बेसीशहर– पतञ्जली योग समिति, लमजुङको आयोजनामा एक दिने योग साधना शिविर सम्पन्न भएको छ । महिला योग पतञ्जली समितिका प्रभारी(अध्यक्ष) साध्वी देवादितिको प्रमुख आतिथ्यतामा सो शिविर यहाँ स्थित मनाङ्गे चौतारा आमा समूह भवनमा बैशाख ३१ गते गरिएको हो ।
प्रमुख अतिथि साध्वी देवादितिले शिविरको उदघाटन गर्नुका साथै प्रशिक्षण समेत दिनु भएको थियो । उहाँले पतञ्जली योग पिठको स्थापना र यसले समाजमा पुर्याएको योगदानका बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले नियमित योगसाधना(प्राणायम)ले धेरै रोगीहरूको रोग सञ्चो भएका उदाहरणहरू दिनु हुँदै नियमित रुपमा १५/१५ मिनेट अनुलोम, विलोम, कपालभाति मात्र गर्दा पनि धेरै फाइदा हुने उल्लेख गर्नु भयो ।
उक्त कार्यक्रमको सञ्चालन पतञ्जली योग समिति, लमजुङका प्रभारी(अध्यक्ष) अङ्गराज घिमिरेले गर्नु भएको थियो । सो अवसरमा आयोजक पतञ्जली योग समितिका पदाधिकारी तथा सदस्यहरू, सुन्दरबजार नगरसमिति तथा अन्य साधक साधिकाको बाक्लो उपस्थिति थियो ।
सो अवसरमा प्रमुख अतिथि महिला योग पतञ्जली समितिका प्रभारी(अध्यक्ष) साध्वी देवादितिको सानिध्यतामा जिल्लास्तरीय महिला योग पतञ्जली समिति गठन गरिएको छ । त्यसको नेतृत्व शोभा पन्थीले गर्नु भएको छ ।
आयोजक पतञ्जली योग जिल्ला समितिलले रहेक दिन विहान ४ः३० बजेदेखि ६ः३० बजेसम्म दिनहु योग साधना सञ्चालन गर्दै आएको छ ।
प्रकाशित मिति २०८२ जेष्ठ १, बिहीबार २२:१७ गते