सरकारले भन्यो : ४८९ जनाको शव फेला, तालको ग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन

सरकारले भन्यो : ४८९ जनाको शव फेला, तालको ग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन

एजेन्सी

@antaranganews

२०८३ भदौ ११ गते शुक्रबार ०३:३२

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारका लागि १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको छ । नसमा नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बलका १ हजार ८४५ जना परिचालन गरिएको हो ।

नेपाली सेनाले आज बिहान यता बाढी प्रभावित क्षेत्रबाट ४४९ जनाको उद्धार गरेको छ ।

काठमाडौं– तीब्बती क्षेत्रबाट रसुवामा आएको बाढीबाट बेपत्ता भएकामध्ये ४८९ जनाको शव फेल परेको छ । ती शब विभिन्न आठ जिल्लामा भेटिएका हुन् । तालबाट ग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले भदौ १२ गते बताउनु भएको हो ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्ला प्रभावित भएका थिए। सुरक्षा निकायहरूले ती ठाउँमा उद्धारका कार्य गर्दै आएको छ । सरकारकार प्रवक्ता सस्मित पोखरेलले ४८९ जनाको शव फेल परेकामध्ये सबैभन्दा धेरै चितवनमा १८६ जना छन् । त्यस्तै, नवलपरासी पूर्वमा ११२, गोरखामा ४४ जना, धादिङमा ४० जना, नुवाकोटमा ३७ जना, नवलपरासी पश्चिम तथा तनहुँमा २८/२८ जना तथा रसुवामा १३ जनाको शव भेटिएको छ । ती शव भेटिएको हो ।
अहिले शव भेटिएका जिल्लाहरूमै शव व्यवस्थापन गरिएको छ । चितवनमा आजदेखि शवको पहिचान पनि सुरु गरिएको छ । पोखरेलले बेपत्ताहरूको खोजीकार्य जारी रहेको पनि बताउँदै रसुवाको भोटेकोशी, त्रिशूली नदी हुँदै आएको बाढीले ठूलो जनधनको क्षति भएको हो सरकारका प्रवक्ता पोखरेलले बताउनु भयो ।
उहाँले परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग निरन्तर संवाद भइरहेको र चीनतर्फबाट पनि ठूलो जोखिम नरहेको जानकारी आएको जानकारी दिनुभयो । परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग निरन्तर संवाद भइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘ड्याम नै फुटेको भन्ने नभएको तर ग्ल्यासियरहरू भने फुटेको कारणले लेदोसहितको पानी ओभरफ्लो हुन पुगेको छ ।’
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले चीनतर्फ जमेको ताल फुटेको सूचना पाएको बताउँदै नदी आसपासका मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको बताउनु भयो ।
चिनियाँ पक्षले नेपाली अधिकारीलाई पठाएको सन्देशमा भनिएको छ, तालबाट पानी निरन्तर ओभरफ्लो भइरहेको छ र पानीको मात्रा बढेसँगै तालको आकार पनि ठूलो हुँदै गएको छ। यद्यपि, अहिलेको अवस्थामा ठूलो पानीको विस्फोटक बहाब हुने जोखिम कम छ ।’
चिनियाँ पक्षले घटनास्थलको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ । यसअघि तालभन्दा तल्लो क्षेत्रमा बरफ–चट्टान (आइस रक) खस्ने घटना भएको थियो ।
मन्त्रीहरूले एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने :
मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरिने भएको छ । मन्त्रिपरिषद् बैठकले त्यस्तो निर्णय गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘भदौ १० गते नेपाल–चीन सिमाना एवं भोटेकोशी नदीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने ।’ मन्त्रिपरिषद्को निर्णयमा उल्लेख गरिएको छ ।
यसअघि बाढी पूर्वानुमान महाशाखाले आज दिउँसो १२ः३१ बजे सूचना जारी गर्दै भोटेकोशीमा बाढी बढिरहेको र बाढी स्याफ्रुबेसीसम्म आइपुगेको जनाएको छ । महाशाखाको बुलेटिनमा भनिएको छ, ‘भोटेकोशी नदी रसुवामा बाढी बढिरहेको र बाढी स्याप्रुबेसीसम्म आइपुगेको हुँदा त्रिशूली नदीको तटिय क्षेत्र (मुग्लिनसम्म) अर्को सूचना नआउँदासम्म उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ ।’
