
भोटेओडार(लमजुङ)– लमजुङको मध्य क्षेत्रको नाकाका रुपमा रहेको गौरवपूर्ण थलो भोटेओडारका गहनाका विभिन्न रुपमध्ये अग्रपंक्तिमा गणना हुने भक्ति नमूना मावि हो । त्यसका प्राविस्तरका शिक्षक थकित यात्री नाकम डन, जसले पछिल्ला दिव्य २४ वर्षदेखि त्यो विद्यालयमा हालिमुहाली गर्दै आएका छन्– का बारेमा केही दिन अघि यसै मिडियामार्फत यसअघि मैले उनकाबारेमा समेत लेखेको समाचारको खण्डन बारेमा ‘कागले कागको नाम काड्छ’भन्ने शैलीमा मेरो स्तरमा समेत प्रश्न उठाएको फेसबुकवालतिर लेख्न पाइयो ।
म (नवराज पहाडी) हाल डा.को कडा निर्देशन र निगरानीमा बेडरेष्ट(भदौ ४ गतेदेखि)मा रहेको हुँदा त्यस्ता टिप्पणी बारेमा केही लेख्न पनि खासै जरुरी ठानेको थिइन, न त जागर र मन नै थियो तर उक्त मावि तथा मेरोसमेत भलो चाहनेहरूको अनुरोध स्विकार गर्दै निम्न हरफहरू लेखिरहेको छु ।
हामी स्थापनाकालदेखिनै कुनै व्यक्ति विशेष भन्दा प्रवृत्ती एवम् नियत र नियमको हो, भक्ति नमूना माविमा हाम्रो प्रश्न पदीय मर्यादाको हो, यसो गरिरहँदा एविसिडी जो कोही होस् मतलब गर्ने गरिन्न । अतः हामी कुनै व्यक्ति विरोध नभई प्रवृत्ती विरोधी भएको फेरि दोहोर्याउन चाहन्छौंं ।
१. मेरो समाचारको खण्डनसहितको उक्त लेखनीमा मेरो पत्रकारिता, योग्यता र पेशा प्रति प्रश्न उठाउँदै स्तरका बारेमा समेत प्रश्न गरी पत्रकारिताको आदर्श तथा आचारसंहिता समेत ओकल्दै निकै अर्ति उपदेश छाटेका रहेछन् । आफूलाई पत्रकारिताको त्यतिको विज्ञ दावी गर्ने, पत्रकारिताको आचरसहिता के हो ? भन्नेले जुनकुनै पनि सञ्चारमाध्यमले लेखेको समाचारका बारेमा चित्त बुझेन वा खण्डन गर्नु पर्यो र त्यसरी खण्डन लेखियो भने पहिलोपल्ट सोही सञ्चारमाध्यममा पठाउनु सम्बन्धित व्यक्तिको पहिलो कर्तव्य हुने पत्रकारिता(आचारसंहिताको समेत)को कखरा भित्रै पर्नेसम्मको ज्ञान र जिम्मेवारीको पालना पनि नगर्ने, जाँड ग्याँगका बुख्याचाहरूले मेरो स्तरको प्रश्न उठाउने ?
