कार्यक्रममा ‘र्कीति र आकृति’ तथा ‘नइ कीर्ति लय’नामक दुई कीर्तिको विमोचन गरिएको थियो । ती कीर्तिमा क्रमशः १६१ जना स्रष्टाहरूको निवन्ध परक रचना र ६४ जना कवि व्यक्तित्वहरूका कविताहरू संग्रहित छन् ।
नेपाली वाङ्मयको श्रीबृद्धिमा योगदान गर्नु हुने कुल २०१ जना स्रष्टाहरूलाई ‘नइ कीर्ति रत्न’ पदकका साथ सम्मानपत्र समर्पण
काठमाडौं– नइ प्रकाशनले आफ्नो वार्षिकोत्सव ऐतिहासिक रुपमा मनाएको छ । गौरवी नारी भद्राकुमारी घले, प्राज्ञ मुकुन्दशरण उपाध्याय, महासमालोचक वासुदेव त्रिपाठी तथा अमर प्राज्ञ वैरागी काइँलाको समुस्थितिमा साने दिवस बैशाख ३० गते मनाएको हो ।
सो अवसरमा नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईले गौरवी नारी भद्रकुमारी घलेलाई, घलेले प्रा. मुकुन्दशरण उपाध्याय, समालोचक प्रा. डा. वासुदेव त्रिपाठी र प्राज्ञ वैरागी काइँलाबाट स्रष्टालाई ‘नइ कीर्ति रत्न’ अलंकार हस्तान्तरण गर्नु भएको थियो ।
उक्त अवसरमा देश विदेशका विभिन्न स्थानमा रहने नेपाली वाङ्मयको श्रीबृद्धिमा योगदान गर्नु हुने कुल २०१ जना स्रष्टाहरूलाई ‘नइ कीर्ति रत्न’ पदकका साथ सम्मानपत्र समर्पण गर्दै सम्मान गरिएको नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाइँले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा ‘र्कीति र आकृति’ तथा ‘नइ कीर्ति लय’नामक दुई कीर्तिको विमोचन गरिएको थियो । ती कीर्तिमा क्रमशः १६१ जना स्रष्टाहरूको निवन्ध परक रचना र ६४ जना कवि व्यक्तित्वहरूका कविताहरू संग्रहित छन् । ती कीर्तिमा रचना समावेश भएका लेखक/कविहरूले दुवै कीर्तिको संयुक्त रुपमा ती कीर्तिको विमोचन गरिएको थियो । ऐतिहासिक रुपमा सम्पन्न उक्त कार्यक्रमको फोटो फिचर :
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..