बेसीशहर– लमजुङमा व्यक्ति हत्याका लागि सुपारीको प्रयोग गर्नेहरू धरौटीमा रिहा भएका छन् । जिल्ला अदालतको आदेशले पुस १२ गते उनीहरू रिहा भएका हुन् ।
सो घट्नाको छानविनका लागि तीनजनाका विरुद्ध अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनका लागि पुस १ गते पहिलो पटक म्याद प्रहरीले पाएको हो ।
सुपारी दिने बाबुराम थापा, सुपारी लिने रोसन गुरुङ र गुरुङलाई साथी बनाई घरमा ल्याई राख्ने बाबुरामका छोरा सागर थापा धरौटीमा रिहा भएका हुन् ।
सुपारी लिन तयार भएको सकार्ने रोसन गुरुङलाई एक लाख ३५ हजार रुपैयाँ धरौटी माग भएको थियो भने बाबुरामका बाबु छोराको हकमा जनही १/१ लाख रुपैयाँ धरौटी माग भएको हो ।
जिल्ला न्यायाधीश शिवप्रसाद खनालको इजलासले सो आदेश दिएको हो । बाबुराम थापाका बाबुछोरा आफूहरूलाई तोकिएको धरौटी रकम राखेर तारेखमा रिहा भएका छन् भने धरौटी राख्न नसकेका कारण गुरुङ जिल्ला कारागारमा चलान भएका छन् ।
मध्यनेपाल नगरपालिका– १ का वडा अध्यक्ष सुदीप थापाका विरुद्ध त्यस्तो तानाबाना रचिएको खुल्न आएपछि उहाँले सो काण्डमा संलग्न तीन जनाका विरुद्धमा मंसिर २९ गते किटानी जोहरी दिनु भएको थियो ।
प्रकाशित मिति २०८० पुष १२, बिहीबार २१:४१ गते