बेसीशहर– लमजुङको जिल्ला कराते खेलमय हुने क्रम जारी छ । सदरमुकाम बेसीशहरमा कराँते डोजोको २० औै वेल्ट ग्रेडिङ कार्य भएसँगै त्यस्तो पुष्टि भएको हो । बेसीशहरको फूलबारी मञ्चमा जे.के.एफ गोजुकाई केन्बुकान कराँतेको आयोजना तथा फूलबारी कराँते डोजोको संयोजनमा वेल्ट ग्रडिङ भएको हो ।
सो अवसरमा जिल्लाका विभिन्न विद्यालय सञ्चालित कराँते डोजोमा सहभागीहरू एक सय ७० जना खेलाडीहरूले भाग लिएका थिए । बेल्ट टेस्टमा फूलवारी डोजो, युनिभर्सल डोजो, न्यू इरा, विद्याविकास, अर्थली र हिमचुली डोजोका प्रशिक्षार्थी कराँते खेलाडीहरूलाई उनीहरुको प्रस्तुतीको आधारमा बेल्ट प्रदान गरिएको जे.के. एफ. गोजुकाई तजुकी केन्वुकान कराँते संघ लमजुङका प्रमुख प्रशिक्षक शिला तामाङले बताउनु भयो । उहाँका अनुसार ६० जनालाई सेतोबाट पहेलो पेटी प्रदान गरिएको थियो । ५० जनालाई पहेलोबाट ओरेन्ज पेटी प्रदान गरिएको थियो । तथा हाफ ग्रिन ३० जनालाई, फुल ग्रिन ११ जनालाई प्रदान गरिएको थियो । उहाँले भन्नुभयो, ‘हाफ ब्ल्यु ९ जना र फुल ब्ल्यु छ जनालाई प्रदान गरिएको थियो ।’ त्यस्तै, थर्ड ब्रोन ६ जना र टु ब्रोन ३ जनालाई प्रदान गरिएको प्रमुख प्रशिक्षक तामाङले जानकारी दिनुभयो ।
प्रत्येक विद्यालय डोजो र फूलवारी डोजोका उत्कृष्ट खेलाडीलाई ट्रफी प्रदान गरिएको थियो भने अनुशासित र प्रशिक्षणमा नियमित उपस्थित हुने खेलाडीहरूलाई मेडल प्रदान गरिएको करातेका प्रशिक्षक प्रिति तामाङले बताउनु भयो । उहाँका अनुसार अर्को ग्रिडिङ कार्य आउने मंसिरमा हुँदैछ, त्यो बेलामा केन्द्रबाट अध्यक्ष नै आउने कुरा भएको छ ।
सोही अवसरमा जिल्लाबाट प्रदेशको प्रतियोगितामा भाग लिएर १४ औं राष्ट्रपति कपमा स्वर्ण पदक जित्ने सुमन केसीले ४० केजी तौल समूहमा जितेको जानकारी दिनुभयो । त्यस्तै, राष्ट्रियस्तरको कराते प्रतियोगितामा आफूले कास्य पदक जित्न सकेको सुमिना तामाङले बताउनु भयो ।
सो अवसरमा तामाङ र केसी दुवैलाई सम्मान कार्य समेत गरिएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठले आत्मरक्षाको लागि पनि कराँते खेल निकै महत्वपूर्ण रहेको भन्दै खेललाई निरन्तरता दिन आग्रह गरेका थिए ।
जे.के.एफ. गोजुकाई तजुकी केन्वुकान कराँते संघ लमजुङका प्रमुख प्रशिक्षक शिला तामाङको अध्यक्षतामा भएको कार्यक्रममा जे.क.एफ कराँते बेसीशहरका उपाध्यक्ष लक्ष्मी श्रेष्ठले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु भएको थियो । उक्त कार्यक्रमको सञ्चालन कराँत संघ लमजुङका सचिव तुलवहादुर गुरुङले गर्नु भएको थियो ।
प्रकाशित मिति २०८१ श्रावण ३१, बिहीबार २१:०१ गते