सहकारी ठगी : पूर्वअध्यक्ष भट्टराई र गैरसदस्य अधिकारी पुर्पक्षका लागि कारागार चलान

सहकारी ठगी : पूर्वअध्यक्ष भट्टराई र गैरसदस्य अधिकारी पुर्पक्षका लागि कारागार चलान

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ जेठ ३१ गते बिहिबार ०६:२५

पूर्वअध्यक्ष भट्टराईले सहकारीको ३ करोड ६० लाख ७८ हजार रुपैयाँको सम्पत्ति तथा बचतकर्ताको रकम हिनामिना गरेको वित्तीय छानबिन प्रतिवेदन र प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

सरकारी वकिलको कार्यालयले वित्तीय अनुसन्धान र प्रहरी छानबिन प्रतिवेदन भन्दा १० करोड घटाएर जम्मा २१ करोड बिगो माग दावी गरेर मुद्दा दायर

पोखरा– मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको बचत तथा सम्पत्ति हिनामिना एवम् ठगी गरेको कसुरमा महिनौंदेखि फरार रहेका पूर्वअध्यक्ष भरत भट्टराई र गैर सदस्य सुवास अधिकारी कास्की जिल्ला अदालतको आदेशबाट पुर्पक्षका लागि जेठ २९ गते कारागार चलान भएका छन् ।
कास्की प्रहरीले जेठ २७ गते कसुर अभियोग बमोजिम सजायको लागि अदालत समक्ष पेश गरेकोमा थुनछेक बहस पछि पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको हो । उनीहरूले महिनौंदेखि फरार रहेका पोखरा महानगरपालिका– २१ कृस्ती बस्ने वर्ष ३० का भट्टराई र सोही ठाउँ बस्ने वर्ष २८ का अधिकारीलाई वडा प्रहरी कार्यालय गगनगौंडाको टोलीले कोत्रेबाट जेठ २५ गते पक्राउ गरेको थियो । जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको एकल ईजलाशले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
थुनछेक बहसका बेलामा पीडितहरूलाई अदालतले इजलासकक्षमा बस्ने व्यवस्था मिलाइएको थियो । मित्र मिलन सहकारी बचत पीडित संघर्ष समितिका संयोजक सूर्य पोखरेलले भन्नुभयो– ‘आज इजलासमा पीडितहरुलाई न्यायाधीश चन्द्रकान्त पौडेलज्यूले गर्नुभएको व्यवहारप्रति हामी सारै खुशी छौं । उहाँले पीडितहरूलाई ईजलाशमा बस्ने वातावरण बनाई दिनुका साथै आफ्नो पीडा र भनाई पनि राख्ने मौंका दिनुभएकोमा उहाँप्रति हामी आभारी छौं ।’
पूर्वअध्यक्ष भट्टराईले सहकारीको ३ करोड ६० लाख ७८ हजार रुपैयाँको सम्पत्ति तथा बचतकर्ताको रकम हिनामिना गरेको वित्तीय छानबिन प्रतिवेदन र प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
वित्तीय अनुसन्धानका क्रममा सहकारीको २६ करोड ८३ लाख रुपैयाँ हिनामिना भएको देखिएको थियो । प्रहरी कार्यालयले ३१ करोड विगो दावीसहित सहकारी ऐन, २०४७ को दफा १२२ बमोजिम सहकारी कसूर मुद्दामा थप कारवाही गर्न अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर, सरकारी वकिलको कार्यालयले वित्तीय अनुसन्धान र प्रहरी छानबिन प्रतिवेदन भन्दा १० करोड घटाएर जम्मा २१ करोड बिगो माग दावी गरेर मुद्दा दायर गरेको थियो ।
‘आज इजलासमा पीडितहरूलाई न्यायाधीश चन्द्रकान्त पौडेलले गर्नुभएको व्यवहारप्रति हामी सारै खुशी छौं । उहाँले पीडितहरूलाई ईजलाशमा बस्ने वातावरण बनाई दिनुका साथै आफ्नो पीडा र भनाई पनि राख्ने मौंका दिनुभएकोमा उहाँप्रति हामी आभारी छौं ।’– मित्र मिलन सहकारी बचत पीडित संघर्ष समितिका संयोजक सूर्य पोखरेलले बताउनु भयो । उहाँका अनुसार सुवासले पोखरा– २१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदीसँग मिलेर चर्को मिटर ब्याजमा रकम सहकारीलाई खोजिदिए वापत ४० लाख रुपैयाँ कमिशन स्वरुप लिएको वित्तीय छानबिन प्रतिवेदन र प्रहरी अनुसन्धानबाट देखिएको थियो ।

प्रकाशित मिति २०८१ जेष्ठ ३१, बिहीबार ०६:२५ गते
हजुरको प्रतिक्रिया