अनेमसंघ लमजुङद्वारा सार्वजनिक विज्ञप्तिमर्फत गरिमाको हत्यारालाई कडा कारबाहीको माग

अनेमसंघ लमजुङद्वारा सार्वजनिक विज्ञप्तिमर्फत गरिमाको हत्यारालाई कडा कारबाहीको माग

अन्तरङ्ग न्युज

@antaranganews

२०८३ भदौ १० गते बिहिबार ०८:४५

अझै पनि महिलालाई पूर्ण मानवको रुपमा स्वीकार नगर्ने प्रवृत्ति यथावत देखिएकोछ । सुशासन र जवाफदेहीताका विषय जति उठाइएता पनि बालबालिका अपहरण, ओसारपसार, बालिका तथा महिलाहरूको बलात्कार र हत्याका घटनाहरु बढ्दो रुपमा आएको विषय विभिन्न संचार माध्यममा आएका समाचारहरूले पुष्टि गरेकाछन् ।

सरकारका जिम्मेवार व्यक्तिहरुको ध्यान अन्तै केन्द्रित भएको देखिन्छ । त्यसैले सरकारलाई समाजमा सुव्यवस्था कायम गर्न र यस्ता जघन्य घटनाहरू दोहोरिन नदिन सम्बन्धित निकायहरू परिचालन गर्नका लागि विशेष पहल गर्न हार्दिक अपिल गर्दछौं ।

बेसीशहर– अखिल नेपाल महिला संघ (अनेमसंघ) लमजुङले एक प्रेस विज्ञप्ति जारी गर्दै बाराको सिमरा उपमहानगरपालिका– १ दसधुरीका तीन वर्षीया गरिमा चौधरीको घट्नामा निष्पक्ष जाँच गरी दोषिलाई कडा कारवाही गर्नु पर्ने माग गरेको छ । संघका अध्यक्ष पवित्रा राना थापाको अध्यक्षतामा बसेको बैठकले त्यस्तो माग गर्दै भदौ १० गते प्रेस विज्ञप्ति जारी गरेको हो ।
जिल्ला समन्वय समितिका उपप्रमुख बुना रिमालले सञ्चालन गर्नु भएको कार्यक्रममा अनेमसंघका जिल्ला अध्यक्ष थापाले प्रेस विज्ञप्ति जारी गर्नुको कारण बारेमा प्रकाश पार्नु भएको थियो । प्रस्तुत छ, सो प्रेस विज्ञप्तिको पूर्ण विवरण :
पितृसत्तात्मक सामाजिक संरचना र सोचका कारण महिलाहरूलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन सकेको छैन । अझै पनि महिलालाई पूर्ण मानवको रुपमा स्वीकार नगर्ने प्रवृत्ति यथावत देखिएकोछ । सुशासन र जवाफदेहीताका विषय जति उठाइएता पनि बालबालिका अपहरण, ओसारपसार, बालिका तथा महिलाहरूको बलात्कार र हत्याका घटनाहरु बढ्दो रुपमा आएको विषय विभिन्न संचार माध्यममा आएका समाचारहरूले पुष्टि गरेकाछन् । हाल महिला विरुद्ध हुने दुरुत्साहन, हिंसा र बलात्कार आम घटना जस्तो देखिएकोछ । त्यसको ज्वलन्त उदाहरण बारा जिल्ला जितपुर सिमरा उप महानगरपालिका– १ दसधुरीका तीन वर्षीया बालिका गरीमा चौधरीको बलात्कार पछिको जघन्य हत्याको घटना हो । उक्त घटनाका दोषीहरूलाई हदैसम्मको कारबाही गर्न अखिल नेपाल महिला संघ सरकार समक्ष जोडदार माग गर्दछ ।
उक्त घटनाका अपराधीलाई नियन्त्रणमा लिएपछि सरकारको ध्यान दोषीलाई कडा कारवाही गर्ने हुनुपर्ने हो । तर सरकारका जिम्मेवार व्यक्तिहरुको ध्यान अन्तै केन्द्रित भएको देखिन्छ । त्यसैले सरकारलाई समाजमा सुव्यवस्था कायम गर्न र यस्ता जघन्य घटनाहरू दोहोरिन नदिन सम्बन्धित निकायहरू परिचालन गर्नका लागि विशेष पहल गर्न हार्दिक अपिल गर्दछौं ।
साथै आम नागरिक र सरोकारवाला सबैमा हातेमालो गर्दै यस्ता घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउन सहयोग पु¥याउन हार्दिक आह्वान गर्दछौं ।
पवित्रा थापा राना, अध्यक्ष

प्रकाशित मिति २०८३ भाद्र ११, बिहीबार २०:४५ गते
हजुरको प्रतिक्रिया