‘१७ औं कन्यादेवी कप २०८०’ फुटबल प्रतियोगिता जारी, सात खेल सम्पन्न : आज विजयादशमीको छुट्टी

‘१७ औं कन्यादेवी कप २०८०’ फुटबल प्रतियोगिता जारी, सात खेल सम्पन्न : आज विजयादशमीको छुट्टी

अन्तरङ्ग न्युज

@antaranganews

२०८० कार्तिक ७ गते मङ्गलबार ०८:५१

‘खेलको बिकासमा युवाहरूको सहभागिता, पर्यटन प्रबद्र्धनको लागि फुटबल प्रतियोगिता, पर्यटकीय गाउँ मिप्रा जाऔं, फुटबल प्रतियोगितामा रमाऔं’ नाराका साथ प्रतियोगिता सञ्चालित ।

मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान कार्यक्रमका साथ प्रतियोगिताको समुद्घाटन

मिप्रा(लमजुङ)– मर्स्याङ्दी गाउँपालिका– ४ स्थित कन्यादेवी युवा क्लबको आयोजनामा सञ्चालित ‘१७ आंै कन्यादेवी कप २०८०’ प्रतियोगिता जारी रहेको छ । मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान कार्यक्रमका साथ प्रतियोगिताको समुद्घाटन कार्तिक ३ गते गरिएको हो । प्रतियोगिता जारी रहेको छ ।
अहिलेसम्म प्रतियोगिताको सात खेल सम्पन्न भएको छ । आज विजयादशमीको छुट्टी दिइएको आयोजक क्लबका अध्यक्ष सुब्बा गुरुङले बताउनु भयो । उहाँका अनुसार प्रतियोगितामा ४२ टिमले भाग लिएका छन् । उहाँले भन्नुभयो, ‘प्रतियोगितामा पहिलो हुने टिमका लागि पुरस्कार राशि एक लाख एक सय ११ रुपैयाँ, कप र मेडल रहेको छ ।

त्यस्तै दोस्रो हुने टिमका लागि ५० हजार रुपैयाँ कप र मेडल राखिएको छ ।’ यसैगरी, उत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ताका लागि कप र मेडल पुरस्कार राखिएको उहाँले बताउनु भयो । प्रतियोगिता १०– १२ दिनसम्म चल्ने गरेको छ । आजसम्म पहिलो चरणको सात खेल सम्पन्न भएको अध्यक्षले जानकारी दिनुभयो ।
उदघाटनका अवसरमा विशेष अतिथिहरू मर्स्याङ्दी गाउँपालिका उपाध्यक्ष जुनामाया थापा हुनुुहन्थ्यो भने अतिथिहरूमा वडा नं. ४ का वडा अध्यक्ष बलबहादुर गुरुङ, नेकपा (एमाले) जिल्ला कमिटी सदस्य महेन्द्र थापा सहितका पार्टी प्रतिनिधिहरू, पूर्ववडाध्यक्ष सुमन गुरुङ, टोलबासी, बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।
‘खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रबद्र्धनको लागि फुटबल प्रतियोगिता, पर्यटकीय गाउँ मिप्रा जाऔं, फुटबल प्रतियोगितामा रमाऔं’ नाराका साथ सो प्रतियोगिता सञ्चालन गरिएको हो । कन्यादेवी युवा क्लबका अध्यक्ष सुब्बा गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा विनय गुरुङले स्वागत तथा कालबहादुर गुरुङले सञ्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति २०८० कार्तिक ७, मंगलवार ०८:५१ गते
हजुरको प्रतिक्रिया