२. मेरो पढाईको कुरा मैले ती स्तरहीनलाई मेरो प्रमाणपत्र देखाउँदै, प्रमाणित गराउँदै हिड्नु पर्ने हो ? विज्ञ पाठक वर्ग र मेरा शुभचिन्तकहरूलाई के प्रष्ट्याउन चाहन्छु भने म स्वघोषित सम्पादक होइन ।
सूचना विभागले प्रमाणित गरी, परिचयपत्र दिएको सम्पादक हुँ । त्यसैले पनि लमजुङमा सूचना विभागको परिचयपत्रलाई महत्व नदिई (एसईई परीक्षा, निर्वाचन लगायतका महत्वपूर्ण समयमा पनि पत्रकार परिचय पत्र, प्रशासनबाट जारी गर्न लगाउने काममा जिल्लामा पत्रकार महासंघको समितिनै उद्दत हुने गरेको इतिहास साक्षी छ । यसबाट पनि प्रष्ट हुन्छ कि लमजुङमा यो सम्पादकले टेकेको पत्रकारिताको जमिन कति बलियो छ ।
त्यस्तै, सायद स्तर नभएर नै हुन सक्छ मैले सम्पादन गरेको अन्तरङ्ग प्रेश काउन्सिलले गर्ने पत्रपत्रिकाको वर्गीकरणमा लमजुङबाट प्रकाशन हुने साप्ताहिकमध्ये क वर्गमा पर्ने एकमात्र पत्रिकाका रुपमा दरिन सफल भएको छ ।
यहाँ, थप के प्रष्ट्याउन चाहन्छु भने यदि मैले तील बराबरको मात्र पनि गल्ती गरे भने (गल्ती गर्यो भने कति दिन छोपिन्छ ?) र त्यो फेला पारेको दिन तीललाई पहाड बनाएर मलाई फाँसीमा चढाउन पर्छ भनेर लाइन लाग्ने स्तरहीनजस्ता थु्रपै व्यक्ति यहाँ छन् भन्नेसमेत थाहा छ र पनि मैले गल्ती गर्नु हुँदैन, बुझेको छु ।
वर्तमान सरकारलाईसमेत अनुरोध :
यसै सन्दर्भमा पत्रकारिताका थप कुरा गरौं : वर्तमान सरकारलाईसमेत मेरो अनुरोध छ कि देशमा साच्चै नै सुशासनको प्रत्याभूति दिलाउने हो भने छापा माध्यमले पाई आएको लोककल्याणकारी विज्ञापन रोक्ने होइन बरु यस्ता स्वघोषित सम्पादकका नाउँमा चले/चलाइएका सबै खाले सञ्चारमाध्यम र सञ्चालकलाई कारवाहीको दायरामा ल्याउने काम गरियोस् । गरिनु पर्छ । सम्पादकको नाम उल्लेख नगर्ने, नभएका कुनै पनि सञ्चाारमाध्यम निजी स्वार्थले प्रेरित र फर्जी हुन् । तिनलाई कानुनी कठघरामा उभ्याउने र सञ्चालनका रोक लागउने कार्य गर्न जरुरी छ ।
मैले बेला बखत भन्ने गरेको छु, ‘हामीले पत्रकारिता पढ्दा समाचारमा ‘छ क’ चाहिन्छ भन्ने सिकाइन्थ्यो, सिकियो र अभ्यास गर्दै आएको स्थिति हो । ऐले जमाना बदलिएको छ र कुनै पनि समाचार पूर्ण हुनका लागि ‘सात कप’को जरुरत पर्दछ, अन्यथा त्यो समाचार पूर्ण हुँदैन भन्ने मान्यता छ । तर लमजुङबाट चले चलाइएका जुन कुनै पनि सञ्चारमाध्यम हेर्ने हो भने (५– ७ प्रतिशत बाहेक) सायद कतिले ‘सात कप’ भन्या कुन चरीको नाम हो ? भन्लान् भन्ने डर छ । ‘छ क’ पनि आधा उधिमात्र भएको देखिन्छ ।’ जो समाचार नै हैन मात्र सूचना हो । जसले फेसबुकका भित्ताहरू रंगीने गरेका छन् । पाठक वर्ग त्यसलाई समाचार भनेर मख्ख पर्दै ठगीदै आउने गर्नु भएको छ । त्यस्तो समाचार भनेको अजिनोमोटो मिसाइएको ‘जंक फूड’ जस्तै हो, अतः त्यस्तो भ्रमबाट मुक्त हुन जरुरी छ, जत्तिसक्यो छिटो ।
