परिवारिक स्रोतका अनुसार पामचोकका सुशील थापाले दाङको घोराहीमा एलिसा (लोजिना)सँग विवाह गर्नु भएको थियो । विवाह गरेको करिब पाँच वर्ष भएको थियो । उनीहरूको प्रेमको उपलब्धिका रुपमा प्राप्तभ भएको चार वर्षीय छोरा संयोग पनि आमासँगै अस्ताएका छन् ।
दुर्घटनामा परेकाहरूका २० जनामध्ये १२ महिला र ४÷४ जना पुरुष र बालक थिए । जसमा एक महिला र बालक लमजुङका आमा छोरा रहेछन् । तर प्रहरीले सनाखतका क्रममा दुवै जनाको ठेगाना दाङको घोराही उपमहानगरपालिका– १५, रतनपुर उल्लेख गरेको थियो ।
बेसीशहर– सडक दुर्घटना दुःखद हुन्छ । रोल्पाको जलजलामा भएको बोलेरो जिप दुर्घटनाले निकै दुःखद् अवस्था बैशाख १७ गते सिर्जना गर्यो । सो जीपमा यात्रा गरेका एक जनाबाहेक १९ जना यात्रु र चालकसमेत २० जनाले ज्यान गुमाएको स्थानीय प्रहरी प्रशासनले पुष्टि गर्यो । सो घट्नाको सनाखतका क्रममा लमजुङका २ जना आमा– छोराले ज्यान गुमाएको १८ गते अबेर सार्वजनिक भएसँगै त्यो घट्नाको पीडाले लमजुङ पनि अछुत रहन सकेन । रोल्पाको त्यो पीडा लमजुङमा पनि बल्झिएको छ ।
प्रहरीले दुर्घटनामा परेकाहरूका २० जनामध्ये १२ महिला र ४÷४ जना पुरुष र बालक थिए । जसमा एक महिला र बालक लमजुङका आमा छोरा रहेछन् । प्रहरीले सनाखतका क्रममा दुवै जनाको ठेगाना दाङको घोराही उपमहानगरपालिका– १५, रतनपुर उल्लेख ग¥यो । किनकि, उनी माइती÷मावली पक्षसँगै घुम्न रुकुम– रोल्पा गएका थिए । वैशाख १३ गते माइतमा पूजा हुने भएकाले एलिसा थापा १२ गते नै छोरा लिएर लमजुङबाट माइत गएको खुल्न आयो ।
उता दुर्घटनामा पर्ने २० जनामध्ये एकै घरका ७ जना र अन्य ७ जना पनि उनीहरूकै आफन्त भएको समाचार सार्वजनिक भइसकेको थियो । त्यही सात जना आफन्तमा लमजुङका आमा छोरा पनि रहेछन् । दाङ घोराही– १५ का वडाध्यक्ष वीरेन्द्र बस्नेतका अनुसार मृतक युभा बिसीको माइतीतर्फ रतनपुरकी ५४ वर्षीया द्रौपदा जिसी, यमबहादुर जिसी, २५ वर्षीया एलिसा जिसी र ३२ वर्षीया तिला विष्ट जिसीको पनि ज्यान गएको छ । त्यस्तै एलिसाका छोरा संयोग जिसी तथा तिलाका सन्तान जेनिसा र जेनिस जिसीको दुर्घटनामा परी मृत्यु भएको समाचारमा उल्लेख भएको पाइयो ।
ती आमाछोरा एलिसा र संयोग लमजुङको मस्र्याङ्दी गाउँपालिका– ९, पामचोकका स्थायी बासिन्दा थिए । जसका कारण लमजुङमा पीडा माथि पीडा थपियो । एलिसा बेसीशहरस्थित मोडेल सिटी हस्पिटलमा अनमी थिइन् । त्यही क्रममा सो अस्पतालले आफ्नो कर्मचारीको निधन भएको भन्दै शोक विज्ञप्ति जारी गर्यो । मृतककी आफन्त पार्वती थापाले त्यस घट्नाको पुष्टि गर्नु भयो ।
रुकुमपूर्वबाट थवाङ गाउँपालिका– १ जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटना भएको थियो । सडकबाट करिब आठ सय मिटर तल खोचमा खसेको जिप दुर्घटनामा परेकाको १८ घण्टा वित्दासमेत उद्धार हुन सकेको थिएन । छंगाछुर भीर भएका कारण घट्ना स्थलमा पुग्न तीन सुरक्षा निकायलाई हम्मेहम्मे परेको थियो ।
तर एलिजाको नाम र उमेरले शंका उत्पन्न गराएको थियो । मोडेल सिटी हस्पिटलले आफ्नो कर्मचारी (अनमी) लोजिना जिसीको निधन भएको भन्दै शोक विज्ञप्ति जारी गरिसकेको थियो । सामाजिक सञ्जालमा उनको नाम लोजिना घर्ती रहेको छ । त्यो नाम उनको नागरिकता प्रमाणपत्रमा उल्लेख भएको हस्पिटलका अध्यक्ष ईश्वर श्रेष्ठ जोशीले बताउनु भयो । उहाँका अनुसार एलिसा भनेर चिनिने लोजिना जिसी भनेर उल्लेख गरिएको हो ।
परिवारिक स्रोतका अनुसार पामचोकका सुशील थापाले दाङको घोराहीमा एलिसा (लोजिना)सँग विवाह गर्नु भएको थियो । विवाह गरेको करिब पाँच वर्ष भएको थियो । उनीहरूको प्रेमको उपलब्धिका रुपमा प्राप्तभ भएको चार वर्षीय छोरा संयोग पनि आमासँगै अस्ताएका छन् । एलिसाका श्रीमान् सुशील थापा हाल इटालीमा वैदेशिक रोजगारीमा रहेको परिवारको भनाइ छ ।
थापाले आफ्नो सामाजिक सञ्जाल पेजमा श्रीमती र छोरासँगको तस्बिर सार्वजनिक गर्दै हृदयविदारक स्टाटस लेख्दै भन्नु भएको छ, ‘तिमीहरू बाहेक यो जिन्दगी शून्य छ । अर्को जुनी भयो भने फेरि प्रिय श्रीमती र छोरा भएर भेटुँला ।’
थापाले सार्वजनिक गरेका तस्बिरहरू पनि रंगीन नै छन् । न त उहाँका आफन्त र शुभेच्छुकहरूले नै ती तस्बिरहरूलाई श्याम–श्वेत बनाएका छन् । अतः यो पंक्तिकारलाई पनि त्यो हिम्मत आएन । त्यसका लागि ती स्वर्गीय आत्माहरू, उनीहरूमा परिवारजन तथा आफन्तहरू सबैसँग क्षमायाचना गर्दछौं ।
दिवंगत लमजुङका आमा– छोरासहित सबैप्रति भावपूर्ण श्रद्धाञ्जली ! शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ।
तस्बिर स्रोत ः सुशील थापाको फेसबुक पेज ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..