काजी बस्नेतका दुई मुक्तक

काजी बस्नेतका दुई मुक्तक

काजी बस्नेत

@antaranganews

२०८३ असार ३१ गते बिहिबार ०४:०२

के काम घेरामा भक्ति लक्ष्मण बनेर ?
मैले जे जाने त्यै गरें जीवन चलाउन !

कहाँ उँभो लाग्छ खानै नहुने कुरा खाए पछि !

घरमा बस्नै मन छैन विभिषण बनेर
के काम घेरामा भक्ति लक्ष्मण बनेर ?
मैले जे जाने त्यै गरें जीवन चलाउन !
त्याग्नै उचित लाग्दैछ त्वम्शरण बनेर ।

कहाँ उँभो लाग्छ खानै नहुने कुरा खाए पछि !
मेरो नभै नहुने समय थियो गयो निदाए पछि
अहिल्यै हो तिम्रो अगाडि भएको मात्रै रोज !
भोलि के थाहा खोजेर बिर्सेला सम्झाए पछि ।
बेसीशहर नगरपालिका– २, लमजुङ ।

प्रकाशित मिति २०८३ असार ३२, बिहीबार १६:०२ गते
हजुरको प्रतिक्रिया