लमजुङका तीन कविको एकै मञ्चबाट २० कृति विमोचन

लमजुङका तीन कविको एकै मञ्चबाट २० कृति विमोचन

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ जेठ २५ गते मङ्गलबार ०८:३६

उक्त समारोहमा विमोचित कृतिहरुको प्राडा भागवत ढकाल, प्राडा विद्यानाथ नेपाल, प्राडा भवेश्वर पंज्ञेनी, डा. श्रीकृष्ण न्यौपाने, भोजराज न्यैपाने तथा विजयराज न्यौपानेले गम्भीर एवम् सटिक रुपमा समिक्षात्मक टिप्पणी गर्नुभएको थियो ।

१४ कृति र डौलिया/विष्णुका १/१ कृतिसहित २० कृतिलाई प्रमुख अतिथि आचार्यले विमोचन गर्नु हुँदै तोरी फुलेझैँ एकैसाथ निस्केका कृतिहरूको सटिक टिप्पणी गर्नु भयो ।

काठमाडौं– लमजुङका स्रष्टाहरुको एक साथ २० कृतिहरुको विमोचन गरिएको छ । प्रा. डा. जयराज आचार्यको प्रमुख आतिथ्यमा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित विशेष समारोह बीच ती कृतिको लोकार्पण कार्य जेठ २४ गते सम्पन्न भएको हो ।
कृतिकारहरू खुसीराम डौलिया, विष्णु प्यासी गुरुङ र विन्दुराज अधिकारी हुनुहुन्छ । मर्स्याङदी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मर्स्याङदी परिचय पुस्तका पनि विमोचन गरिएको थियो ।
प्रतिष्ठानले कार्यसमिति सदस्य खुसीराम डौलियाका एकैसाथ वहुआयामिक प्रतिभा लौडारीका कथा, उपन्यास, यात्रा संस्मरण, जीवनीका १/१ र कविता तर्फ १४ कृति र डौलिया/विष्णुका १/१ कृतिसहित २० कृतिलाई प्रमुख अतिथि आचार्यले विमोचन गर्नु हुँदै तोरी फुलेझैँ एकैसाथ निस्केका कृतिहरूको सटिक टिप्पणी गर्नु भयो । उहाँले कालिदासको शाकुन्तल महाकाव्यिक  कृति महिमा गाउँदै सो प्रसङ्मा गण्डकीको प्रतिनिधित्व गर्न सक्षम संस्थाको रूपमा मर्स्याङदी वाङ्मय प्रतिष्ठानलाई लिनु हुँदा तालीको गडगडाहटबाट उहाँको ओझिलो वचनलाई अनुमोदन गर्नुभएको थियोे ।
उक्त समारोहमा विमोचित कृतिहरुको प्राडा भागवत ढकाल, प्राडा विद्यानाथ नेपाल, प्राडा भवेश्वर पंज्ञेनी, डा. श्रीकृष्ण न्यौपाने, भोजराज न्यैपाने तथा विजयराज न्यौपानेले गम्भीर एवम् सटिक रुपमा समिक्षात्मक टिप्पणी गर्नुभएको थियो ।
चारु साहित्यकार देवी पन्थीले लमजुङको साहित्य सिर्जनको उर्वर माटोको महिमा गायन गर्नु भएको थियो । मर्स्याङदी वाङ्मयका सल्लाहकार डा बमबहादुर थापा जिताली, कवि जगदीश्वर पोखरेलको शास्त्रीय छन्दमा कविता वाचन गर्नु भएको थियो ।
नवप्रतिभा इरिका सापकोटाले सुरिलो स्वरमा कविता वाचनले नयाँ रौनक थपेको संस्थाकी सचिव अन्जना पौडेलले जानकारी दिनु भयो । अन्जनाले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा कृष्ण अधिकारीले स्वागत मनत्व्य, सहसचिव प्रदीप अधिकारीको प्रभावशाली परिचय मन्तव्य, स्रष्टा खुसीरामको खुसी कविता र मन्तव्य सह्रानीय रहेका थिए । स्रष्टा विन्दुराजको ओजस्वी विचार, सरला ओझाको धन्यवाद मन्तव्य र अध्यक्ष न्यौपानेको वस्तीभित्रका हस्तिहरू, लोककवि पदमराज डौलिया, मनकारी यज्ञप्रसाद खनिया, सामाजिक, सांस्कृतिक, शैक्षिक एवम् आध्यात्मिक व्यक्तित्व द्वय पूर्णभद्र न्यौपाने र हरिकुमार श्रेष्ठको १/१ चिनारी प्रभावशाली रहेको सहभगीहरूले जानकारी दिए ।
प्रकाशित मिति २०८३ जेष्ठ २६, मंगलवार ०८:३६ गते
हजुरको प्रतिक्रिया