पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान

पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ असार ३१ गते आईतबार १०:१४

संगीतका २४ विधा र फिल्मका सात विधा गरि जम्मा ३१ विधामा अवार्ड प्रदान गरिएको कार्यक्रमका संयोजक सुरज पौडेलले ०७९ सालको अवार्ड अहिले गरिएको र अबको बर्षबाट अवार्ड कार्यक्रम निरन्तर गर्ने बताउनुभयो ।

संगीतका २४ विधा र फिल्मका सात विधा गरि जम्मा ३१ विधामा सो अवसरमा अवार्ड प्रदान गरिएको थियो ।

काठमाडौं– पत्रकार गीता अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करणमा पत्रकार गीता अधिकारीलाई पुरस्कारबाट असार ३० गते सम्मान गरिएको हो ।
यहाँ आयोजना भएको अवार्डको विशेष समारोहमा पत्रकार अधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान गर्नुभएको हो । सो पुरस्कारको नगद राशीसहित उहाँलाई सम्मान गरिएको हो ।
अधिकारीले विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा उहाँले पु¥याएको योगदानको मूल्यांकन गर्दै सम्मान गरिएको आयोजकको भनाइ छ । पछिल्लो समय हिमालय टाइम्स दैनिकमा कार्यरत अधिकारी मिलाप मासिकको कार्यकारी सम्पादक र मिलाप फाउण्डेशनको अध्यक्ष समेत हुनुहुन्छ । उहाँको केही समयअघि ‘मैले पढेका ५१ पुस्तक’ पाठक माझ आएको छ ।
समारोहमा संगीतका २४ विधा र फिल्मका सात विधा गरि जम्मा ३१ विधामा अवार्ड प्रदान गरिएको थियो । सो क्रममा गीतकार बिबी थापालाइ नगद २५ हजार ५५५ सहित दीर्घ साधना सम्मान अर्पण गरिएको द्ध भने ‘अर्थपथ डटकम’का सञ्चालक तथा सम्पादक विष्णु तारुकेलाई राष्ट्रिय पत्रकारिता सम्मान गरिएको थियो ।
सो अवसरमा सम्मानित हुनुहुने अन्यमा कलाकार पवनप्रसाद खतिवडा, साहित्यकार सृजना अर्याल, समाजसेवी तथा कवि शोबित उप्रेती, गायक हिमाल श्रेष्ठ, कलाकार तथा टेलिसिरियलका निर्देशक नेत्र राउत समेत हुनुहुन्छ ।
सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनमा भएको कार्यक्रममा २०७९ सालमा प्रदर्शनमा आएका चलचित्र र गीत संगीत समाबेश गरेर सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिएको थियो ।
सम्मान अर्पण पछि कार्यक्रमका प्रमुखअतिथि रहनु भएका पूर्वउपप्रधानमन्त्री पोखरेलले ‘देशको रक्षा आज सबैभन्दा ठूलो कर्तव्य हो ।’ भन्नु हुँदै नेपाली कला र संस्कृतिको संरक्षणमा कलाकारहरूको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । ‘समाज रूपान्तरणमा पत्रकार र कलाकारको अतुलनीय भूमिका हुन्छ । नेपाली भाषा, धर्म र संस्कृति र पहिचान जोगाउनु आजको आवश्यता हो,’ भन्नेमा जोड दिदै पोखरेलले भन्नुभयो, ‘म सम्पूर्ण कलाकर्मी साथीहरूलाई भन्न चाहन्छु ।’
कार्यक्रम संयोजक सुरज पौडेलले ०७९ सालको अवार्ड अहिले गरिएको र अबको बर्षबाट अवार्ड कार्यक्रम निरन्तर गर्ने बताउनुभयो ।
अवार्डको जुरीमा संगीतकार राजु सिंह, पत्रकार अशेष अधिकारी कलाकार, चन्द्र लामा, गीतकार भीष्मराज फुलारा, मोडल उत्साह घिमिरे लगायत रहनुभएको थियो ।

सो कार्यक्रममा प्रवीण किराती निर्देशक रहनु भएको थियो भने सञ्चालन रघुनाथ सापकोटाले गर्नुभएको थियो ।

– गीता अधिकारीको सहयोगमा ।

प्रकाशित मिति २०८१ असार ३०, आईतवार २२:१४ गते
हजुरको प्रतिक्रिया