प्रदेश अस्पताल लमजुङको सेवामा निरन्तर बृद्धि : सेवाग्राही संख्या पनि बढ्दो

प्रदेश अस्पताल लमजुङको सेवामा निरन्तर बृद्धि : सेवाग्राही संख्या पनि बढ्दो

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ साउन १५ गते शनिवार ०७:५१

प्रदेश अस्पताल लमजुङमा गत आवमा ल्यापोस्कोपी सेवा, नाक, कान, घाँटी, छालाको रोग तथा शव बाहन सेवा सुचारु गरिएको हो भने अघिल्लो आवमा थालिएका सघन उपचार कक्ष (आइसियु) सेवा पनि निरन्तर रहेको अस्पतालका प्रशासन प्रमुख प्रमिला ढकालले जानकारी दिनुभयो ।

पछिल्ला चार वर्षको तथ्यांकले त्यस्तो सिद्ध गरेको हो । आर्थिक वर्ष २०७९/८० मा ७५ हजार ६ सय २२ जनाले सेवा लिएका थिए भने आर्थिक वर्ष २०८२/८३ मा आउँदा सेवाग्राहीको संख्या बढेर १ लाख १५ हजार ३ सय ८ पुगेसँगै त्यस्तो पुष्टि भएको हो ।

बेसीशहर– प्रदेश अस्पताल लमजुङले आर्थिक वर्ष २०८२/८३ मा एक लाख १५ हजार ३ सय ८ जना सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । अघिल्ला वर्षहरूको तुलनामा गत आवमा अस्पतालको सेवा पहुँच, गुणस्तर र सेवाग्राहीको विश्वासमा उल्लेखनीय वृद्धि भएको अस्पतालले साउन १५ गते जनाएको हो ।
गत आर्थिक वर्षभर विभिन्न विभागमार्फत १ लाख १५ हजार ३ सय ८ जनाले सेवा लिएको अस्पतालका मेडिकल रेकर्ड सुपरभाइजर पुरुषोत्तम घिमिरेले बताउनु भयो । उहाँका अनुसार सेवा लिनेहरूमध्ये ४३ हजार १ सय ५५ जनाले प्रयोगशाला (ल्याब) सेवा, २५ हजार ३ सय ४१ जनाले एक्स–रे सेवा, १२ हजार ७ सय ३१ जनाले अल्ट्रासोनोग्राफी सेवा, ११ हजार ५ सय ५० जनाले इसिजी सेवा, ११ हजार ३ सय ७ जना, आकस्मिक सेवा, तथा १ हजार २ सय ३० जनाले इको सेवा लिएका छन् ।
त्यस्तै, गत आर्थिक वर्षमा मातृ तथा शिशु स्वास्थ्य सेवातर्फ पनि अस्पतालले प्रभावकारी सेवा प्रदान गरेको छ । गत आवमा सुरक्षित प्रसुति सेवा लिने संख्या ६ सय ४१ जना छन् । तीमध्ये ४ सय ४९ जनाको सामान्य प्रसुति सेवा र १ सय ९२ जनाको शल्यक्रियामार्फत प्रसुति गरिएको अस्पतालको रेकर्डमा उल्लेख छ ।
यसैगरी, ४ सय ५३ जनाले इन्डोस्कोपी सेवा प्राप्त गरेको सुपरभाइजर घिमिरेको भनाइ छ । उहाँका अनुसार नवजात शिशु उपचार सेवाबाट १ सय ३ जना लाभान्वित भएका छन् । एकद्वार संकट व्यवस्थापन केन्द्र मार्फत आर्थिक वर्ष २०८२÷८३ मा ३३ जना सेवाग्राहीले सेवा लिएको मेडिकल रेकर्ड छ ।
सेवाग्राहीको संख्या पनि वर्षेनी बढ्दो क्रममा रहेको अस्पतालमा रहेको तथ्यांकले पुष्टि गरेको छ । पछिल्ला चार वर्षको तथ्यांकले त्यस्तो सिद्ध गरेको हो । आर्थिक वर्ष २०७९÷८० मा ७५ हजार ६ सय २२ जनाले सेवा लिएका थिए । आर्थिक वर्ष २०८०÷८१ मा अघिल्लो आवको तुलनामा २० दशमलव ४१ प्रतिशत वृद्धि भई ९१ हजार ५४ जना पुग्यो । आर्थिक वर्ष २०८१÷८२ मा २५ दशमलव ०२ प्रतिशत वृद्धि हुँदै सेवाग्राही संख्या १ लाख १३ हजार ८ सय ३७ पुग्यो । त्यस्तै, गत आर्थिक वर्ष २०८२÷८३ मा सेवाग्राहीको संख्या बढेर १ लाख १५ हजार ३ सय ८ पुगेको हो ।
प्रदेश अस्पताल लमजुङमा गत आवमा ल्यापोस्कोपी सेवा, नाक, कान, घाँटी, छालाको रोग तथा शव बाहन सेवा सुचारु गरिएको हो भने अघिल्लो आवमा थालिएका सघन उपचार कक्ष (आइसियु) सेवा पनि निरन्तर रहेको अस्पतालका प्रशासन प्रमुख प्रमिला ढकालले जानकारी दिनुभयो ।
प्रदेश अस्पताल लमजुङमा हाल ८४ शैयाहरू सञ्चालनमा छन् । अस्पतालले विशेषज्ञ सेवाको विस्तार, दक्ष जनशक्तिको परिचालन तथा आवश्यक स्वास्थ्य उपकरणको प्रयोगसँगै सेवाको गुणस्तर सुधार गर्दै आएको छ ।
अस्पतालबाट पछिल्ला वर्षहरूमा सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र गुणस्तरीय बनाउँदै लगेको हुँदा सेवाग्राहीको विश्वास निरन्तर बढिरहेको अस्पतालका प्रमुख मेसु शिशिर देवकोटाले बताउनुभयो । उहाँका अनुसार आगामी दिनमा विशेषज्ञ सेवा विस्तार, अत्याधुनिक स्वास्थ्य उपकरणको उपयोग तथा बिरामीमैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने लक्ष्यका साथ अस्पताल अघि बढिरहेको छ ।
डा. देवकोटाले भन्नुभयो, ‘अस्पतालमा उपलब्ध न्यून जनशक्ति, स्रोत साधनलाई अधिकत्तम उपयोग गरी स्वास्थ्य सेवाको पहुँच विस्तार, मातृ तथा शिशु स्वास्थ्य, आकस्मिक उपचार तथा विशेषज्ञ सेवामा निरन्तर सुधार गर्दै जिल्लावासीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल परिवार प्रतिबद्धता छ ।’

प्रकाशित मिति २०८३ श्रावण १६, शनिबार ०७:५१ गते
हजुरको प्रतिक्रिया