लमजुङमा आयुर्वेद अस्पताल भवन निर्माण प्रकरण : शीर्षक छ, बजेट छैन

लमजुङमा आयुर्वेद अस्पताल भवन निर्माण प्रकरण : शीर्षक छ, बजेट छैन

नवराज पहाडी

@antaranganews

२०८० भदौ १२ गते मङ्गलबार ०७:०६

लमजुङ जस्तो जडिबुटीको खानी भएको जिल्लामा आयुर्वेद चिकित्सा पद्दतिको प्रसस्त सम्भावना छ तर सरकारको काम गराईमा कैफियत देखियो । ‘कस्का कारणले यस्तो गरिएको हो, त्यो व्यक्ति कारवाहीको भागिदार हुनुपर्छ, जिल्लाबासीको भाग्य र भविष्यमा यसरी खेलबाड गर्न पाइन्न’ दनाईले कडा शब्दमा बताउनु भयो ।

नीति निर्माताहरूको आयुर्वेद चिकित्सा पद्दतिप्रतिको दृष्टिकोण उदाङ्ग

बसीशहर– लमजुङमा आयुर्वेद अस्पताल निर्माणका लागि चालु आव २०८०/८१ मा बजेट शीर्षक राखेर पनि बजेट भने विनियोजन नगरिएको रहस्य खुल्न आएको छ । जिल्ला सदरमुकाम बेसीशहर नगरपालिका– ३ को रानीकुवामा अस्पताल भवन निर्माणका लागि बजेट बिनाको शीर्षक राखेर गण्डकी प्रदेश सरकारले लमजुङबासीको आँखामा छारो हाल्ने काम गरेको रहस्य खुलेको हो ।
गत आवमा लमजुङमा १५ शैयाको आयुर्वेद अस्पताल भवन निर्माणका लागि एक करोड बजेट छुट्याइएको थियो । सुरुका दिनमा आयुर्वेद स्वास्थ्य केन्द्रका नाममा विनियोज गरिएको सो बजेट पछि रकमान्तर गरेर भौतिक पूर्वाधार विकास कार्यालयमा सारियो । सो बजेटबाट डिपिआर निर्माणका लागि २२ लाख खर्च समेत गरियो । एक करोड मध्येको बाँकी रकमको भवन निर्माणका लागि टेण्डर गर्नु पर्नेमा गत आवमा भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुखले अनेक बहानाबाजी गरी टेण्डर जारी गरिदिएनन् । उनको गलत नियतका कारण त्यो बजेट ल्याप्स हुन गयो जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको व्यवस्थापन समितिका अध्यक्ष भूपाल दनाई बताउनु भयो । उहाँका अनुसार पूर्वाधार विकास कार्यालयका प्रमुखको गलत नियतका कारणले गत आर्थिक वर्षमा हुनु पर्ने काम हुन नसकेको हो । उहाँले भन्नुभयो, ‘तर यो वर्ष भने बजेट नै राखिएन छ । यसमा पनि प्रदेशको बजेट बनाउने मानिसहरूको कैफियत भएको बुझिन्छ ।’ यस घट्नाले नीति निर्माताहरूको आयुर्वेद चिकित्सा पद्दतिप्रतिको दृष्टिकोण उदाङ्ग भएको छ ।
आफू इमान्दार मान्छे, बजेट आउछ, काम हुन्छ भनेपछि विश्वासमा परियो तर ऐले त बजेटको शीर्षक छ बजेट छैन, यस्तो अनौठो पो बेहोर्न पर्यो अध्यक्ष दनाईले भन्नुभयो । उहाँका अनुसार लमजुङ जस्तो जडिबुटीको खानी भएको जिल्लामा आयुर्वेद चिकित्सा पद्दतिको प्रसस्त सम्भावना छ तर सरकारको काम गराईमा कैफियत देखियो । ‘कस्का कारणले यस्तो गरिएको हो, त्यो व्यक्ति कारवाहीको भागिदार हुनुपर्छ, जिल्लाबासीको भाग्य र भविष्यमा यसरी खेलबाड गर्न पाइन्न’ दनाईले कडा शब्दमा बताउनु भयो ।
उहाँका अनुसार १५ शैयाको आयुर्वेद अस्पताल निर्माणका लागि तयार गरिएको डिपिआर अनुसार चार करोड ८७ लाख खर्च हुने देखिएको छ । उहाँले भन्नुभयो, ‘भवन निर्माणको शीर्षक हुनु र बजेट नहुनु भनेको अन्तिम चरणमा आएर गरिइको षडयन्त्र हो । त्यसको जवाफ सम्बन्धित निकायले लमजुङबासीलाई दिनु पर्छ ।’

प्रकाशित मिति २०८० भाद्र १२, मंगलवार १९:०६ गते
हजुरको प्रतिक्रिया