३. स्तरका बारे केही कुरा :
हो, मैले स्तर नभएर चारतिर चहारेर, पार्टी फेर्दै, चाकरी गरेर अवसरको उपयोग गरेका कारणले ती पार्टीले मलाई कति ठूला ठूला पगरी गुथाई दिएका छन् दुनियाको सामुन्ने छ । यौटा कटु सत्य कुरा के हो भने म जहाँ रहे बसे पनि विधि, विधानको पालना हुनुपर्छ, त्यो अनुसार काम गरिनु पर्छ भन्ने मान्यता राखेँ र त्यसलाई व्यवहारमा उपयोग गर्न प्रयासरत छु । त्यस्तो प्रयास गर्दा म स्तर नभएको बनाइएको हुँ । तर स्तरहीनले जस्तो कुनै दिन पूर्वप्रअ नवराज अधिकारीसँग उनको घाँटी जोडिएका चर्चा हुने गरेकोमा ऐले फेरि उनी कुन स्वार्थले प्रेरित गरेर हो ? उनै अधिकारीको कटुआलोचक बनेछन् । सो माविका स्तरहीनले जस्तो मैले आफ्नो स्वार्थका लागि नियम कानुन मिचेर, जिम्मेवारी, कर्तव्य एवम् दायित्व भुलेनर स्कूल नै नगई पढाउँदै नपढाई तलबमात्र हसुरेको(भार्तेको प्राविबाट) कारण बाहुनडाँडाको डहरेमा सरुवाको पगरी गुथ्ने काम गरेको छैन । गर्ने छैन र गर्न पनि नपरोस् भन्न चाहन्छु् ।
डहरेबाट भक्ति नमूनामा सरुवा(२०६९ सालमा) हुनका लागि स्तरहीनले के कति, कसरी, कतिको पाउमा पापड मोलेका थिए भन्ने आज पनि बेला बखत बौद्धिक जगतमा मात्र नभई जाड ग्याँङमासमेत चर्चा हुने गर्दछ स्रोत भन्छ ।
स्तरहीनले बोक्ने गरेको राजनीतिक शक्तिको दुरुपयोग गर्दै ‘नानीदेखिको बानी’ परेका स्तरहीनले भार्ते र डहरे जस्तै भक्ति नमूना माविमा आएर पनि त्यो हरकत जारी राखे । उनलाई त्यो स्कूल सञ्चालन गर्ने पर्दा भित्रका तीन डनमध्येको एक हो, त्यो धुन्धुकारीले छाड्छ ? आजका दिनमा पनि स्कूलको गतिविधिका जानकारी एवम् शुभचिन्तकहरू भन्ने गर्नुहुन्छ ।
हुन पनि हो स्तरहीनबाट सहकारी ठगी काण्डमा केही हप्ता फरार रहेर पछि जिल्ला अदालतमा धरौटी बुझाएर आज पनि तारेखमा धाउने काम भएकै छ । त्यस्तै, शिक्षक जस्तो मर्यादित पेशामा रहेको व्यक्तिले एक सामाजिक व्यक्तित्वको घरमा पार्क गरिराखेको गाडीमा ढुंगा प्रहार गरी पुर्याएको क्षतिमा दोषि ठहर गर्दै जिल्ला प्रशासन कार्यालयले २०८० सालको जेठ २५ गते गरेको फैलसा अनुसार गाडी धनीलाई क्षतिपूर्ति स्वरुप १६ हजार तीनसय भराउन भएको आदेशलाई कार्यान्वयन गर्न हालै पत्राचार चलिरहेको बारेमा यहाँ चर्चा नगर्नु नै बेस होला ।
यतिबेला ती स्तरहीनले पछिल्ला दिव्य २४ वर्षदेखि गर्दै आएको रजाइँको राज खुस्कने भो भन्ने भएपछि यतिका रोइलो निकाल्ने काम भएको हो भन्ने स्थानीय अभिभावकको तर्क छ । उहाँहरूका अनुसार अन्यथा हिजोका दिनमा ती प्रश्न उबाट किन उठेन ?
