दुई दिने किचन गार्डेन तालिमको समापन, ३० महिला लाभान्वित

दुई दिने किचन गार्डेन तालिमको समापन, ३० महिला लाभान्वित

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ असोज ३ गते आईतबार ०८:२२

एचडीसीएस नमुना सामुदायिक अस्पतालअन्तर्गत सञ्चालित STEP Up तथा SCALE Up कार्यक्रमको आयोजना भएको सो तालिमको असोज ४ गते समापन गरिएको हो ।

सो तालिममा सोही अस्पतालका डा. विवेक पौडेल, सामाजिक मनोपरामर्शदाता शोभा ठकुरी तथा सामाजिक नर्स सुलोचना ठकुरीले प्रशिक्षकको भूमिका निभाउनु भएको थियो ।

सुन्दरबजार(लमजुङ)— लमजुङमा STEP Up तथा SCALE Up कार्यक्रमद्वारा ३० महिलालाई किचन गार्डेन दुई दिने तालिम दिइएको छ । सुन्दरबजार नगरपालिका– ६ स्थित ज्वालामुखी आमा समूहका सदस्य महिलाहरूलाई लक्षित गरी किचन गार्डेन तथा खानपान सुधारसम्बन्धी दुईदिने तालिम दिइएको हो । एचडीसीएस नमुना सामुदायिक अस्पतालअन्तर्गत सञ्चालित STEP Up तथा SCALE Up कार्यक्रमको आयोजना भएको सो तालिमको असोज ४ गते समापन गरिएको हो ।
समापन कार्यक्रममा सुन्दरबजार नगरपालिकाकी उपमेयर भवानी केसी ज्वालामुखी आमा समूहको समेत अध्यक्ष भएको हुँदा उहाँकै प्रमुख आतिथ्यता र अध्यक्षमा समापन कार्यक्रम गरिएको हो । सहभागीहरूलाई उहाँले प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
घरमै पोषणयुक्त तरकारी उत्पादन गर्न, स्वस्थ तथा सन्तुलित खानपानको बानी विकास गर्न र स्थानीय स्रोत–साधनको सदुपयोगमार्फत परिवारको पोषण सुधार गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकको भनाइ छ ।
सो तालिममा सोही अस्पतालका डा. विवेक पौडेल, सामाजिक मनोपरामर्शदाता शोभा ठकुरी तथा सामाजिक नर्स सुलोचना ठकुरीले प्रशिक्षकको भूमिका निभाउनु भएको थियो । सो तालिममा झोल मल, प्रांगारिक मल तथा तरकारीको नर्सरी बताउने विधिका बारेमा प्रयोगात्मक अभ्यास समेत गरिएको थियो ।
आफ्नो घरमै उपलब्ध स्रोत–साधनको प्रयोग गरी तरकारी उत्पादन गर्ने, विभिन्न तरकारीका लागि नर्सरी तयार गर्ने, बालीमा लाग्ने कीरा तथा रोगको पहिचान र व्यवस्थापन गर्ने तथा जैविक मल र झोलमल तयार गरी प्रयोग गर्ने विधिबारे सहभागी महिलाहरूलाई प्रयोगात्मक अभ्याससमेत गराइएको प्रशिक्षक शोभा ठकुरीले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा किचन गार्डेन स्थापना तथा व्यवस्थापन, पोषण तथा स्वस्थ खानपान, भान्सा व्यवस्थापन, नर्सरी तयारी, कीरा तथा रोग व्यवस्थापन, जैविक मल तथा झोलमल निर्माण र प्रयोग लगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो ।
कार्यक्रममा स्वस्थ तथा सन्तुलित खानपान, परिवारको पोषण अवस्था सुधार तथा दैनिक जीवनमा स्वस्थ खाने बानीको विकास सम्बन्धी विषयमा समेत छलफल गरिएको थियो ।
किचन गार्डेनको प्रवद्र्धनमार्फत घरमै ताजा तथा पोषणयुक्त तरकारी उत्पादन, परिवारको पोषण सुधार र जैविक उत्पादन प्रणालीलाई प्रोत्साहन गर्न तालिमले सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
उक्त तालिम कार्यक्रममा ज्वालामुखी आमा समूहका महिलाहरूको सक्रिय सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०८३ आश्विन ४, आईतवार २०:२२ गते
हजुरको प्रतिक्रिया