सुन्दरबजारको बजार क्षेत्रमा डेंगु बारेमा अभिमुखिकरण

सुन्दरबजारको बजार क्षेत्रमा डेंगु बारेमा अभिमुखिकरण

विष्णुकुमार श्रेष्ठ

@antaranganews

२०८१ असोज १४ गते सोमबार ०८:२६

कार्यक्रममा स्वास्थ शाखा प्रमुख पर्मेश्वर पियाले डेंगु नियन्त्रण सम्बन्धि डिजिटल प्रबिधिबाट स्लाइड शोबाट प्रस्तुति गर्नु भएको थियोे ।

सुन्दरबजार नगरपालिका– ६ र ७ का जनप्रतिनिधि, टोल विकास संस्थाहरूका अध्यक्ष तथा प्रतिनिधिहरूलाई डेंगु नियन्त्रण अभिमुखिकरण गरिएको हो ।

लमजुङ– लमजुङको सुन्दरबजारमा डेंगु रोगका बारेमा अभिमुखिकरण कार्यक्रम गरिएको छ । सुन्दरबजार नगरपालिका, स्वास्थ शाखाको आयोजनामा सुन्दरबजार नगरपालिका– ६ र ७ का जनप्रतिनिधि, टोल विकास संस्थाहरूका अध्यक्ष तथा प्रतिनिधिहरूलाई डेंगु नियन्त्रण अभिमुखिकरण कार्यक्रम असोज १३ गते गरिएको हो ।
सुन्दरबजार नगरपालिकाको सभाहलमा भएको कार्यक्रमको अध्यक्षता सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले गर्नु भएको थियोे । सो अवसरमा मेयर कोइरालाले डेंगु नियन्त्रणमा सबैको भूमिका महत्वपूर्ण हुने भएकोले यसलाई सबै टोल टोलमा वडा वडा मा अभियानको रुपमा लानु पर्ने बताउनु भयो ।
कार्यक्रममा स्वास्थ शाखा प्रमुख पर्मेश्वर पियाले डेंगु नियन्त्रण सम्बन्धि डिजिटल प्रबिधिबाट स्लाइड शोबाट प्रस्तुति गर्नु भएको थियोे । उहाँले डेंगु फैलिन नदिन अपनाउनु पर्ने सावधानी, त्यसको लक्षण, लागेको खण्डमा उपचार विधिका बारेमा प्रकाश पार्नु भएको थियो । यो रोग लामखुट्टेबाट सर्ने हुँदा त्यसको नियन्त्रणका लागि समुदाय समेत सक्रिय हुनुपर्ने र घरका वरपर झाडी वा पानी जम्ने खाल्टाखुल्टी हुन नदिन सचेत हुनुपर्नेमा जोड दिनुभएको थियो ।
स्वास्थ शाखाले सुन्दरबजार नगरपालिकाको बजार क्षेत्र रहेका वडानं– ६, ७, ८,र ९ का सबै टोलमा डेंगु नियन्त्रण सम्बन्धि जनचेतनामुलक अभिमुखिकरण कार्यक्रम अभियानको रुपमा सञ्चालन गर्ने स्वास्थ शाखाका प्रमुख पियाले जानकारी दिनु भएको थियो ।
कार्यक्रमको सञ्चालन स्वास्थ शाखाका अधिकृत निर्मल अधिकारीले गर्नु भएको थियो ।

प्रकाशित मिति २०८१ आश्विन १४, सोमबार ०८:२६ गते
हजुरको प्रतिक्रिया