काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् अनुशासन समितिका संयोजक तारामान गुरुङ ८ दिनको हिरासत बसाई पछि रिहा भएका छन् । पूर्वराज्यमन्त्री समेत रहेका गुरुङ जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा ८ दिन हिरासत बसेर भदौ २६ गते छुटेका हुन् ।
‘गुरुङ बैंकिङ कसुरमा पक्राउ परेको र पीडितलाई रकम बुझाएर छुटेको’, परिसरका एसएसपी दिलिप घिमिरेले बताउनु भयो । उहाँका अनुसार तीन फरक व्यक्तिले उनीविरुद्ध उजुरी दिएका कारण गुरुङलाई भदौ १८ गते प्रहरीले पक्राउ गरेको थियो ।
दोर्जे शेर्पालाई ३३ लाख ५० हजार, सुनुर्पु शेपालाई २४ लाख र रिगुज्याम्पु शेर्पालाई १४ लाख रुपैयाँ तिरेर उनी रिहा भएको प्रहरी भनाइ छ ।
काठमाडौँका एसएसपी घिमिरेले भन्नुभयो– ‘भदौ १८ मा हामीले नियन्त्रणमा लिएका थियौँ, तिनु पर्ने रकम तिरेर मिलापत्र गरी उहाँ छुट्नुभएको छ ।’
गुरुङ कांग्रेसको अनुशासन समितिका संयोजक समेत हुन् ।
प्रकाशित मिति २०८३ भाद्र २८, आईतवार १५:५२ गते