अनेरास्ववियु लमजुङले गर्यो २१ हजारभन्दा बढी सहयोग

अनेरास्ववियु लमजुङले गर्यो २१ हजारभन्दा बढी सहयोग

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ भदौ १८ गते शुक्रबार ११:०१

अध्यक्ष प्रदिप भन्नुहुन्छ, ‘हामीले दिएको २१ हजार १११ रुपैयाले भोटेकोशीका सबै पीडा मेटाउन सक्दैन तर यसले एउटा महत्वपूर्ण सन्देश दिन्छ । ‘विद्यार्थी संगठन खारेज गर्ने होइन, विद्यार्थीको आवाजसँगै समाज र राष्ट्रको दुःखमा उभिने संगठन...

अध्यक्ष प्रदिप भन्नुहुन्छ, ‘हामीले दिएको २१ हजार १११ रुपैयाले भोटेकोशीका सबै पीडा मेटाउन सक्दैन तर यसले एउटा महत्वपूर्ण सन्देश दिन्छ ।
‘विद्यार्थी संगठन खारेज गर्ने होइन, विद्यार्थीको आवाजसँगै समाज र राष्ट्रको दुःखमा उभिने संगठन अझ जिम्मेवार, अनुशासित र जनमुखी बनाउने हो ।’ किनकि, देशलाई केवल विद्यार्थीका आवाज चाहिँदैनन्, देश दुख्दा पीडितको आँसु पुछ्ने विद्यार्थीका हात पनि चाहिन्छ उहाँको तर्क छ ।
बेसीशहर– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका पीडित परिवारको सहयोगमा हातेमालो गर्दै राहतका लागि अनेरास्ववियु लमजुङले गर्यो २१ हजारभन्दा बढी सहयोग गरेको छ । सहयोग राशि प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिएको सो संस्थाले भदौ १८ गते जानकारी दिएको हो ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले धेरै परिवारको घर, सम्पत्ति र सपनासमेत बगाएको छ । यस्तो पीडादायी समयमा सहानुभूतिको शब्द मात्र होइन, पीडितको हात समात्ने र सक्दो साथ दिने मानवीय जिम्मेवारी हामी सबैको हो अनेरास्ववियु लमजुङका अध्यक्ष प्रदिप गुरूङले जारी गर्नु भएको विज्ञप्तिमा बताउनु भएको छ ।
उहाँका अनुसार त्यही जिम्मेवारीबोधका साथ अनेरास्ववियु जिल्ला कमिटी लमजुङ तथा विभिन्न कमिटीमा आबद्ध साथीहरूबाट संकलित २१ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिएको उल्लेख गरेको छ ।
हिजो एउटा बहस उठ्यो, ‘विद्यार्थी संगठनहरू खारेज गर्नुपर्छ !’ तर प्रश्न यो हो देश संकटमा पर्दा, विपद्ले नागरिकको घर–आँगन उजाड्दा र हजारौँ नागरिक पीडामा हुँदा उनीहरूको साथमा को उभिन्छ ? सो विज्ञप्तिमा भनिएको छ ।
विद्यार्थी संगठन केवल नाराबाजी गर्ने वा राजनीतिक गतिविधिमा सीमित हुने संस्था होइन भन्दै इतिहासका कठिन मोडदेखि आजका विपद्का क्षणसम्म विद्यार्थी संगठनहरूले सामाजिक अभियान, स्वयंसेवक, राहत, उद्धार र जनताको पक्षमा आवाज उठाउने भूमिकासमेत निर्वाह गर्दै आएका छन सो विज्ञप्तिमा उल्लेख छ ।
विद्यार्थीका हक, हित, अधिकार र शैक्षिक मुद्दाका लागि आवाज उठाउनु हाम्रो जिम्मेवारी हो । तर त्यतिमै सीमित छैनौँ!देशलाई आवश्यकता पर्दा काँधमा काँध मिलाएर उभिनु, पीडितको आँसु पुछ्नु र संकटको समयमा मैदानमा खटिनु पनि हाम्रो जिम्मेवारी हो सो विज्ञप्तिमा भनिएको छ ।
अध्यक्ष प्रदिप भन्नुहुन्छ, ‘हामीले दिएको २१ हजार १११ रुपैयाले भोटेकोशीका सबै पीडा मेटाउन सक्दैन तर यसले एउटा महत्वपूर्ण सन्देश दिन्छ । ‘तपाईंहरू एक्लै हुनुहुन्न ! तपाईंको दुःखमा हामी पनि साथमा छौँ !’
यस्तो सहयोग आजमा मात्र सीमित रहने छैन । आवश्यकता अनुसार आगामी दिनमा स्वयंसेवक परिचालन गरी प्रभावित क्षेत्रमा पुग्ने, राहत तथा उद्धारमा प्रत्यक्ष सहभागी हुने र पुनर्निर्माण तथा पुनस्र्थापनाका कार्यमा समेत आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ अध्यक्ष प्रदिपले प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
उहाँले थप भन्नुभयो, ‘विद्यार्थी संगठन खारेज गर्ने होइन, विद्यार्थीको आवाजसँगै समाज र राष्ट्रको दुःखमा उभिने संगठन अझ जिम्मेवार, अनुशासित र जनमुखी बनाउने हो ।’ किनकि,
देशलाई केवल विद्यार्थीका आवाज चाहिँदैनन्, देश दुख्दा पीडितको आँसु पुछ्ने विद्यार्थीका हात पनि चाहिन्छ उहाँको तर्क छ ।
विपद्को समयमा राजनीति होइन, मानवता पहिलो प्राथमिकता हो । पीडामा परेका नागरिकको साथमा उभिनु नै हाम्रो वास्तविक जिम्मेवारी हो ! सरकार र पुरै देश एकढिक्का भएर लागौं विपदको सामना सजिलै पार गर्न सकिन्छ ! उक्त विज्ञप्तिमा उल्लेख छ ।
उक्त विज्ञप्तिको अन्त्यमा उल्लेख छ, ‘भोटेकोशी– बाढी, राहत र उद्धार, ‘विद्यार्थी संगठन’ ‘मानवता पहिलो संकटमा विद्यार्थी, ‘अनेरास्ववियु, लमजुङ ।’

प्रकाशित मिति २०८३ भाद्र १९, शुक्रबार ११:०१ गते
हजुरको प्रतिक्रिया