लमजुङ– यस जिल्लाको बुहचर्चित सहकारी गठी काण्ठमा मुछिएकाहरूको अनुसन्धानका लागि प्रहरीले चौथो पटक जिल्ला अदालतबाट पाँच दिनको म्याद थप पाएको छ । कालिका सकोसमा ठगी धन्दा चलाएको अभियोगमा पक्राउ परेका सञ्चालकको अनुसन्धानका लागि जिल्ला अदालतबाट मंसिर २९ गते चौथो पटक म्याद थप भएको हो ।
जिल्ला सदरमुकाम बेसीशहरमा केन्द्रीय कार्यालय रहेको कालिका बचत तथा ऋण सहकारी संस्था लि.(साकोस)का सञ्चालक विरुद्धको ठगी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका सञ्चालकहरूको म्याद चौथो पटक थप भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त ठगी काण्डमा पक्राउ पर्नेहरूमा उक्त सहकारीको ठगी काण्डमा सञ्चालक समितिका अध्यक्ष शिवराम सिलवाल, उपाध्यक्ष श्रीकृष्ण लामिछने, सचिव कृष्ण केसी, कोषाध्यक्ष मिलन शर्मा दनाई लगायत सात जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले मंसिर १० गते पक्राउ परेका ६ जनालाई पहिलो पटक पाँच दिनको अनुसन्धान म्याद पाएको थियो । सोही अभियोग लागेका तत्कालीन कालिका साकोसका अध्यक्ष मृगेन्द्र घिमिरे र उनकी पत्नी वितिना घिमिरे फरार रहेको प्रहरी भनाइ छ । यस्ता मुद्दामा प्रहरीले अनुसन्धानका लागि पक्राउ गरिएका व्यक्तिहरूलाई २५ दिन हिरासतमा राख्न पाउने कानुनी व्यवस्था छ ।
यतिबेला देशव्यापी रुपमा सहकारीको गठी धन्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
उनीहरूका विरुद्ध दोस्रो र तेस्रो पटक ७÷७ दिनको म्याद थप भएको थियो । सहकारीको नामको यो ठगी संगठीत रुपको भएको हुँदा प्रहरीले अनुसन्धान गर्न बाँकी रहेमा २५ दिनभन्दा बढीको म्याद पाउन सक्ने सम्भावना पनि उक्तिकै छ । चौथो पटक थप भएको म्याद समेत २४ दिन हुन्छ ।
कुनै कुनै सहकारीका सञ्चालक विरुद्ध संगठित अपराधको मुद्दा चलाइएको पाइएको हुँदा यहाँ पनि त्यस्तो हुन सक्ने सम्भावना बढी रहेकोछ । किनकि, यहाँ त शेयर सदस्य तथा बचतकर्तालाई ठगी गर्ने नियतले तीनवटा सहकारीलाई एक बनाइएको रहस्य समेत खुलेको छ । पक्राउ परेकाहरू कसैले पनि एकअर्कोलाई पोल्ने काम नगरेका कारण यो अपराधमा सबैको समान र नैतिक दायित्व हुने सम्भावना प्रवल रहेको कानुन व्यवसायी बताउँछन् ।
सो सहकारीमा भएका संगठीत ठगीका तथ्यहरू :
तत्कालीन कालिका, कर्पुरेश्वर र सम्पदा नामका सहकारी एकीकरण गरी हालको कालिका बनाइएको हो । एकीकरण गर्दाको सयमभन्दा एक आव अघिको लेखापरीक्षण प्रतिवेदनका आधारमा एकीकरण गर्नु, ती सहकारीले गरेको भनेको ऋण लगानी ८० प्रतिशत भाका नाघर खराबकर्तामा परिणत भएको अवस्थामा एकीकरण गर्नु, आफू र आफ्नालाई बिना धितो र बिना व्याज ऋण लगानी गर्नु, केही व्यक्तिलाई भने १६ प्रतिशतभन्दा बढी व्याज लिन नपाउने सहकारीको नियमका विपरित १७÷१८ प्रतिशतमा ऋण लगानी गर्नु रहेको देखिन्छ ।
यसैगरी, हालको आर्थिक मन्दीले सबै क्षेत्र त्राहीमाम भएर आर्थिक कारोबार तथा गतिविधि ढप्प भएको बेलामा पनि कम मूल्यमा किनेको घडेरी किन्दा नै बढी मूल्य देखाउनु र त्यसलाई पनि एकीकरण गर्दा दोब्बर बढाएर मूल्य कायम गर्नु मिलेमतोको गठी हैन भन्न सकिने आधार देखिदैन । भलै भोलि कानुनबाट सफाई पाउन सक्लान् तर सर्वसाधारण त्यसको पीडा भोग्नेहरुको त्यो अवश्य पनि बिर्सने छैनन् । त्यस्तै, नक्कली प्रतिवेदन बनाई शेयर सदस्यलाई बोनस खुवाउनु तर त्यो रकम ऐले उनीहरूबाट असुल्ने तानाबाना बुन्नु, एक वर्ष मात्र बोनस खाएकाहरूको शेयर रकम पनि बढी कट्टा गर्नु, सबै लगानी उठेमा सहकारी चार करोड नाफामा छ भन्ने त्यस्तै कथित प्रतिवेदन बनाई गुड्डी हाँक्दै हिड्नु तर शेयर सदस्यको शेयर कट्टा गर्नु, उक्त सहकारीको विवाद सतहमा आएपछि शेयर फिर्ता गर्नेहरुलाई भने शतप्रतिशत रकम फिर्ता गर्नु, हिजोका दिनमा तीन सहकारीमा जो जो हर्ताकर्ता थिए एकीकरण पछि पनि उनीहरूनै सञ्चालकमा बसेर मोजमस्ती गर्नु लगायतका गतिविधिले सञ्चालकहरू ठगी काण्डबाट मुक्त हुने अवस्था नरहेको कानुनव्यवसायीहरूले बताएका छन् ।
भागेर अनुसन्धानमा बाधा :
खास गरी यतिबेला उक्त कालिका साकोसको साविकका अध्यक्ष मृगेन्द्र घिमिरे दम्पत्ती फरार भएर अनुसन्धानमा असहयोग गरेको समेत आरोप लाग्न थालेको छ एकातिर भने अर्कोतिर ‘सबै बदमासी गरेर खाने मान्छेहरू त उही हो नि ! हामी त नखाएकोले भागेनौं तर दुःख पाइयो ।’ भन्ने हौवा पिटाउने गरिएको छ ।
तर यहाँ बिर्सन नहुने कटु सत्य तथ्य के हो भने बदमाससँग मिल्ने र सँगसँगै कारोबार गर्नेहरू कसरी शुद्ध हुन सक्छन् ?
हिरासत कैदमा परिणत हुने :
नेपालको पछिल्लो कानुनले प्रहरी कष्टडीमा बस्दाका दिनलाई पनि भोलिका दिनमा सो मुद्दाको अन्तिम किनारा लाग्दा कैद तोकिएको खण्डमा आज हिरासतमा बसेका दिन बराबरको कैद ठेकिएकोमा कट्टा हुने व्यवस्था गरेको कानुन व्यवसायीले बताएका छन् । उनीहरूका अनुसार यसैले सिधैं जेल बस्नु भन्दा त आज प्रहरीकोमा बस्नु नै बेस देखिन्छ ।
प्रकाशित मिति २०८० मंसिर ३०, शनिबार ०४:५४ गते