तेश्रो राष्ट्रिय लेखक दिवसका अवसरमा काव्य गोष्ठी

तेश्रो राष्ट्रिय लेखक दिवसका अवसरमा काव्य गोष्ठी

अन्तरङ्ग न्युज

@antaranganews

२०८२ बैशाख २१ गते आईतबार १२:०९

लेखकीय स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र चेतनाको विजारोपण भएको उक्त दिनलाई आधार मानेर नै वैशाख १६ लाई रोजिएको पृष्ठभूमि बताउंदै आउँदा अहिले मुलुकका अधिकांश सहरहरूमा नेपाली लेखक संघको अगुवाइमा यो दिवस मनाउंदै गरिएकोमा खुसी व्यक्त गर्नु भयो ।

प्रमुख अतिथि श्रेष्ठले नेपाली भाषा साहित्यको इतिहासमा लाइब्रेरी पर्वका रूपमा विक्रम सम्बत १९८७ को घटनाको स्मरण गर्नु भएको थियो ।

पोखरा– नेपाली लेखक सङ्घ, गण्डकी प्रदेश कमिटी र कास्की जिल्ला शाखाको संयुक्त आयोजना तेश्रो राष्ट्रिय लेखक दिवसका अवसरमा पोखरामा काव्य गोष्ठी सम्पन्न भएको छ । उक्त समारोहको प्रमुख आमन्त्रित व्यक्तित्वमा नेपाली लेखक संघका निवर्तमान अध्यक्ष साहित्यकार तीर्थ श्रेष्ठको प्रमुख आतिथ्यतामा वैशाख १६ गते भएको हो ।
कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व साहित्यकार तीर्थ श्रेष्ठले नेपाली लेखक संघको अगुवाइमा मनाउन शुरु गरिएको राष्ट्रिय लेखक दिवस र त्यससंग जोडिएर आएको राष्ट्रिय लेखक पुरस्कार अहिले प्रारम्भिक चरणमा रहँदै आएको भए पनि यसको ऐतिहासिक महत्व हुने धारणा व्यक्त गर्नु भयो । नेपाली भाषा साहित्यको इतिहासमा लाइब्रेरी पर्वका रूपमा विक्रम सम्बत १९८७ को घटना सन्दर्भ सुनाउंदै उहाँले त्यही लेखकीय स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र चेतनाको विजारोपण भएको उक्त दिनलाई आधार मानेर नै वैशाख १६ लाई रोजिएको पृष्ठभूमि बताउंदै आउँदा अहिले मुलुकका अधिकांश सहरहरूमा नेपाली लेखक संघको अगुवाइमा यो दिवस मनाउंदै गरिएकोमा खुसी व्यक्त गर्नु भयो ।
नेपाली लेखक संघको केन्द्रीय उपाध्यक्षसमेत रहेका कार्यक्रमका अध्यक्ष डा अधिकारीले लेखक दिवससंग जोडिएका थप सन्दर्भहरूको चर्चा सहित कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै रचना वाचन गर्नु भएको थियो ।
उक्त कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवारका कार्यवाहक अध्यक्ष साहित्यकार लक्ष्मण थापा, सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानका अध्यक्ष सुरज पौडेल, नेपाली लेखक संघका केन्द्रीय सदस्य अमृत, समानान्तर साहित्य मंचका अध्यक्ष विश्वराज रसाइली, विश्व अधिकारी, अव्यग्र अस्मित, वसन्त विनोद अधिकारी, निर्मल पौडेल, संजिता लम्साल, ढाकामोहन बराल, रोशन तिमिल्सिना, अमृता पोखरेल, डा भूमिराज बस्ताकोटी लगायतका कवि तथा साहित्यकारहरूले आआफ्ना रचना वाचन गरेका थिए ।
नेपाली लेखक सङ्घ, गण्डकी प्रदेश कमिटीका अध्यक्ष डा ईश्वरमणि अधिकारीको अध्यक्ष तथा नेपाली लेखक संघ कास्कीका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष कमल पौडेल अथकले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम कास्की कमिटिका सचिव प्रान्जलले सञ्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति २०८२ बैशाख २१, आईतवार १२:०९ गते
हजुरको प्रतिक्रिया