भोटेकोशी बाढी अपडेट : १३५७ जनाको शव फेला, सम्पर्कविहीन संख्या ५३२६

भोटेकोशी बाढी अपडेट : १३५७ जनाको शव फेला, सम्पर्कविहीन संख्या ५३२६

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ भदौ २२ गते मङ्गलबार ०६:३४

प्राधिकरणका अनुसार बाढीमा परी ५ हजार ३ सय २६ जना अझै सम्पर्कविहीन रहेका छन् । बेपत्ता हुनेहरूमा ५ सय ८७ जना विदेशी पर्यटक, ४५ जना नेपाली सेना, २५ जना नेपाल प्रहरी, १२ जना सशस्त्र प्रहरी बल र ७३ जना सरकारी कर्मचारी समेत रहेको प्राधिकरणको भनाइ छ ।

हालसम्म १३ हजार ५ सय ८३ जनाको सफल उद्धार गरिएको छ । घाइते भएका ६ हजार ८ सय २७ जनामध्ये विभिन्न अस्पतालमा ३ सय २७ जनाको उपचार भइरहेको छ । २ हजार ४ सय २० जना उपचारपछि डिस्चार्ज भएर आआफ्नो घरमा फर्केका छन् ।

काठमाडौं– भोटेकोशी बाढीमा परी बेपत्ता भएकाहरूमध्ये एक हजार ३ सय ५७ जनाको शव फेला परेको छ । तिब्बती क्षेत्रबाट रसुवातर्फ भोटेकोशीमा आएको बाढी र त्यसपछिको खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरण गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ २३ गते सार्वजनिक गरेको हो ।
प्राधिकरणले भदौ २३ गते अपरान्ह १ः०० बजेसम्मको अद्यावधिक तथ्यांकअनुसार बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार ३ सय ५७ पुगेको जनाएको हो । प्राधिकरणका अनुसार बाढीमा बेपत्ता भइ मृत्यु भएकाहरूको सबैभन्दा बढी शव चितवन जिल्लामा फेला परेका छन् ।
प्राधिकरणले दिएको जानकारी अनुसार चितवनमा ३ सय ६३ जनाको शव फेला परेको छ । अन्य प्रभावित जिल्लाहरूमध्ये नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७, रसुवामा १६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको स्थिति छ ।
उद्धार र राहत कार्यका लागि २१ हजार ४ सय २ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाली सेनाका ९ हजार २ सय ८७, नेपाल प्रहरीका ७ हजार ९ सय १२ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना रहेका छन् । उद्धार कार्यका लागि नेपाली सेना, निजी क्षेत्र र सशस्त्र प्रहरीका हेलिकप्टरहरूले १ हजार ४ सय भन्दा बढी पटक उडान भरेका छन् ।
हालसम्म १०२ जना मृतकको मात्र सनाखत भई आफन्तले बुझिलिएको प्राधिकरणले जानकारी दिइएको छ । सनाखत हुन बाँकी रहेका मृतकको पहिचानका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोटो र नाता प्रमाणितसहित डिएनए परीक्षणका लागि नमूना दिन प्राधिकरणले अनुरोध गरेको छ ।
प्राधिकरणका अनुसार बाढीमा परी ५ हजार ३ सय २६ जना अझै सम्पर्कविहीन रहेका छन् । यसमा रसुवा जिल्लाका मात्र २ हजार ८ सय ६० जना छन् ।
बेपत्ता हुनेहरूमा ५ सय ८७ जना विदेशी पर्यटक, ४५ जना नेपाली सेना, २५ जना नेपाल प्रहरी, १२ जना सशस्त्र प्रहरी बल र ७३ जना सरकारी कर्मचारी समेत रहेको प्राधिकरणको भनाइ छ । सम्पर्कविहीनको सूचीमा उद्धार गरिएका वा पहिचान नभएका मृतकहरू समेत समावेश हुनसक्ने भएकाले तथ्याङ्क रुजु गर्ने कार्य भइरहेको प्राधिकरणले जनाएको छ ।
हालसम्म १३ हजार ५ सय ८३ जनाको सफल उद्धार गरिएको छ । घाइते भएका ६ हजार ८ सय २७ जनामध्ये विभिन्न अस्पतालमा ३ सय २७ जनाको उपचार भइरहेको छ । २ हजार ४ सय २० जना उपचारपछि डिस्चार्ज भएर आआफ्नो घरमा फर्केका छन् । नेपाली सेना र सशस्त्र प्रहरी बलले आफ्ना संयन्त्रमार्फत ६ हजार ५ सय भन्दा बढी घाइतेको उपचार गरेका जनाएको छ । विस्थापितहरूका लागि रसुवा, नुवाकोट र धादिङमा ३९ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ, जहाँ ३ हजार ५ सय ३३ जना आश्रित रहेका छन् ।
पूर्वाधारतर्फ धादिङमा ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा ७८ प्रतिशत घरधुरीमा विद्युत् आपूर्ति सुचारु भएको छ । प्रभावित क्षेत्रमा इन्धनको मौज्दात सुनिश्चित गरिएको र ४ सय ५७ वटा ग्यास सिलिन्डर अनुदानमा पठाइएको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, सरकारले राहत वितरण प्रक्रियालाई पनि तिब्रता दिएको छ । रसुवा र नुवाकोट जिल्लालाई १–१ करोड रुपैयाँ र धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ । यसका अतिरिक्त अति प्रभावित १५ वटा पालिकाका लागि १३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । खाद्यान्न र गैर–खाद्य सामग्री ढुवानीका लागि हेलिकप्टर र ट्रकहरूको प्रयोग भइरहेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति २०८३ भाद्र २३, मंगलवार १८:३४ गते

हजुरको प्रतिक्रिया