प्याब्सन लमजुङको जिल्लास्तरीय गतिविधि : हाजिरीजवाफ, कराँते प्रतियोगिताको नतिजा प्राप्त

प्याब्सन लमजुङको जिल्लास्तरीय गतिविधि : हाजिरीजवाफ, कराँते प्रतियोगिताको नतिजा प्राप्त

अन्तरङ्ग न्युज

@antaranganews

२०८१ मङ्सिर १ गते शनिवार ०९:३२

प्याव्सन लमजुङको वार्षिक कार्यक्रम अन्र्तगत सञ्चालन गरिएका प्याब्सन स्पोर्टस् मिट– २०८१ को विद्यालय स्तरीय विभिन्न प्रतियोगिता अन्तिम चरणमा ।

विद्यालय खेलकुद महासंघको अध्यक्षमा प्याब्सनका जिल्ला सचिव विमल अधिकारी चयन

बेसीशहर– प्याब्सन लमजुङको आयोजनामा निजी विद्यालयको जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता यहाँ स्थित युनिभर्सल एकेडेमी पहिलो भएको छ । उक्त हाजिरीजवाफ प्रतियोगिता भोटेओडार स्थित भूपू सैनिक आवासिय माविमा कार्तिक ३० गते सञ्चालन भएको हो ।
सो प्रतियोगितामा जिल्लाभरका १४ वटा निजी विद्यालयहरूले भाग लिएका थिए । प्रतियोगितामा हिमचुली आमावि खुदी दोस्रो र बेंसीशहर स्थित ल्याण्डस्टार आमावि तोस्रो भएका छन् । प्रतियोगितामा युनिभर्सल एकेडेमीका कक्षा ८ का विवश दीक्षित र प्रतिका गुरुङ तथा कक्षा ७ का सौगात बोहराले भाग लिएका थिए ।
हिमचुलीका आमाविका कक्षा कक्षा ८ का आस्था भण्डारी र रेजिना सुयल तथा ७ का निश्चल थापाले भाग लिएका थिए । यसैगरी, ल्याण्डस्टार आमाविका कक्षा ८ की सिवानी पाण्डे, कक्षा ७ का वर्षा रेग्मी र कक्षा ६ का असिम अधिकारीले भाग लिएका थिए । प्याव्सन लमजुङको वार्षिक कार्यक्रम अन्र्तगत सञ्चालन गरिएका प्याब्सन स्पोर्टस् मिट– २०८१ को विद्यालय स्तरीय विभिन्न प्रतियोगितामध्ये यो दोस्रो अन्तिम प्रतियोगिता हो । पहिलो हुने टिमले ८५ अंक, दोस्रोले ७५ अंक र तेस्रोले ६० अंक ल्याएका थिए ।
प्रतियोगिताका विजयी विद्यार्थी तथा विद्यालयलाई पुस २४ गते प्याव्सन दिवसका दिन पुरस्कार वितरण गरिने प्याव्सन लमजुङका सचिव विमल अधिकारीले जानकारी दिनु भएको छ ।
काता प्रतियोगिताको नतिजा :
यसैगरी, यसअघि प्याब्सन लमजुङद्वारा प्याब्सन स्पोर्टस् मिट– २०८१ अन्तरगत सञ्चालन गरिएको काता प्रतियोगितामा छात्रतर्फ भूपू सैनिक आमावि बेसीशहरका विवेक गुरुङ पहिलो भएका छन् ।
त्यस्तै, सो प्रतियोगितामा ग्लोवल भिजन आमाविका प्रमोद नेपाली दोस्रो र ल्याण्डस्टार आमाविका युवीन गुरुङ तेसो भएका छन् । सोही खेलको छात्रातर्फको प्रतियोगितामा अर्थ्ली प्याराडाइज आमाविका सुमिना तामाङ पहिलो, ग्लोवल भिजनका यिया गुरुङ दोस्रो तथा भूपूसैनिक आमाविका कृतिका गुरुङ तेस्रो भएकी छन् ।
कराते प्रतियोगिताको नतिजा :
त्यस्तै, प्याब्सन लमजुङद्वारा प्याब्सन स्पोर्टस् मिट– २०८१ अन्तरगत सञ्चालन गरिएको कराते प्रतियोगिताको पनि नतिजा प्राप्त भएको छ । जस अनुसार छात्रतर्फ युनिभर्सन एकेडेमी पहिलो, ल्याण्डस्टार आमावि दोस्रो र भूपूसैनिक आमावि बेसीशहर तेस्रो भएको छ ।

सोही खेलको छात्रातर्फको प्रतियोगितामा विद्याविकास आमावि पहिलो, अर्थ्ली आमावि दोस्रो र बुद्ध मेमोरियल आमावि तेस्रो स्थान हासिल गरेको प्याव्सन लमजुङका सचिव विमल अधिकारीले जानकारी दिनुभएको छ ।
विद्यालय खेलकुद महासंघको अध्यक्षमा विमल अधिकारी :
यसैबीच, लमजुङमा राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत विद्यालय खेलकुद महासंघको जिल्ला समिति गठन भएको छ । बेसीशहरमा भएको एक भेलाले विद्यालय खेलकुद महासंघ लमजुङ जिल्ला संघको कार्तिक २९ गते गठन गरेको हो ।
१३ सदस्यीय नवगठित लमजुङ जिल्ला संघको अध्यक्षमा युनिभर्सल एकेडेमीका प्रिन्सिपल विमल अधिकारी चयन हुुनुभएको छ । संघको उपाध्यक्षमा ल्याण्डस्टार आमाविका प्रिन्सिपल ईश्वर पौडेल र राजु राउत, सचिवमा भूपूसैनिक आमाविका प्रिन्सिपल विनोद गुरुङ र कोषाध्यक्षमा प्रदीप घिमिरे चयन हुनुभएको छ । संघको सदस्यहरुमा ताराराज घले, प्रेमबहादुर गुरुङ, सुरेश श्रेष्ठ, केशबहादुर राना, लक्ष्मी घले, नरेन्द्र पाण्डे, ओमप्रकाश गुरुङ र अर्जुन अधिकारी चयन भएको नवगठित समितिका सचिव विनोद गुरुङले बताउनु भएको छ ।
उहाँका अनुसार महासंघको मंसिर ८ गते केन्द्रीय साधारण सभा तथा निर्वाचनमा भाग लिने उद्देश्यले सो समिति गठन भएको हो । उहाँले भन्नुभयो, ‘नेपालको ७७ वटै जिल्लाबाट प्रतिनित्व रहने उक्त साधारण सभा तथा निर्वाचनमा सहभागी हुन लमजुङको तर्फबाट नवगठित समितिका अध्यक्ष विमल अधिकारी जाने हुनु भएको संघले निर्णय गरेको छ ।’
महासंघले खेलको माध्यमबाट बालबालिकालाई अनुशासित र स्वस्थ बनाइ उत्तरदायी र सक्षम बनाउनको लागि अन्तर्राष्ट्रिय मञ्चहरुमा प्रस्तुत गरिने समेत उद्देश्य राखेको अध्यक्ष विमल अधिकारीले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति २०८१ मंसिर १, शनिबार ०९:३२ गते
हजुरको प्रतिक्रिया