पाउँदीबजार(लमजुङ) । यहाँ स्थित कर्मदा सिर्जना मञ्च नेपालको मञ्चमा आफ्ना सिर्जनाका साथमा स्रष्टाहरु रमाएका छन् । मञ्चको आयोजनामा भौतिक उपस्थितिमा गरिएकको ३५ औँ कवि गोष्ठीमा पुस ७ गते रमएका हुन् ।
लमजुङ प्रवेशद्वार पाउँदीबजार स्थित मस्र्याङ्दी आधारभूत विद्यालयमा आयोजित रचना बाचन कार्यक्रममा सघन र व्यापक उपस्थितिमा स्रष्टाहरूले आपसमा आफ्ना सिर्जना सुनाएर समाउने काम गरेका हुन् । सो अवसरमा शात्रीय छन्द कविता, छन्द मुक्त कविता, लोकछन्द, खोरिया, चारु, गजल, मुक्तक रोचक ढंगबाट स्रष्टाहरूले प्रस्तुत गरेका थिए । रचनाहरू राष्ट्भक्ति भावले ओतप्रोत भएका, जनचेतना मूलक तथा समाजिक विकृति विरुद्ध प्रहार गरिएका थिए ।
सो अवसरमा कविहरु गोविन्दबहादुर कुँवर, जगदीश्वर पोखरेल, वासुदेव थापा, विष्णुभक्त अधीकारी, मिनप्रसाद ढकाल, नारायणप्रसाद ढकाल, भद्रकाली पोखरेल, शारदा विसुराल, रामप्रसाद गुरुङ, लक्ष्मीप्रसाद मिश्र, तीर्थराज अधिकारी, रामबहादुर रानाभट, प्रकाशचन्द्र पोखरेल, युवराज खनाललगायतले रचना बाचन गर्नुभएको थियो ।
सो अवसरमा प्रमुख आमन्त्रित साहित्यकार जगदीश्वर पोखरेलले १५ वटा कृति एकै पटक लोकर्पाण गराएर नयाँ कीर्तिमान राख्नु भएकोमा बधाई तथा शुभकामना प्रदान गरिएको थियो । साहित्यकार पोखरेलले कर्मदा सिर्जना मञ्च नेपालले भावमञ्जरी, सुन्दर देश नेपाल, सारङ्गीको धुन र पाउँदीका गीत कृति प्रकाशित गरिदिएकोमा आभार व्यक्त गर्नु भयो । उहाँले यो सम्मान लमजुङको माटोलाई सुम्पिएको भन्दै आफ्नो सिर्जना अवश्य पनि लमजुङको माटोले मूल्याङकन गर्नेछ भन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रममा इन्द्रराज पाण्डे, शिवकुमनार पोखरेल, केशवप्रसाद पोखरेल, टंकराज पोखरेल, भूमिनन्दन तिमल्सेना, विष्णुप्रसाद पोखरेल, नानीमाय पोखरेल, विष्णु पोखरेल, विष्णुप्रसाद पौडेल, मोहनदेव लुइँटेल लगायतको उपस्थिति थियो ।
रचनावाचन कार्यक्रमका अध्यक्ष जगदीश्वर पोखरेलले स्रष्टाको गरिमामय उपस्थितिप्रति कृतज्ञता व्यक्त गर्दै र धन्यवाद दिनुभएको थियो । मञ्चका वरिष्ठ उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्रले कर्मदाको आर्थिक तथा साहित्यिक गतिविधि प्रस्तुत गर्नु भएको कार्यक्रममा सचिव रामप्रसाद गुरुङले स्वागत मन्तव्य तथा सहसचिव युवराज खनालले सञ्चालन गर्नुभएको थियो ।
प्रकाशित मिति २०८० पुष ९, सोमबार ०७:३२ गते