लमजुङमा पनि व्यक्ति हत्याका लागि सुपारीको प्रयोग भएको खुलासा

लमजुङमा पनि व्यक्ति हत्याका लागि सुपारीको प्रयोग भएको खुलासा

अन्तरङ्ग न्युज

@antaranganews

२०८० मङ्सिर २९ गते शुक्रबार ०७:३७

बाबुराम थापा र उनका छोरा सागर थापाका साथै रोसन गुरुङलाई प्रहरीले अस्तिको दिनबाटै नियन्त्रणमा लिएको सुदिप थापाले बताउनु भयो । लमजुङ प्रहरीले उनीहरू तीनैजनालाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ । 

वडाध्यक्षको हत्याका लागि त्यस्तो हतियार प्रयोग गरिएको मंसिर २९ गते खुल्न आएको हो ।

बेसीशहर– लमजुङमा पनि व्यक्ति हत्याका लागि सुपारीको प्रयोग भएको फेला गरेको छ । एकजना वडाध्यक्षको हत्याका लागि त्यस्तो हतियार प्रयोग गरिएको मंसिर २९ गते खुल्न आएको हो । सो घट्ना लमजुङकै मध्यनेपाल नगरपालिका– १ को जिता गाउँमा भएको हो । सो वडाका अध्यक्ष सुदीप थापाका विरुद्ध हत्याको तानाबाना रचिएको खुल्न आएको उहाँले यहाँ पत्रकार भेटघाट कार्यक्रम गरी मंसिर २९ गते बताउनु भएको हो ।
उहाँका विरुद्धमा आफ्नै गाउँका नाताले काका पर्ने बाबुराम थापा र नाताले भाइ उनका छोरा सागर थापा भएको सुदीप थापाको भनाइ छ । जिता गाउँको ४– ५ घरमा सुनका गहना चोरी भएको ५– ७ दिन भएको रहेछ । सो क्रममा बाबुराम थापाको घरमा एक जना नौलो मानिस हप्ता १० दिन अघिदेखि बस्दै आएको छ, गाउँमा सुनका गहना हराएका छन् भन्ने गाउँलेले गुनासो गरेछन् । जनप्रतिनिधि समेत भएका नाताले उनका बारेमा जानकारी लिन खोज्दा ती व्यक्ति तनहुँ जिल्लाको दर्जनौं मुद्दा खेपेका र पटक  पटक जेल गइसकेका व्यास नगरपालिका– ७ मा स्थायी बसोबास भएका ३१ वर्षीय रोसन गुरुङ भएको खुल्न आएको सुदिपको भनाइ छ ।  उनका दुई जना साथी समेत भएको भन्ने उनै गुरुङबाट खुल्न आएको छ । त्यसबारेमा मंसिर २७ गते सोतीपसल स्थित प्रहरी चौकीमा समेत उनलाई लगी सोधपुछ गर्ने क्रममा रोसन गुरुङले आफूलाई एक लाख ५० हजार दिने सर्तमा सुदिप थापाको हत्या गर्न भनिएको तर पछि पैसा नपुग भएको हुँदा आधा पैसा सुरुमा र आधा रकम काम भएपछि दिने सर्तमा आफूले काम गर्न मञ्जुर भएको, मोटरवाइगमा हिडेको भए त सुदिपलाई उहिल्यै भ्याई सक्ने गाडीमा हिडेको हुँदा हामीबाट बचेको र यसअघि तीन पटकको आफूहरूको प्रयास असफल भएको समेत रोसन गुरुङले बताएको भिडियो रेकर्ड समेत सुदीपले पत्रकार सम्मेलनका सार्वजनिक गर्नु भएको थियो ।
सुदीपले भन्नुभयो, ‘मेरो दिन आई नपुगेकै कारणले म बाँचेको हुँ जस्तो लाग्छ । त्यसैले, यो घट्नालाई ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता गर्नका लागि हिजोदेखि गरेको प्रयास प्रहरीले अटेर गरेकोले सम्भव नभएको तर अब पत्रकार सम्मेलन गर्छु भनेर प्रहरी कार्यालयबाट निस्केर तपाई (पत्रकार)हरूलाई खबर गर्न थालेपछि यो जाहेरी जस्ताको तस्तै दर्ता गर्छु भन्ने फोन आएको छ ।’
बाबुराम थापा र उनका छोरा सागर थापाका साथै रोसन गुरुङलाई प्रहरीले अस्तिको दिनबाटै नियन्त्रणमा लिएको सुदिप थापाले बताउनु भयो । उहाँका अनुसार सोतीपसल चौकीमा तपाईको घरमा साता १० दिनदेखि आई बस्ने व्यक्ति उनी को हुन् भन्ने प्रश्न गर्दा उनले आफ्नो छोरा सागरको साथी हो भन्ने जवाफ दिएका रहेछन् । रोसनले अन्य दुई जना साथी भनेको को हो ? भन्ने नखुलेको र उनले प्रहरीलाई अनुसन्धानको क्रममा बनाउने विश्वास आफूलाई रहेको सुदिप थापाले बताउनु भयो । लमजुङ प्रहरीले उनीहरू तीनैजनालाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ ।
यस्तो घट्ना हुनुको कारण के हो ? भन्ने लाग्छ ? तपाईहरूका बीचमा झगडा परेको थियो कि ? भन्ने जिज्ञासामा त्यस्तो नराम्रो केही नभएको र बाबुराम थापा पनि यस अघिसम्म सोझो प्रवृत्तीका व्यक्तिका रुपमा गाउँघरमा चिनिएका व्यक्ति हुन् । त्यसैले यसको पछि अन्य कुनै मानिसहरूको खेल छ कि ? भन्ने आशंका रहेको सुदिपले बताउनु भयो ।
सुदिप थापा गत स्थानीय निर्वाचनमा एमालेबाट वडाध्यक्षमा विजयी हुनुभएको हो । बाबुराम थापा सोही वडाको तरुणदलको उपाध्यक्ष भएको बताइन्छ । तर यो घट्ना राजनीतिका कारणले भएको हो भन्नेमा आफूलाई विश्वास नभएको सुदिपको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘प्रहरीले उजुरी लिने भयो भने थप कुरा अनुसन्धानको क्रममा खुल्दै जाने छ । भेटघाटमा सहभागी भएर सहयोग गर्नु हुने पत्रकारहरूलाई धन्यवाद दिन चाहन्छु ।’
प्रकाशित मिति २०८० मंसिर २९, शुक्रबार १९:३७ गते
हजुरको प्रतिक्रिया