४. थोरै मेरो स्तरको कुरा :
हुन त आफ्नो बखान आफैले गर्न हुन्न भन्ने मान्यता हाम्रो परम्परागत समाजको हो । तर अब त्यसतो रहेन । लमजुङका साथ सर्वसाधारणका लागि मैले गरेका केही योगदानका कार्य ः
क) २०४० सालमा : पत्रिका प्रकाशन गरेकै कारण तत्कालीन प्रशासनबाट जेल कोचिएको थियो ।
ख) २०४१ को शिक्षकको राष्ट्रव्यापी आन्दोलन : शिक्षकहरूलाई उक्साएको, भड्काएको अभियोगमा पक्राउ परेका चार अभिभावकमध्ये त्यो बेलामा सबैभन्दा कान्छो (मात्र २३ वर्षको थिएँ) अभिभावकका रुपमा फेरि जेलमा जाकियो ।
ग) २०४९ सालमा : आफ्नै जिल्लामा बसेर पत्रकारिता गर्नु पर्छ भन्ने सोच र योजनाका साथ अन्तरङ्गको दर्ता गराएँ र प्रकाशन सुरु गरेँ, जो आज मात्र ३५ वर्षमा चलिरहेको छ ।
घ) २०६० सालमा : विस्तारै पत्रकारितामा देखेको लेख्ने आदत बसेको थियो । त्यसैले, सशस्त्र द्वन्द्वकालमा पनि देखेको लेख्दै कर्तव्य पालना गरेका कारण फेरि जेल कोच्ने काम भयो ।
ङ) सामाजिक व्यक्तित्व :
म आफै संस्थापक अध्यक्ष भएर स्थापना(२०७२) गरेको ठाडोभाका लोककला प्रतिष्ठान ११ वर्षमा चलिरहेको छ । यो अवधिमा प्रतिष्ठानलाई विश्वास गरेर मेरै अनुरोधमा विभिन्न आठजना महानुभावहरूले स्थापना गर्नु भएका पुरस्कार सञ्चालनमा आएर वार्षिक रुपमा वितरण हुँदै आएका छन् । ती पुरस्कार अधिकांशको अक्षयकोष समेत स्थापना परिएको छ ।
प्रतिष्ठानको अक्षयकोष रकम गत साउन २३ गतेको कार्यक्रम सम्पन्न भएसँगै २३ लाख एक हजार रुपैयाँ पुगेको छ ।
ठाडोभाकाको कार्यको सिको गर्ने क्रम पछिल्ला वर्ष अन्य कतिपय संस्थाले समेत गर्न थालेका छन् । अक्षयकोष स्थापना, संरक्षक अवधारणा विकास आदि ।
यी काम सायद मेरो स्तर नभएकै कारण सम्भव भएको हो कि ?
त्यसैगरी, आजका दिनमा पनि म राष्ट्रिय उपभोक्ता मञ्चको जिल्ला अध्यक्ष तथा अर्बुद रोग निवारण संस्थाको पनि अध्यक्ष हुँ यी पद पनि मेरो स्तर नभएकै कारण प्राप्त भएको हो कि ?
५.स्तरहीनबाट उछालिएका भक्ति नमूना माविका कुरा :
क) उक्त स्कूलको स्तरहीनले उठाएका मात्र हैन तीभन्दा धेरै बढी कुराहरू मलाई थाहा छ । उदाहरणका लागि शिक्षाको मन्दिर हातामा आयोजना गरिएको मोति गजल साँझको कार्यक्रम स्थलमै रक्सीका बोतल फोर्ने काम गरिएको, शिक्षक प्रतिनिधि भएर व्यवस्थापन समितिमा बस्दा विद्यालयको काम गर्न आफ्ना मान्छेलाई दिन लगाएको जस्ता विविध घट्नाका बारेमा राम्रो थाहा थियो । तर सबै कुराको समाचार लेख्नु पर्छ भन्ने जरुरी हुँदैन । जो सम्भव पनि छैन ।
ख) उक्त स्कूलको यतिबेलाको स्थिति यति नाजुक ढंगले चलिरहेको छ कि ? शिक्षकहरूका बीच आपसमा हार्दिकता छैन ? अधिकांशबाट एकले अर्कोलाई आँखा तर्ने काम हुन्छ । यो विद्यालयको वातावरण यति विषाक्त एवम् धमिलो, प्रतिशोधपूर्ण छ कि अग्रजहरू कोही कुनै दिन झुक्कीएर विद्यालय हातामा पव्रेश गरिहालेमा पनि आँखा तर्ने र के के न लुट्न आयो, लुटेर लग्छ भनेझैं गर्ने जस्ता कार्य हुने गरेका छन् त्यो सबै उही स्तरहीन धुन्धुकारीका कारणले सिर्जिएको हो भन्ने उहाँहरूको गुनासो रहेको छ ।