भोटेकोशी तथा त्रिशूली नदी किनारमा उद्धार र राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा विविध कारणले जोखिमपूर्ण क्षेत्रमा रहेका सर्वसाधारण सबैलाई उच्च सतर्कता अपनाउन प्राधिकरणका उपसचिव एवं प्रवक्ता शान्ति महतद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।
बाढी पीडितहरूको उद्धारका लागि नेपाली सेनाको ६ वटा र ९ वटा निजी गरी १५ वटा हेलिकप्टर प्रयोग गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार उद्धारका लागि १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बलका १ हजार ८४५ जना परिचालन गरिएको हो ।
प्राधिकरणले हालसम्म ९७७ जना सम्पर्कविहीन भएको पनि जनाएको छ । प्राधिकरणका अनुसार नेपाल प्रहरीका २८ जना, नेपाली सेनाका ४५ जना, सशस्त्र प्रहरीका १३ जना, अध्यागमन कार्यालयका ४ जना, रसुवाका १६१ जना, नुवाकोटाका १ जना, मकवानपुरका ६६ जना, मकवानपुरका ६६ जना सम्पर्कविहीन रहेका छन् ।
यसैगरी ५१७ जना विदेशी नागरिक पनि सम्पर्कमा नरहेको प्राधिकरणको भनाइ छ । नेपाल घुम्न आएका १२७ जना विदेशी नागरिक समेत सम्पर्कविहीन रहेका छन् ।
४४९ जनाको उद्धार :
नेपाली सेनाले आज बिहान यता बाढी प्रभावित क्षेत्रबाट ४४९ जनाको उद्धार गरेको छ । नेपाली सेनाका हेलिकोप्टरद्वारा आज दिउँसो १२ः२० बजेसम्म टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायतका इलाकाहरूबाट १७ जना विदेशी नागरिक सहित ४४९ जनाको उद्धार गरिएको नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रभावित जिल्लाहरूमा करिब ४ हजार ५ सयभन्दा बढी फौज खटाएको नेपाली सेनाले जनाएको छ ।
शव खोजी तथा संकलन तीव्र, थप १२ सय सैनिक परिचालन :
भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका नागरिकहरूको खोजी तथा शव व्यवस्थापन (रिकभरी) मा ढिलाइ भएको भन्दै जनस्तरबाट गुनासो बढ्न थालेपछि नेपाली सेनाले खोजी तथा उद्धार अभियानलाई थप तीव्र बनाएको छ ।
बाढीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शवहरूको खोजी तथा संकलनका लागि आज रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा थप १२ सय सैनिक जनशक्ति परिचालन गरिएको छ । यसअघि सेनाले बाढी प्रभावित नागरिकहरूको उद्धार, राहत तथा अस्थायी व्यवस्थापनका लागि १६ सय सैनिक जनशक्ति परिचालन गरेको थियो । आज थप १२ सय सैनिक परिचालन गरिएसँगै भोटेकोशी बाढी प्रभावित क्षेत्र तथा नदी तटीय इलाकामा उद्धार, राहत र शव संकलनका लागि परिचालित नेपाली सेनाको कुल जनशक्ति २ हजार ८ सय पुगेको छ ।
सेनाले आज मात्रै प्रभावित स्थानहरूबाट कुल ८८३ जना स्थानीय तथा मजदुरहरूलाई सुरक्षित स्थानमा उद्धार गरिसकेको जनाएको छ ।
नुवाकोटमा आठ सय घर बगे, तीन सय बेपत्ता :
बाढीले नुवाकोटको सदरमुकाम क्षेत्र ढुंगे, त्रिशूली र बेत्रावती बजारका सयौँ घर बगाएको छ भने जिल्लामा करिब तीन सयजना बेपत्ता भएको अनुमान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले बताउनु भयो । उहाँका अनुसार बाढीले घर तथा बस्तीमा पुर्याएको क्षतिका स्थानबाट ११ जनाको शव फेला परेको छ ।
उहाँले भन्नुभयो, ‘बेपत्ताको यकिन तथ्यांक संकलन गर्नसमेत समस्या भइरहेको छ ।’ उहाँका अनुसार सञ्चार तथा विद्युत् सेवा अवरुद्ध रहेकाले उद्धार तथा सुरक्षाका काममा कठिनाइ भएको छ । प्रारम्भिक तथ्यांक भएकाले बेपत्ताको संख्या बदलिन सक्ने अनुमान छ । उहाँले भन्नुभयो, ‘उद्धार तथा खोजीमा खटिएका सुरक्षाकर्मीसँगसमेत कतिपय ठाउँमा सम्पर्क हुन सकेको छैन । नेटवर्कका कारण सम्पर्कविहीन भएको हुन सक्छ । खोज तथा उद्धारको काम जारी छ ।’
नुवाकाटेमा बाढीले ११ वटा पक्की पुल र नौवटा झोलुंगे पुलमा क्षति पुर्याएको छ । त्यस्तै, करिब सातदेखि आठ सय निजी घरमा क्षति पुगेको अनुमान गरिएको छ । विद्युत् संरचना र टनेलमा समेत क्षति पुगेको छ । बाढीले केन्द्रीय कारागार खम्बा क्याम्पमा समेत क्षति पु¥याएको छ भने पुरानो कारागारको संरचना बगाएको छ ।

प्रकाशित मिति २०८३ भाद्र १२, शुक्रबार १५:३२ गते

हजुरको प्रतिक्रिया