काठमाडौं– नेपाली सांगीतिक बजारमा एउटा मर्मस्मर्शी देउडा गीत सार्वजानिक भएको छ । सुदुर पश्चिमका अधिकांश देउडा गीत निकाल्ने कर्णाली म्युजिकले सो गीत बजारमा ल्याएको हो ।
बैश उमेरमै अशक्त श्रीमानको स्याहार सुसारमा नाबालिका छोरी सहितको जिम्मेवारी बहन गर्दै गरेको संघर्षका बीच एक अबला नारी जब आफूलाई साहारा बिहीन भएको अनुभूतिमा जिन्दगीदेखि हार खाएकी हुन्छे त्यतिबेला यो समाजले हेर्ने दृष्टिकोण गीतमा गरिएको छ ।
त्यतिमात्र हैन गर्भमा रहदै बाबाको प्यारो काखमा लुटपुटीन प्यासका साथ बाबा माथिको अपार प्रेम गीतको भिडियोमा देख्न सकिन्छ । कर्णाली ईन्टरटेन्टमेन्टबाट बजारमा आएको गीतको भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन भने भिडियोमा बिमल अधिकारी र मिस पविलाई देख्न सकिन्छ ।
अन्जु पन्तको समधुर आवाजमा सजिएको गीतमा शब्द संगीत महेशकुमार औजी, म्युजिक एरेन्ज कृष्ण बाजुरालीको रहेको छ । यो गीतको अडियो तथा भिडियोमा पदमबहादुर बुढाले लगानी गरेका हुन् ।
रिलिज भएको छोटो समयमा धेरै दर्शकको साथ पाएको यो गीतलाई नवराज सुबेदीको टिमले छायांकन गरेको हो ।
प्रकाशित मिति २०८१ जेष्ठ १३, आईतवार ०९:३९ गते