चिनियाँ रक्षामन्त्री डोङ जुनमाथि भ्रष्टाचारको आरोप : छानबिन सुरु

चिनियाँ रक्षामन्त्री डोङ जुनमाथि भ्रष्टाचारको आरोप : छानबिन सुरु

एजेन्सी

@antaranganews

२०८१ मङ्सिर १३ गते बिहिबार ०६:४४

२०२३ मा वेई फेंगेलाई पनि अनुशासन उल्लंघन गरेको अभियोगमा कम्युनिस्ट पार्टीबाट निष्कासन गरिएको थियो ।

दोङ भ्रष्टाचारको छानबिनमा परेका लगातार तेस्रो चिनियाँ रक्षामन्त्री हुन् ।

काठमाडौं– चिनियाँ रक्षामन्त्री डोङ जुनमाथि भ्रष्टाचारको आरोप लागेसँगै उनीविरुद्ध अनुसन्धान सुरु भएको छ । चीनका रक्षामन्त्री डोङ जुन पिपुल्स लिबरेसन आर्मी (पीएलए) का वरिष्ठ अधिकारीहरूलाई लक्षित गरेर चलाइएको भ्रष्टाचार विरोधी अभियानमा अनुसन्धान थालिएको मंसिर १२ गते खुलासा भएको हो ।
भ्रष्टाचारका कारण चिनियाँ सेना कमजोर बनिरहेको भय चीनलाई छ । त्यसैले सन् २०२३ देखि चिनियाँ सेनामा भ्रष्टाचार विरोधी अभियान चलिरहेको फाइनान्सियल टाइम्सले आफ्नो समाचारमा लेखेको छ । सो रिपोर्टअनुसार, सो भ्रष्टाचार विरोधी अभियान अन्तर्गत हालसम्म नौजना पीएलए जनरल र धेरै अधिकारीहरूलाई हटाइएको छ । सो समाचारलाई बेलायती पत्रिका फाइनान्सियल टाइम्सले पनि पुष्टि गरेको छ । भूतपूर्व र हालका अमेरिकी अधिकारीको हवाला दिँदै फाइनान्सियल टाइम्सले मंसिर १२ गते त्यस्तो खुलासा गरेको हो । त्यसबारे सोधिएको प्रश्नमा प्रतिक्रिया दिँदै चिनियाँ रक्षा मन्त्रालयले भने सो समाचारको खण्डन गरेको छ । दोङ भ्रष्टाचारको छानबिनमा परेका लगातार तेस्रो चिनियाँ रक्षामन्त्री हुन् ।
यसअघिका दुई रक्षामन्त्रीमाथि लागेको थियो यस्तो आरोप :
राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार गरेको आरोपमा अक्टोबरमा २०२३ मा ली शाङ्फुलाई हटाएर डिसेम्बरमा दोङलाई रक्षामन्त्री बनाएका थिए । लीलाई हटाएको सार्वजनिक हुनुभन्दा अघि उनी हप्तौंसम्म हराएका थिए । त्यतिबेला पनि फाइनान्सियल टाइम्सले उनीमाथि भ्रष्टाचारको अनुसन्धान थालिएको पहिलोपटक खुलासा गरेको थियो ।
दोङलाई सन् २०२३ मा चीनको रक्षामन्त्री बनाइएको थियो । यसअघि ली साङ्फु चीनका रक्षामन्त्री थिए । पदभार ग्रहण गरेको सात महिनापछि नै लीलाई पदबाट हटाइएको थियो । २९ अगस्ट २०२३ मा एक कार्यक्रममा भाषण दिएपछि उनी बेपत्ता भएका थिए । त्यसपछि सेप्टेम्बरमा उनलाई रक्षामन्त्रीको पदबाट हटाइएको थियो । कम्युनिस्ट पार्टीका अनुसार लीले सैन्य उपकरण खरिदमा अनियमितता गरेको दावी थियो ।
दोङले लाओमा भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भने भेटेका थिए । सो भेटमा दुवै पक्षले सन् २०२० को सीमा झडपबाट पाठ सिकेर आपसी विश्वास र समझदारी बढाउन सहमत भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
दोङमाथि छानबिन सुरू गरेको हो भने सीले जनमुक्ति सेनालाई भ्रष्टाचारमुक्त बनाउने अभियान जारी राखेको मान्नुपर्छ। गत वर्षको अन्त्यमा लीलाई हटाएको बेलामा नौ जना जनरलहरू माथि पनि सीले कारवाही गरेका थिए । त्यतिबेला सेनाको रकेट फोर्सका प्रमुख रहेका लीभन्दा अघिका रक्षामन्त्री वेइसहित रकेट फोर्सका अरू वरिष्ठ सैन्य अधिकारी पनि कारबाहीमा परेका थिए ।
दोङले गत हप्ता लाओमा भएको एशियाबारेको रक्षा सम्मेलनमा भाग लिएका थिए । त्यहाँ उनले अमेरिकी समकक्षी लोएड अस्टिनसँग भेट्न अस्वीकार गरेका थिए । गत मेमा अस्टिनसँग सिंगापुरमा भेटेका दोङले अमेरिकाले भर्खरै ताइवानलाई हतियार दिने घोषणा गरेको कारण देखाउँदै यसपटक भने भेट्न अस्वीकार गरेका थिए ।
यसअघि, २०२३ मा वेई फेंगेलाई पनि अनुशासन उल्लंघन गरेको अभियोगमा कम्युनिस्ट पार्टीबाट निष्कासन गरिएको थियो । वेईमाथि पार्टीको विश्वास तोडेको, सेनाको प्रतिष्ठामा आँच पु¥याएको र ठूलो रकम घुस लिएको अभियोग लागेको थियो ।
ली भन्दा अघिका रक्षामन्त्री वेइ फेङ्गहीमाथि पनि पदबाट हटेपछि भ्रष्टाचारको अनुसन्धान गरिएको थियो ।
त्यहाँ व्याप्त भ्रष्टाचारले चीनको सैन्य क्षमतामाथि नै गम्भीर असर पार्न थालेपछि सीले रकेट फोर्सका वरिष्ठ अधिकारीलाई कारबाही थालेका थिए । आणविक हतियार सहित आधुनिक मिसाइलहरूबारे हेर्ने रकेट फोर्स चीनको सबैभन्दा धेरै बजेट हुने सैन्य निकायहरूमध्ये पर्छ ।
अमेरिकासँग युद्ध हुँदा प्रयोग गरिने कतिपय मिसाइलमा तरल इन्धनको साटो पानी राखेको र अरू पूर्वाधारमा पनि भ्रष्टाचारका कारण धेरै कमजोरी भेटिएपछि सीले कारबाही सुरू गरेको भनेर पश्चिमा मिडियाले लेखेका थिए ।
नेतृत्वसँग टकराव हुन थालेपछि कम्युनिष्ट पार्टीमा समकालीनहरूको तेजोबध गर्ने पुरानो नीति हो । कतै उनीहरूका उपर यस्तै त भएको छैन ? आशंका गर्ने मार्ग प्रशस्त रहेको जानकारहरू बताउँछन् ।

(नोट : अन्तर्राष्ट्रिय सञ्चार एजन्सीहरूको सहयोगमा)

प्रकाशित मिति २०८१ मंसिर १३, बिहीबार १८:४४ गते
हजुरको प्रतिक्रिया