अधिकारी : जिल्ला प्रशासन कार्यालयका असार महिनाका उत्कृष्ट कर्मचारी साउन ७ गते धोषणा

अधिकारी : जिल्ला प्रशासन कार्यालयका असार महिनाका उत्कृष्ट कर्मचारी साउन ७ गते धोषणा

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ साउन ७ गते शुक्रबार ०६:४४

‘ऐलेको नयाँ सरकार आएकोदेखि हो । हामीले गएको जेठ महिनाबाट यो कामको सुरुवात गरेका हौं ।’ जेठ महिनामा प्रशासन शाखामा कार्यरत नासु तक्मा विकलाई छनौट गरिएको प्रजिअ खनालले जानकारी दिनुभयो ।

यो सरकारका पालाबाट यस्तो कामको थालनी, गृह मन्त्रालय अन्तरगत मात्र भएको यस्तो काम सबै अब कार्यालयमा गरिनु पर्छ ।

बेसीशहर– जिल्ला प्रशासन कार्यालय लमजुङले पनि मासिक रुपमा उत्कृष्ठ कर्मचारी छनौट गर्न थालेको छ । गत असार महिनाको उत्कृष्ट कर्मचारीका रुपमा सचिवालयमा कार्यरत खरिदार दिननाथ अधिकारीलाई साउन ७ गते सम्मान गरेको हो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले प्रशंसा–पत्र प्रदान गर्नुभएको हो । उहाँले अधिकारीलाई उत्कृष्ट कर्मचारी घोषणा गर्नु भएको हो । उहाँका अनुसार जिल्ला प्रशासन कार्यालय लमजुङले कार्यसम्पादन, अनुशासन, समयपालना, जिम्मेवारीबोध तथा सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गरेको मूल्याङ्कनका आधारमा उत्कृष्ठा कर्मचारी छनौट गर्ने गर्दछ । उहाँले भन्नुभयो, ‘उत्कृष्ट कर्मचारी छनोट गर्दा समयपालना, नियमितता, पारदर्शिता, मितव्ययिता, गोपनीयता, व्यावसायिक आचरण, अनुशासन, जवाफदेहिता र जिम्मेवारी बोधलगायतका सूचकलाई आधार मानिएको छ ।’
यो सरकारका पालाबाट यस्तो कामको थालनी :
यसैबीच, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाललाई यस्तो काम पहिले त गरिन्थ्यो जस्तो लागेन कहिलेदेखि सुरु भएको हो ? भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, ‘ऐलेको नयाँ सरकार आएकोदेखि हो । हामीले गएको जेठ महिनाबाट यो कामको सुरुवात गरेका हौं ।’ जेठ महिनामा प्रशासन शाखामा कार्यरत नासु तक्मा विकलाई छनौट गरिएको प्रजिअ खनालले जानकारी दिनुभयो ।
खरिदार अधिकारी पर्वतको फलेवास नगरपालिका– ३ स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ २०८० सालको साउनदेखि जिल्ला प्रशासन कार्यालय लमजुङमा कार्यरत रहँदै आउनु भएको छ । फ्रन्ट डेस्कमार्फत सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउनुका साथै बजार अनुगमनलाई प्रभावकारी बनाउने, व्यवसायीलाई सचेतनामूलक जानकारी दिने, बैठक व्यवस्थापन गर्ने तथा मन्त्रालयसँग भएका कार्यसम्झौताका विवरण सम्बन्धित प्रणालीमा प्रविष्ट गर्ने जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेको हुँदा अधिकारी उत्कृष्ट कर्मचारीका रुपमा छनोट हुनुभएको बताइएको छ ।
अहिलेको सरकारले कर्मचारीलाई उत्प्रेरित गर्न अपनाएको विभिन्न तौर तरिका मध्ये यो एक हो । यस्ता सम्मानका कार्यले कर्मचारीमा काम प्रति लगाव तथा उर्जा प्राप्त भई सकारात्मक प्रतिस्पर्धाको भावना विकास गर्ने र सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारीका साथ नागरिकमैत्री बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।
गृह मन्त्रालय अन्तरगत मात्र भएको यस्तो काम सबै अब कार्यालयमा गरिनु पर्छ ।

प्रकाशित मिति २०८३ श्रावण ८, शुक्रबार १८:४४ गते
हजुरको प्रतिक्रिया