दमौली– लमजुङका उपज गुरुङ फिल्मका कान्छा निर्देशक कमलबहादुर गुरुङ तनहुँमा सम्मानित हुनु भएको छ । तमु विद्यार्थी छोंज धिंद्वारा आफ्नो १२ औं राष्ट्रिय महाधिवेशनका अवसरमा यहाँ आयोजित विशेष समारोहका बीच २८ वर्षीय उहाँलाई कार्तिक २४ गते सम्मान गरिएको हो ।
नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले निर्देशक गुरुङलाई सम्मानपत्र हस्तान्तरण गर्दै सम्मान गर्नु भएको हो । गुरुङ समुदायको साँस्कृतिक कला, नृत्य, गीतसंगित तथा चलचित्रमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै उनलाई तमु श्रष्टा सम्मान विधा अन्तर्गत सम्मान गरिएको आयोजकको भनाइ छ ।
लमजुङको क्व्होलासोथार गाउँपालिका– ४, भुजुङका कमल अहिले गुरुङ फिल्मका निर्देशकका रुपमा पहिचान बनाउन सफल हुनुहुन्छ । अर्को शब्दमा भन्नुपर्दा आफ्नो मातृभाषका गुरुङ गीत÷संगीतका व्यस्त कलाकार र निर्देशकसमेत हुनुहुन्छ– कमल । उच्च शिक्षाका लागि २०६८ मा उच्च शिक्षाका लागि लमजुङको जिल्ला सदरमुकाम बेसीशहर झर्नु भएका उहाँ स्थानीय नवज्योति सांस्कृतिक कला केन्द्रमा आबद्ध भएर उहाँले कलाकारिता र निर्देशकीय यात्रा सुरु भएको हो । जसले दुई दशक टेकिरहेको छ । उहाँले यसवर्षमात्रै गुरुङ फिल्म ‘ङोल्स्यो रानी’ (सोल्टिनी रानी) निर्देशन गर्नु भएको छ ।
सुरुका दिनमा आफ्नै जन्मस्थल भुजुङमा निर्माण गरिएको फिल्म ‘मारय ट’ (सुनको फूल) हुँदै ‘म्ले क्यु’ (बिर्साउने पानी), ‘मारक्यु’ (सुनपानी) मा आबद्ध भएर काम गरे । गुरुङ फिल्ममा मनोज गुरुङ र माओत्से गुरुङसँग जोडिएपछि उहाँले यस क्षेत्रबारे अझ बढी बुझ्ने मौका पाएको उहाँले जानकारी दिनु भएको छ ।
गुरुङ समाज, समुदाय, चालचलन, रहनसहन, चार्डपर्व, संस्कृति राम्रोसँग बुझ्न थालेका उनले धेरैवटा गाउँको चिनारी म्युजिक भिडियो निर्देशन गरेर पर्यटन प्रवर्द्धनमा समेत टेवा पु¥याउने काम गरिआउनु भएको छ ।
व्यक्तित्व :
वि.स. २०५३ सालको साउन १२ गते बाबा मेजबहादुर गुरुङ र आमा करबिनदेवी गुरुङ (खारबिनी)का सुपुत्रका रुपमा जन्मिनु भएका कमलबहादुर गुरुङलाई गुरुङ संस्कार संस्कृतिले धनी गाउँ भुजुङले यो सीप दिएको हो भन्दा अतिशयोक्ति नहोला । भुजुङ त्यस्तो गाउँ हो, जहाँ असार महिना बाहेक प्रायः सबै महिनामा सानोतिनो सांगीतिक एंवम साँस्कृतिक कार्यक्रमहरू भइरहन्छ । सानैबाट साँस्कृतिक माहोलमा हुर्कनै अवसर पाएका कमलको रुचि सानैदेखि त्यसतर्फ गयो । उहाँ भन्नुहुन्छ, ‘आमा– बाबाको खुशी फर्काउने छिटो सजिलो माध्यम नृत्यनै देखें र यसमै लागें ।’ गाउँमा सानैबाट नाँंचमा उत्साहपूर्वक भाग लिने कमलले नृत्यको औपचारिक कक्षा नव ज्योति साँस्कृतिक कला केन्द्र बेसीशहरमा गुरु ध्वज गुरुङबाट २०६८ साल असारबाट लिएको सुनाउँदै त्यसैबाट विभिन्न मेला महोत्सव चाडपर्वहरूमा नाँच्दै नाचाउँदै यही क्षेत्रमा होमिएको उहाँले सम्मान ग्रहण गरको खुशीको क्षणमा स्मरण गर्नु भयो ।
