हात हालाहाल

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ भदौ ७ गते सोमबार ०६:१७

उक्त माविको प्रावि तहका शिक्षक यात्रीले यसअघि पनि सो माविबाट आफ्नो हैसियत भन्दा बढी बढी सुविधा लिने गरेको गुनासो अभिभावकबाट बारम्बार आउने गरेको हो । प्राविस्तरको शिक्षक प्लस टुका विद्यार्थी पढ्न बस्ने छात्राबासमा वार्डेन बस्न के कसरी मिलेको हो ? अभिभावकहरूबाट पटक पटक प्रश्न उठ्दै आएको छ ।

हिजो ७ गते विद्यालयमा बसेको विद्यालयको सल्लाहकार समितिको बैठकले ‘एक जना शिक्षक(यात्री)ले विद्यालयको वातावरण धेरै वर्षदेखि बिगार्दै आएकोले उनको सरुवाको लागि सिफारिस गर्ने’ निर्णय गरेको जानकारीमा आएको छ ।

भोटेओडार(लमजुङ)– लमजुङको सुन्दरबजार नगरपालिका– ९ को यहाँ स्थित भक्ति नमूना माविमा प्राविस्तरका एक शिक्षकले आफ्नै हैसियत बिर्सदा शिक्षकहरूका बीचमा हात हालाहालको स्थिति उत्पन्न भएको छ । उक्त माविको प्राविस्तरका शिक्षक थकित यात्रीले सोही माविमा पढाउने निमावि र मावि(प्लस टु)का शिक्षकलाई ‘तँ तँ, म म’ गरेपछि भदौ ४ गते हात हालाहालको स्थिति उत्पन्न भएको हो । प्लस टुमा अध्यापन कार्य गर्नु हुने कार्की र खनाल निजी स्रोतको शिक्षक भएको हुँदा तिमीहरूको जागिर उडाइदिन्छु भन्ने सम्मका धम्की समेत यात्रीले दिने गरेको पीडितहरूको भनाइ छ ।
सो माविका प्रावि तहका शिक्षक थकित यात्रीले निमाविका शिक्षक बाबुराम कार्की, प्लस टुका शिक्षकद्वय अमर खनाल र हिरा कार्कीलाई आफ्नो पक्षमा लाग्न र नलागे ठीक नहुने धम्की दिए पछि त्यस्तो स्थिति उत्पन्न भएको स्रोतको भनाइ छ । स्रोतका अनुसार त्यो झगडा भइरहेको समयमा सुन्दरबजार नगरपालिकाको शिक्षा शाखाका प्रमुख वीरेन्द्र गौतम समेत उक्त विद्यालयमा पुग्नु भएको थियो ।
त्यसबारेमा उहाँसँग थप जानकारी लिनका लागि सम्पर्क गर्दा उहाँले भन्नुभयो, ‘म जादा उहाँहरूको शिक्षक स्टाफ र व्यवस्थापन समितिको संयुक्त बैठक बसिरहेको थियो, ‘हामी मिलाउँछौं’ भन्नुभयो, म फर्के, मिल्यो होला ।’ झगडा मिले नमिलेको बारेमा जानकारी आएको छैन ? भन्ने जिज्ञासामा उहाँले थप भन्नुभयो, ‘घट्ना ४ गतेको हो, आजसम्म थप केही जानकारी आएको छैन, मिल्नु पर्ने हो ।’
यसबारेमा उक्त विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष कृष्णकान्त सापाकोटासँग सम्पर्क गरी जिज्ञासा राख्दा ‘तपाईलाई कस्ले भन्यो ?’ भन्नुभयो, ‘पत्रकारलाई त हावाले पनि खबर ल्याइदिन्छ नि !’ भन्ने जिज्ञासा राखेपछि उहाँले ‘ऐले म पुजामा छु, धेरै मान्छे छन्, पछि कुरा गरौंला’ भन्दै फोन काट्नु भयो ।
यसैगरी, उक्त माविका प्रधानाध्यापक ओम भुजेलसँग सम्पर्क गर्दा उहाँको फोन उठेन ।
उक्त माविको प्रावि तहका शिक्षक यात्रीले यसअघि पनि सो माविबाट आफ्नो हैसियत भन्दा बढी बढी सुविधा लिने गरेको गुनासो अभिभावकबाट बारम्बार आउने गरेको हो । प्राविस्तरको शिक्षक प्लस टुका विद्यार्थी पढ्न बस्ने छात्राबासमा वार्डेन बस्न के कसरी मिलेको हो ? अभिभावकहरूबाट पटक पटक प्रश्न उठ्दै आएको छ ।
पछिल्लो घट्ना विद्यालय व्यवस्थापन समिति गठनको सम्बन्धमा निस्केको हो भनिन्छ । सो विद्यालयको नवगठित व्यवस्थापन समितिमा अन्यत्रका सबै क्षेत्रबाट हुनुपर्ने प्रतिनिधित्व भइसक्यो, मात्र शिक्षक प्रतिनिधि छनौट हुन बाँकी छ । त्यो प्रतिनिधिमा आफूलाई पठाउनु पर्ने दबाब र प्रभाव पर्ने कार्यमा थकित यात्री उद्दत रहेको स्रोतको दावी छ । त्यसका लागि उनले साम, दाम, दण्ड, भेदका सबै तिक्डम मञ्चाइरहेको र त्यसैको एक कडीका रुपमा त्यो दिनको हातपातको घट्ना भएको हो भनिएको छ । उनले ठाउँ अनुसार कस्लाई जी हजुर गर्नु पर्ने, कस्लाई दबाब वा कस्लाई के कसरी प्रभाव पार्नु पर्ने हो गरिरहेका छन् भन्ने बुझिन आएको छ ।
विद्यालय जस्तो शिक्षाको मन्दिरमा यस्तो प्रकारको वितण्डा मच्चाउनुले त्यो विद्यालयको स्तर, मर्यादा, गरिमा एवम् अनुशासन सबैमा प्रश्न खडा भएको स्थिति रहेको अभिभावकहरूको गुनासो रहेको छ । यस घटनाले विद्यालय नीति, नियमले चल्ने हो कि कसैको दादागिरीले ? थप प्रश्न उब्जिएको छ र अनुत्तरित रहिरहेको छ ।
यसैबीच, हिजो ७ गते विद्यालयमा बसेको विद्यालयको सल्लाहकार समितिको बैठकले ‘एक जना शिक्षक(यात्री)ले विद्यालयको वातावरण धेरै वर्षदेखि बिगार्दै आएकोले उनको सरुवाको लागि सिफारिस गर्ने’ निर्णय गरेको जानकारीमा आएको छ ।

प्रकाशित मिति २०८३ भाद्र ८, सोमबार १८:१७ गते
हजुरको प्रतिक्रिया