राष्ट्रिय स्वतन्त्र पार्टीको विरोध प्रदर्शन तेस्रो दिन पनि जारी

राष्ट्रिय स्वतन्त्र पार्टीको विरोध प्रदर्शन तेस्रो दिन पनि जारी

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ कार्तिक ६ गते मङ्गलबार ०६:१६

रवि विरुद्धको अभियोग जिल्ला अदालत कास्कीमा पेश गरिदा पक्राउ परेका दिनदेखि लागू हुने गरी ६ दिनका लागि हिरासतमा राख्ने अनुमति प्रहरीले पाएको छ । सो म्याद कार्तिक ७ गते सकिदैछ ।

रास्वपाका कार्यकर्ताले पृथ्वीचोकदेखि नयाँबजार, महेन्द्रपुल रुट हुँदै विरोध प्रदर्शन गरेका हुन् ।

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा थालेको विरोध प्रदर्शन जारी रहेको छ । यहाँ कार्तिक ३ गतेदेखि थालिएको विरोध प्रदर्शन आज तेस्रो दिन ५ गते पनि जारी रह्यो ।
देशका विभिन्न भागबाट यहाँ आएका रास्वपाका नेता तथा कार्यकर्ताहरूले ५ गते पनि प्रदर्शन जारी राखेका हुन् । प्रदर्शनमा सहभागीहरूले ‘सहकारी पीडितलाई न्याय दे’, ‘माफियाहरूलाई कारबाही गर’, रवि दाई हाई हई, नडराउ रवि दाई जनता तिम्रो साथमा छ, ‘भ्रष्ट सरकार मुर्दावाद’ लगायतका नारा लगाएका छन् ।
रास्वपाका कार्यकर्ताले पृथ्वीचोकदेखि नयाँबजार, महेन्द्रपुल रुट हुँदै विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले शान्तिपूर्ण प्रदर्शन गरे पनि प्रहरी हस्तक्षेपले केही क्षण तनाबको स्थिति उत्पन्न भएको थियो । उक्त प्रदर्शनका कारण यहाँको यातयात स्थिति भने प्रभावित भएको थियो ।
प्रहरीले सो पार्टीका सभापति रवि लामिछानेलाई कार्तिक २ गते काठमाडौंबाट पक्राउ गरी यहाँ ल्याइएकोहो । उहाँका विरुद्धको अभियोग जिल्ला अदालत कास्कीमा पेश गरिदा पक्राउ परेका दिनदेखि लागू हुने गरी ६ दिनका लागि हिरासतमा राख्ने अनुमति प्रहरीले पाएको छ । सो म्याद कार्तिक ७ गते सकिदैछ ।

विरोध प्रदर्शन रवि लामिछानेको निर्वाचन क्षेत्र चितवन– २ मा पनि जारी रहेको छ ।

प्रकाशित मिति २०८१ कार्तिक ६, मंगलवार ०६:१६ गते
हजुरको प्रतिक्रिया