चित्रकलामा उदियमान व्यक्तित्व : आरूषी अधिकारी

चित्रकलामा उदियमान व्यक्तित्व : आरूषी अधिकारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ भदौ ७ गते सोमबार ०८:३८

नेपाल लगायत विश्वभरका ८० वटा भारतका राजदुतावासमा ‘विकसित भारत’ विषयमा आयोजित पेन्टिङ प्रतियोगितामा १९ वर्षीया आरूषी अधिकारी नेपालबाट ४७ जना छनौट भएका मध्येमा पर्नु भयो र प्रतियोगिताको अन्त्यमा नेपालका टप पाँच जना छनौट भएर प्रमाण पत्र प्राप्त गरी आफ्नो पौरखलाई आरूषीले उजागर गर्नु भएको हो ।

आर्ट विषयमा प्लस २ मा कलेज पहिलो हुन सफल भएकी आरूषी हाल आर्ट विषयमै व्याचलर तेस्रो वर्षमा सृजना कलेज अफ फाइन आर्टमा पढिरहनु भएको छ । उहाँले पहिलो र दोश्रो वर्षमा पनि कलेज पहिलो स्थान हासिल गर्न सफल हुनु भएको सो कलेजले जनाएको छ ।

सामाखुशी(काठमाडौं)– आरूषी अधिकारी चित्रकलामा उदियमान व्यक्तित्वको रुपमा स्थापित हुनु भएको छ । पैतृक थलो लमजुङको ऐतिहासिक थलो दुराडाँडा भएकी आरूषीले हालै भारतको स्वतन्त्रता दिवस– अगष्ट १५, २०२६ का अवसरमा ‘विकसित भारत’ विषयमा आयोजित पेन्टिङ प्रतियोगिता नेपालबाट सहभागी हुनुभएकी आरुषी उत्कृष्ठ पाँच जनामा पर्न सफल भएबाट उहाँको कलाकारित व्यक्तित्वको परिचर्चा हुन थालेको हो ।
नेपाल लगायत विश्वभरका ८० वटा भारतका राजदुतावासमा ‘विकसित भारत’ विषयमा आयोजित पेन्टिङ प्रतियोगिता भएको थियो । उक्त प्रतियोगिताका लागि नेपालबाट ४७ जना छनौट भएका थिए । जसमा १९ वर्षीया आरूषी अधिकारी पनि छनोटमा पर्नु भएको थियो । उक्त प्रतियोगिताको अन्त्यमा नेपालका टप पाँच जना छनौट भएकोमा आरूषी पर्न सफल भइ प्रमाण पत्र प्राप्त गरेर आफ्नो पौरखलाई आरूषीले उजागर गर्नु भएको छ ।
दुराडाँडाका रविकान्त अधिकारी र शान्ता शर्माको कान्छी सुपुत्रीका रुपमा जन्मिनु भएकी आरूषीको जन्म र हुर्काई दुवै काठमाडौंमा भएको हो । कोभिड कालमा भएको लकडाउनको फाइदा उठाउँदै आरूषीले आर्ट लेखन कलामा अभ्यास शुरु गरेको जानकारी दिनु्भयो ।
आर्ट विषयमा प्लस २ मा कलेज पहिलो हुन सफल भएकी आरूषी हाल आर्ट विषयमै व्याचलर तेस्रो वर्षमा सृजना कलेज अफ फाइन आर्टमा पढिरहनु भएको छ । उहाँले पहिलो र दोश्रो वर्षमा पनि कलेज पहिलो स्थान हासिल गर्न सफल हुनु भएको सो कलेजले जनाएको छ ।
डिटिज अफ नेपाल– १ मा कान्छो आर्ट कलाकारको रूपमा नेपालमै छनौट गरि डिसेम्बर २०२२ मा बिरष्ट १८० जना कलाकारहरूको चित्रसँगै आरूषीको चित्र पनि प्रदर्शनमा राखि कदर गरेको थियो ।
स्काइलार्कबाट एसईई उतीर्ण गर्नु भएकी आरुषीले +२ सृजना फाइन आर्ट कलेज लैनचौर(हाल सो कलेज स्वयंभू नागर्जुन)बाट उतीर्ण गर्नु भयो । कलेज टप गर्न सफल भएको कारणले आरुषीको चाहना प्ग् मा जाने भएता पनि उक्त कलेजले छाडेर जान दिएन । त्यसपछि सोही कलेजमा फाइन आर्टमा व्याचलर शुरु गर्नु भएकी आरुषीले यतिबेला तेस्रो वर्ष पढदै हुनुहुन्छ । स्मरणीय छ, त्यो लेबलमा पनि उहाँ पहिलो वर्ष, दोश्रो वर्षमा पनि पहिलो भएर कीर्तिमान कायम गरिरहनु भएको छ ।
इनफर्ल सेक्टरमा उहाँका आर्ट प्रयोग गरेर पुरस्कार लिए पनि संस्थागतमा कलेजबाट आरूषीले पुरस्कारसमेत लिनु भएको छ । आरुषीले कलाकारिता तथा आफ्नो विविध अनुभूतिका विषयका सम्बन्धमा लेखेका लेखहरू काठमाडौं पोष्ट(अंग्रेजी)मा समेत प्रकाशित हुँदै आएका छन् ।
यहाँ प्रस्तुत छ, आरूषीले आफ्नो कलामा शहीद धर्मध्वज गुरूङको पुस्तक प्रकाशनको लागि हुलियाको आधारमा करिव ४ वर्ष अगाडि तयार गर्नु भएको स्केच तथा दुराडाँडामा कुनै दिनका प्रतिष्ठित व्यापारी दीर्घराज श्रेष्ठ :

प्रकाशित मिति २०८३ भाद्र ८, सोमबार २०:३८ गते
हजुरको प्रतिक्रिया