रास्वपा गैँडाकोट नगरको सभापति पदमा विमल घिमिरे निर्वाचित

रास्वपा गैँडाकोट नगरको सभापति पदमा विमल घिमिरे निर्वाचित

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ चैत २ गते आईतबार ०७:०४

आठ मत अन्तरले सभापति पदमा घिमिरे विजयी, २६९ जना सदस्यहरूले मतदान गर्ने ब्यवस्था भएपनि २०७ जना प्रतिनिधीहरूले मात्र मतदानमा भाग लिएका थिए ।

सो अधिवेशनबाट सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष र सहसचिव सहित १५ सदस्यीय नयाँ नगरसमिति चयन गरेको हो ।

गैँडाकोट(नवलपुर)– रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैँडाकोट नगर समितिको सभापतिमा विमल घिमिरे निर्वाचित हुनु भएको छ । पहिलो नगर अधिवेशन मार्फत घिमिरे अध्यक्षमा आठ मत अधिक ल्याई चैत १ गते निर्वाचित हुनु भएको हो ।
सभापति पदमा विजयी भएका घिमिरेले घिमिरेले १०५ मत ल्याउनु भयो भने सो पदका अर्का प्रत्यासी ज्ञानहरी कंडेलले ९७ मत पाउनु भयो । यसैगरी, सचिव पदमा भएको निर्वाचनमा अस्मिता घिमिरे ४५ मत बढी ल्याएर विजयी हुनु भएको छ । घिमिरेले १२३ मत पाउँदा रेग्मीले ७८ मत मात्र पाउनु भयो ।
सो समितिको उपसभापति पदमा नारायण अधिकारी र सहसचिव पदमा कमल सापकोटा यसअघि नै निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक मिना शर्मा गौडेलले बताउनु भयो । उहाँका अनुसार नयाँ नेतृत्व चयनका लागि सभापति र सचिव पदमा २६९ जना सदस्यहरूले मतदान गर्ने ब्यवस्था भएपनि २०७ जना प्रतिनिधीहरू मात्रै मतदानमा भाग लिएका थिए ।
रास्वपा गैँडाकोटको प्रथम नगर अधिवेशनको पार्टीका केन्द्रीय तथा संघीय सांसद हरि ढकालले उद्घाटन गर्नुभएको थियो ।
गैँडाकोट नगरपालिका वडा नं. १२ मा रहेका छन् ।
सो अधिवेशनबाट सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष र सहसचिव सहित १५ सदस्यीय नयाँ नगरसमिति चयन गरेको हो । नयाँ कार्यसमिति चयन भएपश्चात कोषाध्यक्ष पछि मनोनित गर्ने रास्वपाको प्रावधान छ ।
विधान अनुसार समितिको कार्यकाल पाँचवर्षको हुनेछ ।

प्रकाशित मिति २०८१ चैत्र ३, आईतवार ०७:०४ गते
हजुरको प्रतिक्रिया