आफ्नो जीवनको लक्ष्य नै पढाइ र आमाको खुशी हेर्ने बनाउनु भएका कमलले पढाइ र नृत्यलाई संगै लाने निर्णय गरें । बेसीशहरमा मनाङ्गे चौतारा युवा क्लब र भुजुङ समाज बेसीशहरको हरेक कार्यक्रममा नृत्यको जिम्मा मैले लिनुभयो । गाउँमा हुने क्लबको हरेक कार्यक्रमहरू वैशाख पुर्णिमा, दशैं, तिहार, ल्होसार, शिवरात्री लगायत बिहे भोजभतेर पुटपुटे जस्ता साँस्कृतिक कार्यक्रमहरूमा आफू र आफ्ना साथीहरूको जिम्मा लिने गर्नु हुन्थ्यो ।
आफ्नो त्यही सक्रियताले भुजुङमा धेरै कलाकारहरूको पनि जन्म भएको समेत कमलले गर्वका साथ उल्लेख गर्नुभयो । ल्होसारको बेला गाउँमा हुने वडास्तरीय नृत्य प्रतियोगिता र जिल्लाको नृत्य प्रतियोगिताहरूमा सफलता पाउँदै गएँ । त्यसपछि र समाजमा मेरो योगदानहरूको चर्चा चुलिन थाल्यो । त्योसंगै मेरो आमाको मुहारमा पनि बिस्तारै हाँसोहरू फर्किन थाल्यो ।
तर पनि पढाइ र नृत्यमा मेहेनत जारी रादीरहें । मैले नृत्यमा मेहेनत गर्न लागेपछि घरमा आमासँग मेरो खर्चका लागि कहिल्यै पैसा माग्नु परेन । दुई वर्ष पछि ०७१ सालमा +२ सकियो । ब्याचलर सरहरुकै जोडबलमा बेसीशहरकै मर्स्याङ्दी बहुमुखी क्याम्पसमा जोइन गरे । विद्यार्थी संख्या थोरै भएको भन्दै क्याम्पस प्रशासनले एक महिना भन्दा बढी पढाएनन । ब्याचलर प्रथम वर्ष अंग्रेजी विषयको ट्युसन पढ्न पोखरातर्फ लागें । त्यसैबेला मेरो गाउँको समाज ‘भुजुङ युम्पो तमु समाज पोखरा’का पदाधिकारीहरूसंग चिनजान हुने मौका भियो ।
२०७२ सालको ल्होसारमा तमु प्येल्हुसंघ केन्द्रीय युवा समितिले हरेक वर्ष आयोजना गर्ने खुला सामुहिक नृत्य प्रतियोगितामा समाजबाट लैजान नृत्य प्रशिक्षणका लागि क्लबको अध्यक्ष हर्कले मलाई आग्रह गर्नुभयो । सुरुमा म अल्मलिएं पोखरा जस्तो देशकै कला क्षेत्रको उर्वरभूमिमा त्यो जिम्मेवारी पुरा गर्न सक्दिन कि ? जस्तो पनि लाग्यो तर पनि उहाँले मलाई नै विश्वास गरेपछि मैले गर्नु पर्छ भनेर पोखरा गए । मान्छेलाई अवसर पटकपटक आउदैन एकचोटी आउँछ । मेरो लागि यो ठूलो मेरो लागि त्यो अवसर र चुनौती दुवै थियो । नृत्य प्रतियोगितामा विभिन्न समाजहरूबाट १२ टिमले भाग लिएँ । जसमा दर्शक दीर्घादेखि निर्णायक मण्डलसम्मको मन जित्दै भुजुङ समाज पहिलो हुन सफल भयो । यसपछि लगातार तीन वर्ष मेरो प्रशिक्षणले समाजलाई उक्त नृत्य प्रतियोगिता जिताउदै ह्याट्रिक पूरा गराएँं । सिक्लेस गाउँको एतिहासिक माघे सक्रान्ति मेलामा हुने नृत्य प्रतियोगितामा पनि लगातार तीन वर्ष समाजलाई जिताउन सकें ।
प्रत्येक प्रतियोगिता जितिसकेपछि बेलुका आत्मसमीक्षा गर्थें र अर्को वर्षको लागि गीत छानेर कथाहरू बुन्न थाल्थे । भलै कलाकारको लागि उक्त प्रस्तुति केही महिना दिन र हेर्ने दर्शकको लागि एकछिनको कुरा हुन्थ्यो तर मेरो लागि त्यो नृत्य एक वर्षको तयारीको हुन्थ्यो । त्यो जीतले मलाई सिकाएको एउटा अर्को पाठ ‘मानिसलाई इज्जत कमाउन भन्दा जोगाउन गह्रो’ हुने रहेछ भन्ने व्यवहारिक रुपमै सिकें कमल बताउनु हुन्छ ।
