बेसीशहर– जिल्ला अदालत बार इकाई लमजुङमा कृष्णप्रसाद अधिकारी फेरि अध्यक्ष चयन हुनुभएको छ । जिल्ला बार इकाई लमजुङको भदौ १४ गते सम्पन्न १४ औं अधिवेशनले उहाँलाई अध्यक्ष चयन गरेको हो ।
अधिवेशनको जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलले उदघाटन गर्नु भएको थियो भने अध्यक्षता जिल्ला अध्यक्ष अधिवक्ता बुद्धिसागर बरालले गर्नु भएको थियो । सो अवसरमा स्रेस्तेदार भेषराज पौडेल तथा जिल्ला न्यायाधीवक्ता पूर्णबहादुर थापालगाायतको आतिथ्यता रहेको थियो ।
सम्पन्न निर्वाचनले अध्यक्षमा कृष्णप्रसाद अधिकारी, उपाध्यक्ष माधव बसौला, सचिवमा अग्निविलाश अधिकारी, कोषाध्यक्ष हरि रानाभाटलाई चयन गरेको छ । त्यस्तै सदस्यहरूमा दिलिपराज पौडेल, विष्णुराज घिमिरे, वासुदेव न्यौपाने र रामबहादुर खत्री चयन हुनुभएको छ ।
२०४८ सालमा स्थापना भएको जिल्ला बार इकाईमा आजका मितिसम्म अध्यक्ष हुनुहुनेमा क्रमशः सुरेन्द्र बोहरा, युगेश्वर रेग्मी, गुमानसिंह अर्याल, यज्ञ पौडेल, कृष्णप्रसाद अधिकारी(लगातार ९ वर्ष), बुद्धिसागर बराल र फेरि कृष्णप्रसाद अधिकारी रहनु भएको जानकारीमा आएको छ ।
नवनिर्वाचित अध्यक्ष अधिकारी कुनै दिन गण्डकी प्रदेशको न्यायाधिवक्ता समेत भइसक्नु भएको हो । तर उहाँ फेरि जिल्लाको नेतृत्वमा आउनुलाई भने अर्थपूर्ण रुपमा हेरिएको जानकारहरू बताउँछन् ।
प्रकाशित मिति २०८१ भाद्र १५, शनिबार ०९:२६ गते