
साइकल यात्रामा पाँच सय पचास जनाले भाग लिदैछन् । ३२ जिल्लाबाट सहभागीहरूले नाम दर्ता गराएको र ती सहभागीमध्ये ५५ जना महिला हुने छन् ।
सहभागी साइकल यात्रीहरूको सुरक्षा र सहजतालाई प्राथमिकतामा राख्दै कार्यक्रमको नयाँ मिति तय गरिएको लमजुङ साइक्लिङ संघका अध्यक्ष ध्रुवराम प्रधानले बताउनु भयो । उहाँका अनुसार स्थगित उक्त कार्यक्रम अब आगामी असोज ३ र ४ गते आयोजना हुनेछ ।
बेसीशहर– लमजुङमा आयोजना हुन लागेको प्रथम टुर दी लमजुङ २०२६ आउँदो असोज ३ र ४ गते हुने भएको छ । तिब्बती क्षेत्रबाट नेपालको रसुवातर्फ बग्ने भोटेकोशी नदीमा आएको बाढीका कारणले उत्पन्न प्राकृतिक विपत्तिको अवस्थालाई मध्यनजर गर्दै कार्यक्रम सार्ने निर्णय गर्नु परेको आयोजकको भनाइ छ । यसअघि प्रथम टुर दी लमजुङ २०२६ को कार्यक्रम यही भदौ २० र २१ गतेका लागि तय भई तयारी अन्तिम चरणमा पुर्याइएको थियो ।
प्रथम टुर दी लमजुङ २०२६ को साइकल यात्रा देशमा देखिएको प्राकृतिक प्रकोप तथा राष्ट्रिय विपत्तिको अवस्था र विज्ञहरूको सुझावलाई ध्यानमा राख्दै स्थगित गरिएको लमजुङ साइक्लिङ संघका अध्यक्ष एवम् संघका गण्डकी प्रदेश सदस्य ध्रुवराम प्रधानले जानकारी दिनु भयो । उहाँका अनुसार सहभागीहरू सबै २ गते नै आइपुग्छन् । त्यसदिन उहाँहरूको स्वागत सत्कार, आपसी चिनजान हुनेछ उहाँले जानकारी दिनुभयो ।
कार्यक्रमको लगभग ९० प्रतिशत तयारी पुरा भएको थियो, यस्तो बेलामा स्थगित गर्नु पर्यो आयोजक लमजुङ साइक्लिङ संघका प्रदेश सदस्य संयोग लामिछानेले बताउनु भयो । उहाँका अनुसार जिल्ला प्रशासन लगायतका अन्य सम्बद्ध सरोकारवालासँग सम्पर्क गर्दा १० दिन जति सार्दा राम्रो भन्ने सुझाव प्राप्त भएपछि कार्यक्रम पछि धकेल्ने निर्णय गर्नु परेको हो ।
सहभागी साइकल यात्रीहरूको सुरक्षा र सहजतालाई प्राथमिकतामा राख्दै कार्यक्रमको नयाँ मिति तय गरिएको लमजुङ साइक्लिङ संघका अध्यक्ष ध्रुवराम प्रधानले बताउनु भयो । उहाँका अनुसार स्थगित उक्त कार्यक्रम अब आगामी असोज ३ र ४ गते आयोजना हुनेछ ।
अध्यक्ष प्रधानले भन्नुभयो कार्यक्रमका लागि तयारी पूरा भए पनि पछिल्लो प्राकृतिक विपत्तिको अवस्थाका कारण सहभागीहरूको सुरक्षा सुनिश्चित गर्न कार्यक्रम सार्ने निर्णय गरिएको हो ।
साइकल यात्रामा पाँच सय पचास जनाले भाग लिदै ः
उक्त साइकल यात्रामा करिब पाँच सय पचास जनाले भाग लिदैछन् । उक्त कार्यक्रममा ३२ जिल्लाबाट सहभागीहरूले नाम दर्ता गराएको स्थिति रहेको आयोजक संस्थाका सदस्य एवम् नाम दर्ता कार्यका प्रमुखसमेत रहनु भएका सञ्जोग लामिछानेले बताउनु भयो । उहाँका अनुसार ती सहभागीमध्ये ५५ जना महिला हुने अनुमान छ । बाहिरी जिल्लाका ५२ जनाले नाम लेखाएका छन्, हाम्रो जिल्लाका तीनजनाले भाग लिने सम्भावना छ, उहाँहरूको नाम लेखिन बाँकी छ । उहाँले भन्नुभयो ‘कार्यक्रम सार्नु पर्दा अरु भन्दा पनि सहभागीहरूको होटल व्यवस्थापनको पाटो अलिक जटिल बन्यो ।’
लमजुङको पर्यटन प्रवद्र्धनसँगै जिल्लामा साइकल पर्यटनको सम्भावना उजागर गर्ने उद्देश्यले आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।
प्रकाशित मिति २०८३ भाद्र १९, शुक्रबार ०८:३० गते