रोटरीद्वारा श्रद्धाञ्जली एवम् दीप प्रज्वलन कार्यक्रम सम्पन्न

रोटरीद्वारा श्रद्धाञ्जली एवम् दीप प्रज्वलन कार्यक्रम सम्पन्न

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ भदौ २२ गते मङ्गलबार ०९:०७

पोखरा २३ भाद्र। रसुवाको भोटेकोसीमा आएको भीषण बाढीका कारण ज्यान गुमाएका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पोखरामा क्रियाशील रोटरी क्लबहरूको संयुक्त आयोजनामा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। पोखराको...

पोखरा २३ भाद्र। रसुवाको भोटेकोसीमा आएको भीषण बाढीका कारण ज्यान गुमाएका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पोखरामा क्रियाशील रोटरी क्लबहरूको संयुक्त आयोजनामा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

पोखराको शहीद चोकमा आयोजित कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२९२ का निवर्तमान डिस्ट्रिक्ट गभर्नर विनोद प्रसाद कोइरालाले रोटरी संस्था सुख–दुःखमा सदैव समाजको साथमा रहँदै आएको स्मरण गर्नुभयो। उहाँले बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न पोखराका रोटरी क्लबहरूले आयोजना गरेको श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन कार्यक्रम प्रशंसनीय रहेको बताउनुभयो। उहाँले विपद्को यस दुःखद् घडीमा सबै रोटरियनहरू सक्रियतापूर्वक राहत, उद्धार तथा सहयोगका कार्यमा जुट्नुपर्नेमा जोड दिनुभयो।

साथै, रोटरी डिस्ट्रिक्टले पनि सबै रोटरी क्लबहरूलाई एकाकार भएर विपद् प्रभावितहरूको सहयोगमा अघि बढ्न अनुरोध गरेको बताउनुभयो। कार्यक्रमका संयोजक तथा रोटरी क्लब अफ पोखरा भ्यालीका अध्यक्ष नवीनराज बरालले छोटो सूचनाका आधारमा पनि कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण रोटरियनहरूप्रति आभार व्यक्त गर्नुभयो। उहाँले रोटरी संस्था सुख र दुःख दुवै अवस्थामा समाजका नागरिकको साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाले प्रकोपको बेला सरकार सगै सामाजिक सस्थाहरु पनी मानविय सेवामा गम्भीरतापूर्वक लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पोखरामा क्रियाशील ११ वटा रोटरी क्लबका रोटरियनहरू, रोट्र्याक्टर र इन्टर्याक्टर हरुको पनि उल्लेख्य सहभागिता रहेको थियो। सो अवसरमा सहिद चोकमा दीप प्रज्वलन गरी भोटेकोसीमा आएको भीषण बाढीका कारण ज्यान गुमाएका सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो।

प्रकाशित मिति २०८३ भाद्र २३, मंगलवार ०९:०७ गते
हजुरको प्रतिक्रिया