माया गुरुङ सांगीतिक साँझको तयारी तीब्र, नाल्मा समाज सह–आयोजक

माया गुरुङ सांगीतिक साँझको तयारी तीब्र, नाल्मा समाज सह–आयोजक

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ भदौ १० गते बिहिबार ०७:५३

वरिष्ठ लोक गायिका माया गुरुङको नाममा आयोजना गरिने यस सांगीतिक साँझका लागि पोखरामा बाध्यवादनसहित कलाकारहरूको गायन पूर्वअभ्यासको तयारी भइरहेको माया गुरुङ सांगीतिक साँझका कार्यक्रम संयोजक अनुज अधिकारीले बताउनुभयो ।

अग्रज गायिकाको सम्मानका साथै कलाकार कल्याणकारी कोष स्थापना गर्ने उद्देश्यले आयोजना गर्न लागिएको माया गुरुङ सांगीतिक साँझको तयारी गरिएको हो ।

बेसीशहर– लमजुङकी उपज वरिष्ठ लोकगायिका माया गुरुङ सांगीतिक साँझको प्रचारप्रसारलाई तीब्र पारिएको छ । आगामी असोज १० गते बेसीशहरको फूलबारी मञ्चमा सञ्चालन गरिने सांगीतिक साँझको लागि बेसीशहरस्थित न्हाँदा ट्हो (नाल्मा समाज) ले सह–आयोजकको भूमिका खेल्ने भएको भदौ १० गते तय भएको छ ।
आयोजक राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका जिल्ला अध्यक्ष तामाङले बेसीशहर नगरपालिका– ५, नाल्मा घर भइ हाल बेसीशहरमा बस्दै आएका नाल्मालीहरूको समाज न्हाँदा ट्हो (नाल्मा समाज) सह–आयाजक हुने गरी सहमति भएको बताउनुभयो । उहाँका अनुसार समाजका अध्यक्ष क्या. चित्रबहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकमा उक्त सहमति भएको हो ।
अग्रज गायिकाको सम्मानका साथै कलाकार कल्याणकारी कोष स्थापना गर्ने उद्देश्यले आयोजना गर्न लागिएको माया गुरुङ सांगीतिक साँझको तयारीमा देशविदेशमा रहेका लमजुङेहरू जुटेको आयोजक राष्ट्रिय लोक तथा दोहोरीगीति प्रतिष्ठान नेपाल, जिल्ला कार्य समिति लमजुङले जनाएको छ ।
कार्य समिति लमजुङले सांगीतिक साँझको तयारी समेत तीब्र पारेको बताएको छ । प्रतिष्ठानका अध्यक्ष प्रशान्त तामाङले स्थानीय तहको जनप्रतिनिधि, समाजका अगुवा, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न समुदायसँग भेटघाट तीब्र पारिएको बताउनुभयो । उहाँका अनुसार सामाजिक सञ्जालमा पोष्टर प्रयोग भइरहेको छ । उहाँले भन्नुभयो, ‘प्रचारप्रसार अन्तरगत ठाउँ ठाउँमा व्यानर टाँग्ने कार्यक्रम समेत सुरु भएको छ ।’
सोही सन्दर्भमा प्रतिष्ठानले क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ र उपाध्यक्ष गमीमाया गुरुङ साथै मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङसंग भेटघाट र छलफल कार्य भदौ ९ गते गरेको प्रतिष्ठानका सचिव चित्र दुराले बताउनुभयो । उहाँका अनुसार यसअघि नाल्मा समाज काठमाडौं, नाल्मा समाज पोखरा, तमु ह्यूला छोंज धीं गुरुङ राष्ट्रिय परिषद् बेसीशहर इकाई, आदिवासी जनजाति महासंघ जिल्ला कार्य समिति लमजुङ, विभिन्न क्लव, आमा समूह साथै नाल्मा गाउँवासीसंग छलफल अन्तरक्रिया गरिसकेको छ ।
आयोजक समितिले विभिन्न वडा कार्यालयहरू, जनप्रतिनिधि, कर्मचारीसँग छलफल चलिरहेको छ । लमजुङ उद्योग बाणिज्य संघ, लमजुङ साइक्लिङ संघ, बेसीशहर नगरपालिका– ७ महिला सञ्जालसँग छलफल अन्तरक्रिया गरिएको प्रतिष्ठानका सदस्य निक्की थापाले बताउनुभयो ।
वरिष्ठ लोक गायिका माया गुरुङको नाममा आयोजना गरिने यस सांगीतिक साँझका लागि पोखरामा बाध्यवादनसहित कलाकारहरूको गायन पूर्वअभ्यासको तयारी भइरहेको माया गुरुङ सांगीतिक साँझका कार्यक्रम संयोजक अनुज अधिकारीले बताउनुभयो । उहाँका अनुसार सांगीतिक साँझको तयारी र प्रचारप्रसारसंगै देशविदेशबाट सहयोग गर्ने क्रम समेत बढेको छ ।
आश गुरुङको सहयोगमा ।

प्रकाशित मिति २०८३ भाद्र ११, बिहीबार ०७:५३ गते
हजुरको प्रतिक्रिया