ग) उक्त विद्यालयको जग्गा अधिग्रहण कार्य मध्यमर्स्याङदी जलविद्युत आयोजनाको निर्माणका बेलामा छरछिमेक सहयोग कार्यक्रममार्फत भई विद्यालयको भवन पनि सोही कार्यक्रममार्फत निर्णय भएको हो ।
त्यो बेलामा विद्यालयको प्रधानाध्यापक वरिष्ठ साहित्यकार गोविन्दबहादुर कुँवर तथा व्यवस्थापन समितिको अध्यक्ष हरिप्रसाद अधिकारी (अध्यक्ष : रेडियो भोटेओडारको सञ्चालक समिति) हुनुहुन्थ्यो । गाविसको अध्यक्ष लिलाधर सापकोटा हुनुहुन्थ्यो । उहाँहरूको सहभागितामा अभिभावकहरू, शिक्षकहरू बुद्धिजीवीलगायतको उपस्थिति भेलाले जग्गा प्राप्तिको घोषणा गरेको हो । सोही भेलाबाट हाल रहेको स्थानमा क्याम्पस बनाउने समेतको निर्णय गरेको थियो । क्याम्पस भवन(१६ कोठे) त्रिवि अनुदान आयोगको सहयोगमा बनेको हो । यो बारेमा त्यति बेलाको अन्तरङ्गमासमेत पढ्न सकिन्छ ।
तर आज आएर स्तरहीनबाट विद्यालय र क्याम्पसका बीच घडेरीको विवाद निकालेको सुन्नु अघि त्यस्ता कुरा गर्नेको दिमागी हालत के कति ठीक छ ? भनेर सोच्नु पर्ने हुन्छ सरोकारवालाहरूले बताउनु भएको छ ।
घ) स्तरहीनले ‘मुक्का हानेको प्रमाण होला नि त ?’ भन्दै गरेको प्रश्नका हकमा त्यसदिनमा शिक्षकलाई मुक्का प्रहार मात्र हैन, व्यवस्थापन समिति, सल्लालहकार समितिका पदाधिकारी सदस्यहरूलाई ‘खबरदार मेरा विरुद्ध कुनै निर्णय गरे ठीक हुँदैन भन्दै तर्साउने काम समेत स्तरहीनबाट भएको रहेछ । यसरी, विद्यालयमा हैकम आफू चलाउने, सिसिटिभी फुटेजको क्यामरा आफै बिगार्दै प्रमाण नष्ट गर्ने अनि प्रमाण छ ? भन्दै निहुँ खोज्ने ? यो त ‘हलो अड्काउने र गोरु पड्काउने’ जस्तै कार्य हो ।
ङ) समाजको प्रवृत्ती : हाम्रो समाजको प्रवृत्ती सकेसम्म कसैको जस्तै गल्ती भए पनि प्रतिरोध गर्ने, बरु अर्घेले(अन्याय) सहन गर्ने रहेको छ । त्यसमा पनि अलिअलि शक्तिवाला छ भनेपछि त उसका विरुद्ध बोल्ने व्यक्ति कमै पाइन्छ । यस्तै प्रवृत्तीको फाइदा उठाउँदै स्तरहीनले गतिछाडा काम गरेका हुन् । तर तिनको पापको घैटो भरिसकेको संकेत मिलेको छ । त्यो कुनै पनि दिन र क्षणमा फुट्न सक्छ । किनकि, उक्त माविका अभिभावक वर्गले बुझिसक्नु भएको छ कि, ‘अन्यायको सहन गर्नु पनि अन्याय गर्नु सरह हो ।’
अन्त्यमा जाँदाजाँदै खुशीको कुरा प्राप्त भएको छ :
यो लेखनी तयार गर्दा गर्दै भक्ति नमूना विद्यालयको व्यवस्थापन समितिले आज(भदौ १८ गते) सुन्दरबजार नगरपालिकाको शिक्षा शाखामा गएर ‘हामी आजदेखि निज थकित यात्रीलाई विद्यालयमा हाजिर हुन काम गर्न, गराउन कुनै पनि हालतमा सक्दैनौं भन्ने जानकारी दिएर फर्कने काम गर्नु भएको खबर आएको छ । बधाई छ त्यति हिम्मत गर्नु हुने सबै– सबै अभिभावक वर्गलाई !
प्रकाशित मिति २०८३ भाद्र १८, बिहीबार २१:२३ गते