नेपाल र नेशनल मेडिकल कलेजद्वारा प्रधानमन्त्री राहत कोषमा ७५ लाख सहयोग

नेपाल र नेशनल मेडिकल कलेजद्वारा प्रधानमन्त्री राहत कोषमा ७५ लाख सहयोग

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ भदौ २२ गते मङ्गलबार ०५:०८

नेशनल मेडिकल कलेज, वीरगञ्ज र नेपाल मेडिकल कलेज, काठमाडौंले आगामी दिनमा पनि रसुवासहित देशका विभिन्न क्षेत्रमा विपद्बाट प्रभावित नागरिकको आवश्यकता र परिस्थितिअनुसार मानवीय तथा सामाजिक सेवाका कार्यमा सहकार्य र योगदानलाई निरन्तरता दिने बताएका छन् ।

अर्थमन्त्रालयमै पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारी नेतृत्वको टीमले राहत रकम ७५ लाख रूपैंया हस्तान्तरण गरेको हो ।

काठमाडौं– तिब्बती क्षेत्रबाट रसुवा, नुवाकोट, धादिङमा गएको बिनासकारी बाढीपिडित परिवारका लागि नेपाल मेडिकल कलेज, काठमाडौं र नेशनल मेडिकल कलेज विरगञ्जले संयुक्त रूपमा ७५ लाख रुपैयाँ सहयोग गरेका छन् । ती दुई कलेजले संयुक्त रूपमा प्राकृतिक विपद्ले निम्त्याएको कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा उभिँदै उक्त रकम प्रधानमन्त्री राहत कोषमा भदौ २२ गते हस्तान्तरण गरेका हुन् ।
अर्थमन्त्रालयमै पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारी नेतृत्वको टीमले राहत रकम ७५ लाख रूपैंया हस्तान्तरण गरेको हो । रसुवामा आएको बाढी पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले दुवै मेडिकल कलेजको तर्फबाट प्रधानमन्त्री राहत कोषमा ७५ लाख रूपैंया जम्मा गरिएको नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो विषम परिस्थितिमा हामी सबैले राज्यसँग हातेमालो गर्नुपर्छ, देशको जुनसुकै क्षेत्रमा जनता पिडामा छटपटाइरहेका छन् भने हामीले पनि आ–आफ्नो क्षेत्रबाट सहकार्य गर्नैपर्छ भन्ने हाम्रो सोच हो । राज्यलाई गर्नुपर्ने जुनसुकै प्रकारको सहयोग गर्न हामी तत्पर छौं ।’
राहत रकम लिँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि दुई मेडिकल कलेजले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । देश शंकटमा परेको बेला हरेक नागरिकले आफ्नो तर्फबाट सकेको योगदान गर्नुपर्ने बताउँदै अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्रले देखाएको उदारता र सहकार्य प्रति कृतज्ञ रहने बताउनु भयो ।
स्वास्थ्य सेवा प्रदान गर्ने जिम्मेवारीसँगै विपद्को समयमा समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्नुपर्ने मान्यताका साथ यी कलेजले संस्थागत सहयोग दिएको बताएका छन् । विपद्को समयमा आर्थिक सहयोग मात्र नभई स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी र समुदायबीचको सहकार्य र ऐक्यबद्धता महत्वपूर्ण हुने भन्दै दुवै मेडिकल कलेजले मानवीय सेवाको भावनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेशनल मेडिकल कलेज, वीरगञ्ज र नेपाल मेडिकल कलेज, काठमाडौंले आगामी दिनमा पनि रसुवासहित देशका विभिन्न क्षेत्रमा विपद्बाट प्रभावित नागरिकको आवश्यकता र परिस्थितिअनुसार मानवीय तथा सामाजिक सेवाका कार्यमा सहकार्य र योगदानलाई निरन्तरता दिने बताएका छन् ।

प्रकाशित मिति २०८३ भाद्र २३, मंगलवार १७:०८ गते
हजुरको प्रतिक्रिया