नारी हस्ताक्षर अञ्जना पौडेलको कृति ‘चरिमाई’ बारे अन्तरक्रिया

नारी हस्ताक्षर अञ्जना पौडेलको कृति ‘चरिमाई’ बारे अन्तरक्रिया

अन्तरङ्ग न्युज

@antaranganews

२०८० असोज २२ गते सोमबार ०६:२१

नुवाकोट धादिङ हुदै सिन्धुपाल्चोक घुम्न जाने क्रममा देखिएका सुनेका कुराहरूलाई गहिरो अनुसन्धान गरेर चरिमाई कृति तयार गरेको लेखिकाको भनाइ छ ।’

उपन्यासकार पौडेलको ‘चरिमाई’ चौथो कृति हो ।

गैंंडाकोट(नवलपुर)– नार हस्ताक्षर अञ्जना पौडेल लिखित उपन्यास ‘चरिमाई’का बारेमा अन्तरक्रिया गरिएको छ । नेपाली लेखक संघ चितवन शाखाको आयोजनामा यहाँ स्थित द नारायणी रिसोर्टमा एक कार्यक्रमका बिच अन्तरक्रिया असोज १९ गते गरिएको हो ।
उपन्यासकार पौडेलको यो चौथो कृति हो । कथा, कविता, गीत, हाईकु र मुक्तक जस्ता विधामा कलम चलाउदै आउनु भएकी पौडेलको उपन्यास भने पहिलो हो । जसद्वारा लिखित चरिमाई बजारमा आइसकेको छ ।
कार्यक्रममा शान्ति शर्मा र गणेश श्रमणले पुस्तक बारेमा समीक्षात्मक टिप्पणी गर्नु भएको थियो । यसैगरी, उदय अधिकारी, केदारनाथ खनाल, बालकृष्ण थपलिया, अनन्त ढुंगाना, सुरेन्द्र अस्तफल, धर्म सापकोटा राजुले पुस्तकमा समेटिएका विषयवस्तुका बारेमा प्रकाश पार्नु हुँदै लेखकप्रति जिज्ञासा समेत राख्नु भएको थियो ।
शान्ति शर्माले चरिमाई राणा कालदेखि नै चेलीबेटी प्रति गरिने दुर्व्यवहारको बारे व्याख्या गरिएको उल्लेख गर्नु भयो । शर्माले चरिमाई चेलिबेटी बेचबिखनबारे लेखिएको भन्दै प्रशंसा गर्नु भयो । उहाँले भन्नुभयो, ‘उपन्यासमा नारीहरू पटक पटक बेचिँदा भोग्नु परेको पिडाकाबारे व्याख्या गरिएको र अर्कोतिर आफ्नो सन्तानलाई पनि त्यहीँ पेसामा ल्याउनु परेको बाध्यताका विषय वस्तु समेत समेटिएकोले पठनीय छ ।’
वक्ता गणेश श्रमणले भन्नुभयो, ‘चरिमाई नारी चेतनामुलक उपन्यास हो । बेचिएकी नारीको जीवनचरित्रलाई सरल भाषामा उतार्न लेखक सफल भएको बताउँदै आफ्नै श्रीमती, छोरी चेली दिदीबहिनीलाई बेच्ने पुरुष पात्रको पनि व्याख्या गरिएको छ, हाम्रो समाजमा घटेका सत्य घटनालाई चरिमाई उपन्यासमा उतारिएको हुँदा पठनीय छ ।’
लेखक पौडेलले ‘नुवाकोट धादिङ हुदै सिन्धुपाल्चोक घुम्न जाने क्रममा देखिएका सुनेका कुराहरूलाई गहिरो अनुसन्धान गरेर चरिमाई कृति तयार गरेको बताउनु भयो ।’

प्रकाशित मिति २०८० आश्विन २२, सोमबार ०६:२१ गते
हजुरको प्रतिक्रिया