ती जीतहरूले मेरो करियरमा निकै परिवर्तन ल्यायो । संगसंगै आमाको खुसी पनि । लुटिसकेको हराइसकेको खुसीहरू आमाको मुहारमा बोलीमा मैले पाउन थालें । आमाको सन्तोष्टि मेरा लागि थप प्रेरणा बन्न गएको छ ।
बेसीशहरमा पढाइ नभएपछि पढाई र नृत्यलाई निरन्तरता दिने हेतुले पोखरा गएँ पृथ्वीनारायण क्याम्पस र भद्रकाली मा.वि मा अध्ययन गरे । पोखरामा मेरो दिदी यु कुमारी र भेना महेन्द्रले मेरो संघर्षका दिनहरूलाई साथ, प्रेरणा र उर्जा भर्ने काम गरिदिनु भयो ।
सिकाइको यही क्रममा २०७३ सालमा हामीले गाउँमा गएर सामसुङ व्द्द mयदष्भि बाट सुर्के थैली भन्ने गीतको कभर भिडियो बनायौं र उक्त भिडियो फेसबुकमा पोष्ट गरें । धेरैबाट सकारात्मक प्रतिक्रियाहरू पाए, त्यसले पनि म थप हौसिए भन्ने स्मरण गर्दै कमलले भन्नुभयो, ‘नाँच्ने नचाउने क्रम जारी नै थियो । पोखरा आएपछि तमु प्ये ल्हु संघ र प्राचीन नेपालमा आवद्ध भएँ । जहाँ धेरै सिक्दै र सिकाउने मौका पनि मिल्यो । लबसन गुरुङ गुरुसंग धेरै म्युजिक भिडियोहरुमा ब्ककत गरेर अनुभव लिए । पछि तरेली साँस्कृतिक परिवारमा आवद्ध भएर कला क्षेत्रमा अघि बढे ।
चलचित्र तर्फको यात्रा :
वि.स. २०६८ साल कार्तिक १० गते बाट गुरुङ कथानक चलचित्र माँ भुजुङमा छायांकन भयो सोही चलचित्रबाट मेरो चलचित्रको यात्रा सुरु भएको हो । मराय ट पछि म्ले क्यु चलचित्रमा पनि मैले अवसर पाएँ । मलाई चलचित्र मा अवसर पाउनु भन्दा माउत्से गुरुङ गुरुसंग फिल्म खेल्न पाउँदा धेरै खुसी लाग्यो । म्ले क्यु चलचित्रबाट मैले चलचित्र सम्बन्धि धेरै ज्ञान लिन पाएँ । म्ले क्यु पछि चलचित्र मारक्यु खेले । यसरी प्रत्येक चलचित्रमा मैले फरक फरक भुमिका निभाएको उहाँले स्मरयण गर्नु भयो ।
चलचित्रले गर्दा आफ्नो समाज र समुदायको चालचलन, रहनसहन, चाडपर्व तथा धर्म संस्कृतिलाई नजिकबाट बुझ्ने मौका पाएको त्यो मेरो बौद्धिक सम्पत्ति हो भन्ने ठानेको छु उहाँ भन्नुहुन्छ ।
कला क्षेत्रबाटै दुई पल्ट हङकङ पुगें, भारत पुगें, देशको धेरै ठाँउ पुगें । बहिरबाट देखे जस्तो कला क्षेत्रमा रमाइलो मात्र छैन यसमा पनि धेरै उतारचढावहरू आउँदा रहेछन् । कला क्षेत्रमा चिसो भुइँदेखि हजारौं पर्ने होटेलको लकजरी पलङमा पनि सुतेको अनुभवका तितामिठा पलहरू भोगेको छु । यी भोगाईले मलाइ जिन्दगीको धेरै पाठहरू पढार निखार्ने तिखार्ने काम गरेको रुपमा लिएको छु कमलले सगर्व सुनाउनु भयो ।
आठौं नेश्नल क्यापिटल अवार्ड २०७८ मा बेष्ट कोरियोग्राफरको अवार्ड जित्न सफल हुनु भएका कमलले रारा नेश्नल म्युजिक अवार्ड २०७९ मा बेष्ट डान्स डाइरेक्टर साथै नेश्नल म्युजिक अवार्ड २०८० मा बेष्ट कोरियोग्राफरको अवार्ड जित्न कमल सफल हुनु भएको छ ।
गहिरो चिन्तन, दृढ संकल्प, लगन अनि कडा मेहनतबाट आर्जित प्रतिफलको व्यक्तित्व हो– निर्देशक कमलबहादुर गुरुङ भन्दा अतिशयोक्ति हुँदैन । कमलका पाइलाहरू यसरी नै कोमलको फूलझैं फक्रिने र मगमाउने गरिरहनु हाम्रोतर्फबाट मुरीमुरी बधाई र शु्भकामना !
प्रकाशित मिति २०८१ कार्तिक २६, सोमबार १८:२५ गते